"गोकुल नाथाय नमः"
केवल आठ अक्षरको यस मन्त्रको जाप गर्नाले कृष्णसँगको निकटता बढेर जाने बताइएको छ ।
श्रीकृष्ण जन्माष्टमी को पेरिफेरि
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म भएको मान्यता रहिआएको छ । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।
कृष्णको व्यक्तित्व
अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे । उनको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाखँ सजिएको हुन्छ, गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका कृष्णका पोशाकका रगंहरु बिजुलि चम्किंदाको जस्तो चम्किलो हुन्छन् र उनको पैतालाका नङ्गका रगंहरुले चन्द्रमाको आभाष मिल्छ ।
त्यस्ता व्यक्तित्वका धनी उनै श्री कृष्णको परिचयका श्रृंखला थुप्रै छन् । मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी र दुधका घैला फूटाउने चकचके जस्ता अनेक कार्यहरू 'कृष्णलिला' को पगरी गुथेर परिचित छन्, बदनाम तर पनि सबैका प्रिय पात्र । उनका कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भू९लोकमैं चर्चित छन् । उनि सम्पूर्ण रुपमा आफ्नो व्यक्तित्वका कारण सबैलार्इ आकर्षण गर्नसक्ने दीव्य व्यक्तिका रुपमा अझै पनि चर्चित छन् ।
कृष्णका नामहरु
गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।
राधाकृष्ण
भगवान श्री कृष्णको नामसंगै राधाको नाम पनि बडो आस्थाको साथ लिइन्छ र पुजिन्छ पनि । राधा कृष्णका मन्दिरहरु संसारभरि धेरै ठाँउमा छन् तर राधा कृष्ण्को मिलन र विवाहको प्रसंग भने इतिहासले लिपिवद्ध गरेको छैन बरू इतिहासले रुकमिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको कुरा उल्लेख गर्छ । कृष्ण धारावासीको कृती राधाले वास्तवमै राधाको मनोविज्ञान र केही हदसम्म कृष्णको राधाप्रतिको उदासिनतालाई प्रस्तुत गरेको थियो तर फेरि कृष्ण र राधाको प्रेमले संसारलाई विवाह हुनैपर्छ भन्ने सम्बन्ध अनि प्राप्तीको आशक्ति बाहिरको सुन्दर प्रेमको उदहारण पनि दिएको छ ।
राधा र कृष्णको संवाद जस्ताको तस्तै
एक दिन राधाजीले कृष्णजी लाई सोध्नुभयोः रिस के हो ?
कृष्णजी ले उत्तर दिनु भयोः कसैको गल्तिको सजाय आफुलाई दिनु नै रिस हो ।
फेरि राधाजी ले सोध्नुभयोः मित्रता र मायामा के फरक छ ?
कृष्णजी ले हासेर उत्तर दिनु भयोः माया भनेको सुन हो र मित्रता भनेको हिरा, सुन टुटेर फेरि बन्न सक्छ तर हिरा टुटेर फेरि बन्दैन ।
राधाजी ले फेरि सोध्नु भयोः म कहाँ छु ?
कृष्णजी ले उत्तर दिनु भयोस् तिमि मेरो सास धड्कन तन मन सबै तिर छौ ।
फेरि राधाजी ले कृष्णजी लाइ सोध्नु भयोः म कहाँ छुइन ?
कृष्णजी ले उत्तर दिनु भयोः तिमि मेरो भाग्यमा छैनौ ।
राधालेजी ले सोध्नु भयोः माया को वास्तविक मतलब के हो रु
कृष्णजी ले हासेर भन्नु भयोः जहाँ मतलब हुन्छ त्यहाँ माया हुदैन ।
राधालेजी ले सोध्नु भयोः तपाई ले मलाई माया गर्नु भयो तर बिहे रुकमणि संग गर्नु भयो, किन ?
कृष्णजी ले हासेर भन्नु भयोः बिहे गर्न दुई जना चाहिन्छ तर हामी त एउटै हौ ।
कृष्ण र मीरा
कृष्णका कुरा गर्दा 'मीरा' लाई पनि इतिहासले बिर्षन खोजेको जस्तो भान हुन्छ, मीरा वास्तवमा एक गृहस्ति जीवन व्यतित गरिरहेकी महिला थिइन जुन कृष्णको आकर्षण र अनुभूतीमात्रैले पनि सम्पूर्ण कुराहरु त्यागेर कृष्णको खाजिमा निस्किइन । मीराका भजनहरुमा र संगीतमा कृष्णमोह पाइन्छ, समर्पण र सुफिभावनाको एउटा अनुकरणीय उदहारण संसारले सिक्न जरुरी छ ।
श्री मद्भाग्वत गीतामा कृष्ण स्वंले अर्जुनलाई भनेका छन्ः साभारः हाम्रो पात्रो