१. वातावरण सुधार्नमा वा बिगार्नमा मानिसको के भूमिका छ ?
वातावरण बिगार्नमा र वातावरण सुधार्न दुबैमा अहम भूमिका रहेको छ । मानिसले प्रकृतिमा भएको हरियाली, प्राकृति स्रोत साधनहरुलाई बढी उपयोग गरेर विनास गरिरहेको छ । जस्तै जंगल, रुख विरुवाहरु,जमिन, वा माटोलाई अनियन्त्रित तरिकाले प्रयोग गरेर वातावरण बिगारेको छ । तिव्र जनसंख्या वृद्धिको कारण मानिस गाँस, बाँस, कपासका लागि प्रकृतिमा नै निर्भर गर्छ । मानिसमा महत्वकाँक्षी लोभ लालचकोे कारण स्रोत साधन लोप गराउन निकै लालायित भए । जसले वातावरणलाई सुधार्ने स्रोत साधनहरु मासिदै गयो । वातावरणको सुधार एकै पटकमा गर्न सकिदैन । क्रमिक रुपमा सुधार गर्दै पूर्व स्थितिमा लान सकिन्छ । स्रोत साधनलाई कम सदुपयोग गर्ने, प्रकृतिबाट पाएको स्रोत साधनलाई भण्डारण गरेर राखे मात्र पनि वातावरणमा सुधार आउन सक्छ । कलकारखानाबाट निस्केको केमिकल, रसायनहरु नदीनालाहरुमा बगिरहेकोले गर्दा वातावरण प्रदुषण भइरहेको छ । कलकारखानालाई व्यवस्थापन गरेर वातावरणलाई नियन्त्रण गर्न सक्छौं ।
२.वातावरण जोगाउन सरकारी नीति नियम कस्ता छन् ?
कुनै पनि देशमा वातावरण बिग्रन रोक्न हरेक देशको सरकारले नीति बनाएको हुन्छ । नीति बनाएर मात्र हुदैन त्यसलाई कार्यान्वयन गर्नु पर्छ । कलकारखानाले पनि कत्तिको हानी नोक्सानी पु¥याइरहेको छ । सरकारले वातावरणमा भइरहेको हानी नोक्सानलाई रोक्न वृक्षारोपण गर्नुपर्छ । कारखानाबाट निस्किएको धुवाँ धुलोलाई व्यवस्थापन गर्ने नीति बनेको छ । तर कार्यान्वयन हुन सकेन । सम्बन्धित अनुगमन गर्ने संस्थाले आफ्नो काम राम्रो सित गर्न सकिरहेको छैन । महानगरपालिकामा पनि वातावरणको शाखा छ । तर त्यो पनि कुनै कामको लागि छैन, कागजमा सिमित छ ।
३. दैनिक गरेका कामले वातावरणमा प्रदुषण बढाइरहेको छ ?
भान्साघरबाट निस्केका र दैनिक जिवनमा प्रयोग भएका धेरै फोहोर मैलाहरु, फोहोर सामानहरु कति सुरक्षित छन् ? फोहोर मैलालाई व्यवस्थित रुपमा फालिरहेको छौं कि छैनौं ? धेरै ठाउँमा हेर्दा सडकमा नै फोहोर फालेको देखिन्छ । त्यो फोहोरले नै वातावरणलाई प्रदुषण पारिरहेको छ । वीरगंज महानगरपालिकाले नियम बनाएको छ । तर कार्यान्वयनको पक्ष कमजोर छ । वातावरण बिस्तारै बिस्तारै बिग्रर्दै गइरहेको छ । हामीले समयमा सुधार गरेनौं भने यसले विकराल रुप लिन्छ । मानिसको स्वास्थ्यमा, पशुहरुको स्वास्थ्यमा, खेतिपातीमा, नकारात्मक असर पर्दै गइरहेको छ । यस्तो असर परेको बेला उत्पादन घट्दै जान्छ । वातावरण प्रदुषणले बोट विरुवाहरुमा किरा लागिरहेको छ । मानिसहरुमा रोग लागिरहेको छ । हामीले आफ्नै घरबाट वातावरण संरक्षण कसरी गर्ने, र त्यसलाई असर पार्ने फोहोर मैलालाई सुव्यवस्थित कसरी गर्ने भन्ने विषयमा ध्यान पु¥याउन जरुरी छ ।
४.वृक्षारोपणले वातावरण संरक्षण हुन्छ ? त्यसको सुरक्षा कसरी गर्ने ?
जलवायु परिवर्तनले गर्दा कार्बनडाइअक्साइड ग्याँस, नाइट्रोजन ग्याँस बढी भएको छ । जसले गर्दा वातावरणमा यस्तो परिवर्तन भइरहेको छ । यसलाई नियन्त्रण गर्न एक मात्र उपाय वृक्षारोपण गर्नुपर्छ । यहाँको सरकारी खाली जमिनहरुमा सुहाउँदा किसिमको वृक्षारोपण गर्नुपर्छ । वृक्षारोपणको लागि सरकारको नियम पनि छ । तर वृक्षारोपणमा जन सहभागिताको कमी छ । सम्बन्धित कार्यान्वयन गर्ने निकायको पनि कमी कमजोरी छ । जसले गर्दा वृक्षारोपण कार्य सुस्त तरिकाले भइरहेको छ । वृक्षारोपण गरियो । तर त्यसको संरक्षण गरिएन भने पनि वृक्षारोपणको कुनै काम छैन । वृक्षारोपण गर्नु भन्दा अगाडी नै नियम बनाउनु पर्छ ।
५. मधेशको पानीको लागि चुरे संरक्षणको कुरा किन आउँछ ?
वातावरण संरक्षण गर्नको लागि नीति नियम बनाउनु नै पर्छ । जनताहरुमा जनचेतना वृद्धि गर्नुपर्छ । तिन तहका सरकारले कार्यान्वयनको विधि प्रष्ट रुपमा लेखिनु पर्छ । वातावरणलार्ई सुधार गर्न स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीयस्तरबाट के कति काम भएको छ । सम्बन्धित निकायलाई थाहा छ । चुरे भनेको हाम्रो देशको पश्चिमी भेगदेखि भारतको ब्रमहपुत्र नदी र त्यसको उत्तरतिर हिमालय श्रृंखलाहरु छन् । त्यो श्रंखलाबाट उत्पत्ति भएका नदीहरुले थुपारेको बालुवा, गिट्टी, माटो अन्य नदी जन्य पर्दाथहरु थुपार्दै गयो । एउटा ढिस्कोको रुपमा देशको पूर्वदेखि इलाम र कञ्चनपुरसम्म महाभारत पहाडको दक्षिण पट्टी उठेको भागलाई चुरे भनिन्छ । त्यो अत्यन्त कमजोर पत्रे चट्टानको श्रंखला हो । त्यसलाई अलिकति पनि खनेमा पानी पर्दा माटो, ढुङ्गा बग्न थाल्छ । चुरे यस्तो किसिमको कमजोर चट्टान हो । चुरेको उत्खनन हुदाँ चुरेमा भएको बालुवा गिट्टी बगेर जादाँ वर्षेनी खेती योग्य जमीनहरु नाश भइरहेका हुन्छन् ।
६.पानी सुक्यो भन्दै पानी खेर फाल्नुलाई तपाई के भन्नु हुन्छ ?
पानी खेर फाल्नु एकदमै गलत हो । यस्तो प्रवृतिलाई सबैले रोक्नुपर्छ । स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रिय सरकार जनप्रतिनिधि, सामाजिक संघ–संस्था, सामाजिक अभियन्ता मिलेर जनचेतना फैलाउनु पर्छ । शहर, गाउँको जनसंख्याको शिक्षाको लेबल कम छ । ८÷९ कक्षा पढेको मानिसलाई हामी पढे लेखेको भन्दैनांै । उनीहरु अरुले भनेको कुरा बुझ्दैन । त्यही कुरा नेताहरुले बुझाए मात्र सम्झन्छन् । उनीहरु बढी स्रोतहरु प्रयोग गर्दै आएका छन् । हामीे प्रयोग गर्दैमा के नै हुन्छ भन्ने मानसिकतामा परेको छ । पानीको कसरी स्टोर गर्ने भन्ने बारेमा जनकारी नभएर यस्तो अवस्थाको सृजना भएको हो । वन जङ्गल विनाश भए । पहिला ताल तलैयाहरु धेरै थियो । तर अहिले सबै समाप्त भएका छन् । ताल तलैया भएको भए हाम्रो पानी संचय हुन सक्छ । अब बढीभन्दा बढी वृक्षारोपण गर्नुपर्छ । हरेक व्यक्तिले बगैंचाहरु बनाउनु पर्छ । बगैचाहरु प्रशस्त भएमा अक्सिजन प्रशस्त पाइने र वातावरणलाई प्रदुषणबाट बचाउने काम गर्छ । बगैचा पनि पानी पर्नकोलागि सहयोग गर्ने एउटा स्रोत हो । हामी सबैले पानीको संरक्षण गर्नुपर्छ । पानी संरक्षणको मुख्य उपाय वृक्षारोपण, चुरे संरक्षण, तराईमा ताल तलैया निर्माण, हरियाली वातावरण नै हो । हामी सबैले मिलेर यस तर्फ लाग्नु पर्छ ।