जगदीश जोशी र गंगामती जोशीका चार सन्तान मध्येका एक हुन् नन्दकृष्ण जोशी । वि.सं. २०१५ साल साउन १५ गते बझाङको तलकोटमा उनको जन्म भएको हो । सानो छँदा नन्दकिशोरका नामले बोलाइने उनका बुबा सप्ताह, नवाह, सत्यनारायण गराउने उनका पिताले पछि उनको नाम नन्दकृष्ण राखिदिएका रहेछन् । तलकोट क्षेत्रबाट स्नातकोत्तर बराबरको पढाइ सक्ने उनी पहिलो व्यक्ति समेत भएको पाइन्छ । नन्दकृष्ण जोशी बाल्यकालदेखि नै गायन क्षेत्रमा प्रवेश गरेका थिए । संस्कृतका श्लोक कण्ठस्थ सुनाउने उनी खाना खानुपूर्व अनिवार्य गीता पाठ गर्ने, कुनै पनि कुरालाई जिज्ञासापूर्वक सुन्ने, गायक, सानैदेखि देउडा गायनलाई कसरी सर्वाधिक बनाउन सकिन्छ ? भन्ने चिन्तन गर्ने उनको स्वभाव थियो । देउडा गाउनैका लागि काठमाडौँ आएर रेडियो नेपालमा प्रवेश गरेका उनी लोकगीतसँगै रेडियो नेपालको घटना र विचार कार्यक्रम सह–सञ्चालक रहेर लामो समय उनले विताएका छन् ।
रेडियो नेपालबाट देउडा लोक गायनमा २०४३ सालमा प्रथम पुरस्कार प्राप्त गर्न सफल जोशी राष्ट्रिय प्रतिभा पुरस्कार २०५३, जनकवि केसरी धर्मराज थापा सावित्री थापा पुरस्कार २०५८, नुरगंगा प्रतिभा पुरस्कार २०६६, लुनकरणदास पुरस्कार २०७७ लगायत दर्जनौँ सम्मान तथा पुरस्कार प्राप्त कर्तामा पर्छन् । साहित्यको आकाशमा उदीयमान व्यतित्व देउडा सम्राट नन्दकृष्ण जोशीसँग साहित्य र कलाका बिषयमा साहित्यिक चौतारी नेपाल अध्यक्ष एवम् संचारकर्मी गीता भण्डारीले गरेको बिशेष कुराकानी :
साहित्यका चम्किलो ताराको देउडा गायनतर्पmको प्रवेश बताइदिनुस् न ।
आफ्नो क्षेत्रमा विगतको कठिनाइ, भोगाइ, प्राकृतिक सुन्दरताको बयान, त्यहाँको सामाजिक, साँस्कृतिक गतिविधि, आमाले गाएको देउडा गीत सुनेर अनुशरण गर्ने स्वभाव, शुद्ध ग्रामीण बासिन्दा हुनाले गीतको मूल स्रोत प्रकृति, घाँस काट्दा, गोठालो जाँदा प्रकृतिकै वर्णन गाउन मन पराउने, गीत गाएको थाहा पाएर घरमा बुबा, दाइले गाली गर्ने पिट्ने गरेपछि लुकेर गाउँदै गर्दा समयले यहाँ पु¥यायो ।
म सानो छँदा रेडियोका गीत लुकेर काम नगरी–नगरी पनि सुन्ने मान्छे हुँ । रेडियो नेपालमा गीत बज्दा रेडियो नेपाल कस्तो होला ? नेपाल कस्तो होला ? भन्ने कौतुहल मनमा बढेको मान्छे । पछि स्कूलमा गीत, कविता लेख्न थालियो र बिस्तारै रुचि बढ्दै गएपछि बडो कठिनाइले सदरमुकाम हुँदै काठमाडौँ छिरेको थिएँ । त्यसपछि बिस्तारै–बिस्तारै अवसर प्राप्त भएपछि यहाँसम्म पुगिएको हो ।
देउडा गीतको प्रचारप्रसार सम्बन्धी पहिले र अहिलेको अवस्था र रोचक प्रसङ्गहरू छन् ?
देउडा गीत र साहित्य दुवैे एक अर्कामा चिनिन रोचक खेल नै हो भन्छु । हरेक क्षेत्रमा आ–आफ्नो लोक भाका नृत्यलगायत साँस्कृतिक कार्यक्रम हुने गर्छ । सुरुसुरुमा देउडा लोकसंस्कृति कम हुँदै गएपछि लोप हुने अवस्थासम्म पुगेको थियो । तर विवाह तथा कुनै प्रोग्राममा गाएको सुन्ने र अलि मन पराउनेभन्दा पनि अलि चासो लिँदै गर्नेहरूले अहा, बेग्लै छुट्टै आनन्द दिने भनेर गाउँघरमा चर्चा हुने गथ्र्यो । अहिले निकै रोचक बन्दै गएको छ, । तर पहिले–पहिले क्यासेटमा गीत सुन्ने, २२ वटा एल्बम निकालेको प्रसङ्ग, भाकाहरू सङ्कलन गर्दै हिँडेको कथा, जनकवि धर्मराज थापाले ह ह माले ह ह गीत नगाएको भए आफूले गीत गाउन नसक्ने हुन्थेँ होला ।
आदिम संस्कृति र अहिलेको विकसित संस्कृतिमा फरक छ । उतिबेला सम्पन्न परिवारमा मात्रै रेडियो रहने अवस्थामा लुकिलुकी गीत सुनेको, आफ्नो सुदूरपश्चिमका माटोको बास्ना, नारीका वेदना पोखिएको, समस्या, भूकम्प पीडितलाई सहयोग गरेको, इलाम, धनकुटामा पश्चिमका आवाज गुन्गुनाएको र त्यहाँका मान्छे उच्च कोटीका रहेको राम्रो बुझेको छु । चेतना भएका विचार, बझाङबाट काठमाडौँ आउनु आफैँ क्रान्तिकारी भएको जस्तो लाग्थ्यो । उतिबेला कविता आलेलाई अभिनन्दन गर्न पाएकामा खुसी लागेको थियो । आज के भन्न चाहन्छु ? भने संस्थाले गरेका राम्रा कामलाई चौतारीले पनि राख्न र गरेका कार्यलाई प्रचारप्रसार गर्न बल पुग्छ जस्तो लाग्छ ।
देउडा गीत, सङ्गीतलाई अहिलेको परिप्रेक्ष्यमा भावी सन्ततिलाई कसरी हस्तान्तरण गर्न सकिन्छ ?
देउडा गीत गाउँदा आफूलाई समाजले भाँड भनेको अवस्थाबाट अनेकन सङ्घर्ष गर्नु परेको पक्कै हो । तर नेपाल सरकारले चासो नदिएको र सरकारले किन यसतर्फ कुनै कुरा उठाउँदैन ? भन्ने प्रश्न भने सधैँ मनमा रहन्थ्यो । क्यासेट भनेको नबुझ्ने अवस्थामा कुनै दिन देउडा भनेको के हो ? नबुझ्ने हो कि भन्ने चिन्ताको विषयले कतिपय भाकाहरू, गायकहरू हराउँदै गएको यथार्थ हो । पहिलेको चिन्ता देउडा हराउने हो कि ? भन्ने थियो भने अहिले कसलाई हस्तान्तरण गर्दा जोगिएला भन्ने चिन्ताको विषय बनेको छ । गीत गाउनमा जति मिहिनेत गरियो, त्यो भन्दा धेरै दुःख त आफूले गाएको गीत अरूलाई सुनाउनमा हुन्थ्यो । एउटा कलाकारले गीत गाउन अति नै मिहिनेत गर्नु पथ्र्याे पहिले । अहिले जस्तो सहज वातावरण थिएन, तर मलाई लाग्छ त्यही सङ्घर्षले आज यो स्थानमा पु¥याएको हो । अहिले खुसी पनि छु ।
उतिबेलाको समयमा पक्कै पनि कलाकार बन्न सहज थिएन । यहाँको मेहेनत बारे अझ बताइदिनुस् न ।
उतिवेला काठमाण्डौबाट नेपालगञ्जसम्म एउटा नीलो रंगको गाडी चल्थ्यो । नेपालगञ्ज पुगिसकेपछि भारतको बाटो हुँदै धनगढी पुग्न गौरीफन्टा नाका निस्किनुपथ्र्याे । मैले पनि सोही अनुसार धनगढी पुगिसकेपछि पसलपसल चहार्दै आफ्नो परिचय दिँदै क्यासेट बेच्न सुरू गरे । खुद्रा क्यासेट बेच्दा ३४ रुपैयाँमा आउँथ्यो भने होलसेलमा दिनुपर्दा २८ रुपैयाँ पथ्र्यो । एकजमाना थियो, गीत सुन्न कि रेडियो नेपाले कि त क्यासेट किनेर टेपरेकर्डरमा नै सुन्न सकिन्थ्यो । गीत सुन्न मात्र होइन, गीत गाउनेलाई पनि उस्तै दुःख थियो । गीत गाउन, अरूलाई सुनाउन, कलाकार हुन निकै मिहिनेत गर्नु पथ्र्यो । गीत रेकर्ड गराउन रेडियो नेपाल पुग्नु पथ्र्यो । पहाडमा सबैभन्दा पहिले कहाँ जाने ? पहिले आफ्नो गाउँ बझाङको योजना बनाएँ ।
धनगढीबाट ८, ९ दिनको यात्रापछि बझाङ पुगेँ । घर पुग्दा सबैजना खुसी हुनु भयो । दाइ पनि खुसी हुनु भयो । भाइले नेपाल (काठमाडौँ) बाट धेरै कोसेली बोकेर घर आएको भन्दै मख्ख पर्नु भएको थियो । तर जब पोको खोल्नु भयो, तब दाइको मन खिन्न भयो । दाइले के के ल्याएको होला भन्ने सोच्नु भएको रहेछ, । तर खोलेर हेर्दा क्यासेट मात्र देखेपछि रिसाउनु भयो । हुन पनि छोरो नेपाल गएर डाक्टर, इन्जिनियर बनेर आउने सपना बोकेका आमाबुबा क्यासेट बोक्दै आएपछि खिन्न हुनु स्वभाविक थियो । घर परिवार मात्र होइन समाजले पनि कलाकार भएको राम्रो मान्दैन थिए ऊ बेला । तर म गायक भइसकेको थिएँ । उतिबेला जस्तोसुकै दुःख भए पनि अहिले म खुसी छु । धन्न कलाकार भएँ जस्तो लाग्छ ।
सुदूरपश्चिममा गाइने देउडालाई सर्वव्यापी बनाउन दर्शक श्रोतालाई के भन्नु हुन्छ ?
राष्ट्रगान र गानका लेखक सङ्गीतकारको चर्चा, बुढापाकाका गीत, लय हराउँदै गएको, नयाँ पिँढी विदेशिएका दुःखद कुरा छन् । देउडा गीत संरक्षणमा सरकारले नसुनेमा यसका लागि पूर्ण समर्पित भई नयाँ अभियान थाल्नुछ । खेलका रूपमा, लिखित रूपमा देशका विज्ञहरू राखेर अघि बढ्नु पर्छ भन्ने लाग्छ । दर्शक अनि श्रोतालाई देउडा सुनिदिनुस् बुझिदिनुस् सुधार गर्नुपर्ने वा अझ प्रभावकारी बनाउन के गर्नुपर्छ सुझाव दिनुस् भन्नु पर्ने हुन्छ । तर यो संस्कृतिलाई मर्न कसैले नदिउँ भन्छु ।
नेपाली भाषासमेत राम्रोसँग बोल्न नजान्ने जोशी देउडा सम्राट बन्दाको क्षण कसरी सम्झनु हुन्छ ?
देउडा गीत नेपालको, कर्णाली र सुदूरपश्चिम प्रदेशको जीवनपद्धति हो, नेपालको परम्परा र आदिम संस्कृति हो तथा सबैभन्दा पुरानो संस्कृति पनि हो । देउडा गीत चेतनामूलक अभियानको रूपमा हेरेको थिएँ । देउडा विस्तारै अगाडि आउँदैछ, । तर थुप्रै काम गर्न कठिन पनि छ । देउडा भित्र हजारौं लयहरू छन् । देउडा नाच्दा सवाल जवाफ हुन्छ । यो पर्वको पनि गीत हो । सुदूरपश्चिममा वैशाख १ गते अर्थात नयाँ वर्षको दिन ‘बिसु’ पर्व मनाउने चलन छ । यस दिन सबैजना गोलाकार बनाएर देउडा गीत गाएर नाच्ने चलन छ । यो पछिल्लो समय लोकप्रिय पनि छ । गौरा पर्वमा पनि देउडा खेल्ने गरिन्छ । त्यसकारण देउडा पर्व विशेष, जनजीवन विशेष र भाका संकलनको रूपमा पनि लिन सकिन्छ । तर अहिले देउडा परिमार्जित भएको छ । देउडाका पुराना गीतहरू हराउँदै गएका छन्, तर गाउँका मानिसले अहिले पनि देउडाको रक्षा गर्न लागेको देखेर खुसी लाग्छ ।
देउडा गीतको उत्पत्तिका बारेमा बताइदिनुस् न ।
देउडाको उत्पत्ति खस भाषा र नेपाली माटोबाट भएको हो । जनजनमा माटोको बास्ना छ । माटो हाम्री जननी हुन् ।
तल बग्न्या करनाली माथि बग्न्या रेवा
चिउणी समाई भलाभली बाउली समाई सेवा ।
सुन्दर सुदूरपश्चिम र ऐतिहासिक भूमि कर्णालीमा हाम्रा पुर्खाहरूले जतन गरी गाउँदै आएका गौरवशाली गीतहरू हुन्, देउडा । देउडा ती क्षेत्रका सबैथरी मानिसहरूको हँसिलो अनुहार हो, फत्तु दौरा सुरुवाल हो, महिलाहरूले लगाउने गुन्यूचोलो र मुन्याठो (कपालमा बाँधेर पिठ्यूँमा लामो गरी कम्मरसम्म छोड्ने सेतो कपडा) हो । साथै टाटु घाँटीमा लगाउने चाँदीको माला हो । यतिले कहाँ पुग्छ र देउडाको परिभाषा । यो त काली कर्णालीको सुन्दरतम् भूभागमा बसोबास गर्ने लाखौं संस्कृतिप्रेमीको बोली हो, लोली पनि हो । देवनागरी लिपिमा लेखिएको नेपाली नरम भाषाको गरम र गम्भीर अर्थ लाग्ने हुँदा देउडा देवस्तुतिको गहिराइसम्म पुगेको छ । नेपालको सबैभन्दा लामो नदी कर्णालीको व्याख्या माथिको सानो गीतको पङ्क्तिले मात्र पुग्दैन । कर्णाली नदीको लम्बाइ जति छ, देउडाको अर्थ त्यति नै लामो छ । रारा, सुर्मा, सेफोक्सुन्डोको गहिराइ जति नै देउडा गीत र साहित्यको गहिराइ भएकोले साहित्य र संगीतप्रेमीहरू देउडा विधालाई छोड्न सक्दैनन्, त्यसैमा डुब्न चाहन्छन् । ८, ९, १० वर्षका बालापनका नानीबाबुदेखि ८०, ९० वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकहरू गोलाकार रूपमा खेलिने नृत्य खेलमा डेढ कदम उचालेर गीतको भावमा डुबेर घुम्ने कारण पनि यही नै हो ।
राजनीतिमा जनप्रतिनिधिका लागि महिला पुरुष, जनजाति, हिमाल, पहाड, तराई भनेर छुट्याउने चलन छ । विभेदकारी नीति अपनाइन्छ, जसका कारण आपसमा झगडा हुन्छ । समाज विभाजित हुन्छ । तर सर्वप्रिय संस्कृति देउडामा सङ्लो सद्भाव, गहिरो माया र चीरकालसम्मको स्थायी
सम्बन्धबाहेक अरू विषय भेटिन्न ।
बैतडीका पल्ला कुना गिर्खेलन्या गणो
साई होइझाउ पालौरी साग मै उडन्या चणो ।
महाकाली नदीको तीरसम्म फैलिएको बझाङ, दार्चुला र डँडेलधुरा जिल्लाको सीमासम्म जोडिएको बैतडी शहिद जन्माउने जिल्ला हो ।