मौसम परिर्वतन भएको बेलामा भाइरल इन्फेक्सन आउँछ । यो स्वभाविक पनि हो । दुई–चार दिन रहेर जाने खालको इन्फेक्सन भाइरल ज्वरो चिसोबाट तातो र तातोबाट चिसो भएको बेलामा बढि देखापर्दछ । यसबाट बच्नको लागि घामबाट बच्नु पर्छ । धेरै गर्मीमा निस्कनु हुदैन । यसमा पानी धेरै खानुपर्छ । सकेसम्म धेरै भिडभाड भएको ठाउँमा जानु पनि हुँदैन । बच्चाहरुलाई यदि खोप लागेको छैन भने खोप लगाउनु अनिवार्य हुन्छ । अलि अलि ज्वरो आएमा तातो पानीहरु खानु पर्छ । अहिलेको भाइरल ज्वरोको एउटै लक्षण छ । यदि घरमा एक जनालाई भइरहेको छ भने अर्को जनालाई तुरुन्तै सर्छ । श्वास प्रश्वासबाट सर्ने यो सरुवा रोग पनि हो । त्यसैले संक्रमण भएको व्यक्तिको टाढै रहन कोशिस गर्ने गर्नु पर्छ । भिडभाडमा नजाने भनेको त्यो संक्रमण भएको व्यक्तिहरु हुन सक्छन् भनेर नै हो । संक्रमण देखा परे तातो पानीको सेवन गर्ने, चिसो पानीहरु वा फ्रिजको खानेकुरा न खाने, बाहिरको खाने कुराहरु नखाने । घरकै तातो खान खानु पर्छ । बासी खान खानु हुँदैन । घरमा एक जनालाई हुने बितिकै यदि सम्भव छ भने त्यसलाई आइसुलेट गरेर राख्नु पर्छ । बच्चालाई त्यस्तो ज्वरो आएको छ भने त्यो बच्चालाई घाममा राख्नु पर्छ । किन भने घाममा बस्दा यस्तो भाइरलहरु मर्ने सम्भावना हुन्छ । तर कडा घाममा भनेको होइन । बिहानको घाममा सहनसक्ने घाममा मात्र केही बेर राख्नु उपयुक्त हुन्छ ।
भाइरल ज्वरो मौसम परिवर्तनसंगै गर्मीबाट चिसो वा बर्षात्, फेरि गर्मी हुने परिवर्तित अवस्था हो । यसबाट बच्न खास गरी जो जोखिमपूर्ण समूहमा हुन्छ । जस्तै बालबालिकाहरु, वृद्ध वृद्धाहरु वा अन्य दीर्घरोगीहरु उहाँहरु विशेष गरी यसको संक्रमणमा पर्ने गर्छन् । यो गर्मीमा एकदम चिसो खानेकुराहरु, पेपदार्थहरु खाने बानी गर्नु हुन्न । त्यसले जिवजन्तुको शरीरमा संक्रमण गर्छ । खासगरी वर्षात्को बेलामा बाहिर अनावश्यक हिलडुल गर्दा जिउभिजेर पनि शरीरको तापक्रम असन्तुलन भई भाइरल ज्वरो हुने गर्छ । रुघाखोकी भएको नाकबाट सिंगान बगेको वा ज्वरो जस्तो महसुस भएको व्यक्ति घरमा छ भने अलि उसलाई अलग्ग राख्ने आफू पनि सकेसम्म टाढा बस्ने गर्नुपर्छ । जसले गर्दा भाइरल ज्वरो अर्को व्यक्तिमा नसरोस् । सतकर्ता अपनाउन जरुरी हुन्छ । औषधी प्रयोग गर्दा चिकित्सकको सल्लाह विना पनि प्रयोग गर्नु हुन्न ।
भाइरल ज्वरो भनेको धेरै पहिलादेखि नै सुन्दै आएको रोग हो । यो कहिले काही फ्ल्लु, निमोनिया, इन्फोएन्जा भनेर आउँथ्यो । पछि कोरोनाको माहामारिपछि यो चाही निरन्तर देखा पर्ने भाइरल ज्वरोको रुपमा देखिन्छ । एकासी ज्वरो आउने, रुघाखोकी लाग्ने, छाती दुख्ने, टाउको दुख्ने, जीउ दुख्ने, ढाड दुख्ने, यो सबै भाइरल ज्वरोका लक्षणहरु हुन् । पहिला भाइरल ज्वरो ७२ घण्टामा ठिक हुन्थ्यो भने कोरोनापछि यो ज्वरो ठिक हुनलाई ५ दिन ७ दिनसम्म लाग्न थालेको छ । एन्टिभाइरलको कुनै औषधी हुदैन । यो ज्वरो कुनै पनि उमेरको मान्छेलाई लाग्न सक्छ । कुनै पनि लिङ्गको मान्छेलाई लाग्न सक्छ । बुढोपाखा, बच्चा, महिला, युवाहरुलाई एन्फेक्सन हुन सक्छ । यो भाइरल ज्वरो मौसमले पनि असर पारेको हुन्छ । एकासी गर्मी भएर पानी पारिदियो भने मानिस गर्मीकै अवस्था हुन्छ । तर भित्र चिसो प्रवेश गरिसकेको हुन्छ । मौसम परिवर्तन हुने बेलामा यो बढि देखापरेको हुन्छ । यसको खासै कुनै उपचार र औषधी हुदैन । तातो खाने कुरा खाने, न्यानो भएर बस्ने जस्ता उपाय अपनाउनु पर्छ ।
अहिले कुनै दिन पानी पर्छ कहिले एकदम चर्को घाम लाग्छ । यस्तो बेलामा भाइरल ज्वरो आउँछ । यसबाट बच्नको लागि बाहिरको प्याकिङ्ग खानेकुरा खानुहुन्न । धेरै भिडभाड भएको ठाउँमा पनि जानु हुँदैन । किन भने यो भाइरस सरुवा रोग हो । यदि घरमा एक जनालाई भएको भए अर्को जनालाई पनि छिटै सर्न सक्छ । त्यसमा सावधानी अपनाउनु पर्छ । घरकै शुद्धखाना खानुपर्छ । बाहिरको खाना सकेसम्म खानु हुन्न । चिल्लो पिरो अलि कम खानु पर्छ । प्रोटिनयुक्त फलफूलहरु पनि ठिक मात्रामा प्रयोग गर्नु पर्छ । यसमा तातो खाने कुरा खानु पर्छ । अनावश्यक औषधीको प्रयोग पनि गर्नु हुन्न । कुनै पनि औषधी डाक्टर सित जचाएर मात्र खानु पर्छ ।
भाइरल ज्वरो आउने समय नै मौसमको परिवर्तनले हो । गर्मी मौसमबाट, चिसोबाट बर्षात् त्यस्तो समयमा भाइरल ज्वरो आउने गर्छ । भाइरल ज्वरोमा सबैभन्दा पहिला पुरै जीउहरु दुख्ने, आँखा रातो हुने, टाउको दुख्ने, रुघाखोकी आउने हुन्छ । त्यसबाट बच्नको लागि सबैभन्दा पहिला पोषिलो र रसिलो खानेकुराहरु धेरै खानु पर्छ । सकेसम्म बाहिरको बासी खाने कुराहरु नखाने । धेरै घाममा नजाने वा घामबाट आउने बितिकै न नुहाउने गर्नु पर्छ । घामबाट आएर फ्रिजको पानी पिउने पनि गर्नु हुन्न । मौसम अनुसारको खाने कुराहरु बढि मात्रामा खाने । यदि भाइरल ज्वरो आएको छ भने आफ्नो नजिकको डाक्टर सित चेकजाच गराएर मात्र औषधी सेवन गर्नु उपयुक्त हुन्छ । भाइरल ज्वरो ३ दिनपछि विस्तारै हट्दै जान्छ । यदि एकासी ज्वरो आएको छ भने औषधी नलिने डाक्टरको सल्लाह अनुसार नै औषधीको प्रयोग गर्नु पर्छ ।
भाइरल ज्वरो मौसम परिर्वतनको कारणले हुने रोग हो । एकै छिनमा घाम लाग्ने तुरुन्तै पानी पर्ने जस्ता कारणले मानिसको शरीरको सन्तुलनमा पनि परिवर्तन हुन्छ । मानिसले यस्तो परिवर्तन सहन गर्न सक्दैन । त्यसैले गर्दा भाइरल ज्वरोको संक्रमण हुन सक्ने सम्भावना हुन्छ । यो भाइरलबाट बच्नको लागि रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउनु पर्छ । प्रतिरोधात्मक क्षमता बलियो भयो भने कुनै पनि रोगले सताउन सक्दैन । यो भाइरल ज्वरोको लक्षण भनेको पहिला रुघा आउने र त्यसपछि ज्वरो आउने हुन्छ । एकबाट अर्कोमा सर्ने यो भाइरल यदि घरमा एक जनालाई निको हुनु भन्दा पहिला नै अर्कोमा सरिहाल्छ । ज्वरो आए सबैभन्दा पहिला डाक्टर कहाँ गएर डाक्टरको सल्लाह अनुसार औषधी खाइहाल्नु पर्छ ।