मानव सेवा आश्रम वीरगञ्ज शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानव सेवा आश्रमको केन्द्रिय कार्यालय हेटौडाको १२ औँ स्थापना दिवसको अवसर पारेर वीरगञ्ज शाखाले वीरगञ्जस्थित क्लासिक बैंक्वेटमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा दुई जना महिलागरि कुल १९ जनाले रक्तदान गरेको आश्रमकी पर्सा जिल्ला संयोजक मुना पुलामी मगरले जनाइन् ।
“आश्रमकी अभिभावक एवम् समाजसेवी नुतन सरावगी, कमाक्षी गुप्ता, दिपेश तामाङ्, अजय चौधरी, अशोक साह, अरुण चौधरी, सौरभ सर्राफ, राजेन्द्र भट्टराई लगायतले रक्तदान गरेका छन्”, उनले बताइन् ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक शाक्य, पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, श्रीजंग गणका गणपति निराजन कटवाल, आश्रमका अभिभावक एवम् वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, शिव गुप्ता, मिनाक्षी गुप्ता, सामाजिक अभियानता एवम् आश्रमका संरक्षक प्रकाश थारु लगायतको सहभागिता रहेको थियो । अतिथीहरुले रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जबाट दिलमाया घिमिरे, राजन श्रीवास्तव, जितेन्द्र कुशवाह, मनिष साह, नविन चौधरी, हरि राउत लगायतले प्राविधिक सहयोग गरेका थिए ।
आश्रमले वीरगञ्जमा बढ्दै गएको रगतको मागलाई परिपूर्ति गर्ने अभिप्रायले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको जिल्ला संयोजक मुना मगरले बताइन् । उनकाअनुसार आश्रमको स्थापना दिवसको अवसर पारेर वीरगञ्जसहित जनकपुर, दाङ्, गोर्खा लगायत देशैभरका शाखाहरुमा एकैपटक रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रममा सहभागि हुने अतिथीसँगै रक्तदान गर्ने रक्तदाताप्रति आश्रमका केन्द्रिय सदस्य देवेश गुप्ताले आभार प्रकट गरेका छन् । साथै उनले स्थापना दिवसकै अवसरमा माइस्थान मन्दिर परिसरमा आयोजित दिप प्रज्वलन कार्यक्रममा पनि सहभागि भइदिन अनुरोध गरेका छन् । साँझ ६ बजे माइस्थानमा दिप प्रज्वलन कार्यक्रम राखिएको छ ।