व्यवस्था परिवर्तन भएपछि छरिएको राजनीतिको पोको स¥याउँदै विकासको गतिमा अगाडी बढ्न खोजेको नेपाललाई विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ ले राम्रै झापड हान्यो । विश्वलाई थचक्क पार्ने गरी महामारीका रुपमा बटारिएको कोरोना कहरले विकासका गति थिलथिलो त बनायो नै । जनधन दुवैको क्षति गर्दैे नमिठो खत छोडेर फर्किएको छ । अर्थात् कोभिड १९ को संक्रमणले नेपाललाई पनि नराम्रोसँग गाँज्यो । त्यसको असर साह्रै समृद्ध मुलुक भनिएका केही वाहेक विश्व अर्थतन्त्रलाई नै कोरोना कहर मडारिंदा थचक्क बनायो । दुई समृद्ध मुलुकका बीचमा रहेको नेपाल पनि उनीहरु नै थला पर्दा प्रभावित नहुने कुरै भएन । यहाँ पनि धन–जनको ठूलो क्षति भयो ।
त्यसको असर आर्थिक र विकासका क्षेत्रमा अझै देखा परिरहेको छ । अरु क्षेत्रलाई गाँज्ने कोरोनाले मिडिया क्षेत्रलाई चाही यत्तिकै छोड्यो भन्ने छैन । बरु उल्टो दिशामा जान बाध्य पा¥यो । कति उद्योग व्यवसाय त बन्द भए र अझै केही हुने क्रममा पनि छन् । अझ कोरोना भाइरस उत्पति भएको देश चीनको छिमेकी राष्ट्र र कोरोनाको उच्च संक्रमण फैलिएको अर्को छिमेकी देश भारतसँग समेत सीमा जोडिएको नेपाल त्यो प्रभावबाट नराम्रोसँग फस्यो । यस्तो परिस्थितिलाई पर्गेल्दै नयाँ प्रविधिको आगमनको चापबाट पनि जोगिदै अगाडी बढ्न छापा माध्यमलाई सहज थिएन । अझ भर्खर पाइला टेक्दै गरेको मध्य नेपाल जस्तो पत्रिकाका लागि आर्थिक असन्तुलनको झटारोले लाग्नुसम्म लाग्यो ।
तर सबै प्रकारका समस्या पर्गेल्दै सयौं प्रतिस्पर्धी मिडिया गृहसँग पनि प्रतिस्पर्धा गर्दै अगाडी बढ्ने क्रममा मध्य नेपाल आज (भदौ १२ गते) बाट आठौं बर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको कुरा भन्न पाउनु हाम्रा लागि कम गौरवको कुरा होइन । यो खुसीको खबर हामीले यत्तिकै भन्न सकेका होइनौं । हामीसँगै जोडिएर रातदिन नभनी पत्रिकालाई गति दिन खट्ने हाम्रो टिमको अनवरत मेहेनत, लगन कार्य सम्पादन चानचुने रहेन । कोरोनाले सबै मानिस भित्र हुँदा पनि न्यूज खोज्ने, लेख्ने, छाप्ने र पत्रिका वितरण गर्ने सम्मको काम हिम्मत नहारी गर्नु सामान्य थिएन ।
यसको अलावा हाम्रा पाठक, विज्ञापनदाता, सहयोगी, शुभचिन्तक र सल्लाहकारहरुले हाम्रो उर्जालाई अझ अगाडी बढाउन दिनु भएको साहस, प्रेरणा र हौसला कम छैन । उहाँहरु नभएको भए हाम्रो यात्राले गति लिन्थ्यो नै भन्ने छैन । हरेक दुःखका क्षणमा हाम्रो साथमा रहेर अघि बढ्न प्रेरणा दिइरहनु हुने हाम्रा सबै पाठक, विज्ञापनदाता, सहयोगी, शुभचिन्तक र सल्लाहकारहरु प्रति हार्दिक आभार प्रकट गर्नै पर्छ । यो कुरामा हाम्रो कुनै कुन्जुस्याई हुन्न । आगामी दिनमा पनि त्यो साथको अपेक्षा गर्दछौं । साथै समाचार कक्षमा रहेर प्रत्यक्ष साथ दिने पत्रकार, लेखक, कर्मचारी प्रति पनि हार्दिक आभार भन्नै पर्छ । आगामी दिनमा पनि हाम्रा पाठक, विज्ञापनदाता, सहयोगी, शुभचिन्तक र सल्लाकारहरु सहित समाचार कक्ष भित्र–बाहिर रहेर प्रत्यक्ष–अप्रत्यक्ष योगदान पु¥याउनु हुने सबै प्रति साधुवाद छ । आठौं वर्ष पूरा गरी नवौं वर्ष प्रवेशको यो घडीमा हाम्रो यात्रामा सरिक हाम्रो टिम सहित सबैको साथ, सहयोग र हौसला प्रति हार्दिक शुभकामना व्यक्त गर्दछौं ।