बाराको जिल्लाको रमपुरवागाविस वडा नं–२ लक्ष्मीपुर बिर्तामा उमा मिश्रा जन्मेकी हुन् । ठाकुरराम बहुमुखी क्याम्पसका उप–प्राध्यापक मिश्रामध्यम वर्गीय किसान परिवारमा हुर्किएकी हुन् । उनका परिवारमा ६ दिदी बहिनी र १ भाइ छन् । रौतहटको माध्यमिक विद्यालय दुधिहवामा प्रारम्भिकदेखि माध्यामिक शिक्षा पुरागरेकी हुन् । उनी त्यो विद्यालयको पहिलो व्याचको विद्यार्थी थिइन । पहिला छोरीलाई घर भन्दा बाहिर टाढा पढ्न पठाउने चलन नभएको कारणले उनका दुई दिदीले भने माध्यामिक शिक्षा पुरा गर्न पनि सकेनन् । बुबा सानो छदाँ नै हजुरबुबाको मृत्यु भएकोले बुबाको धेरै पढ्ने इच्छा अपूरो रह्यो । आफ्नो इच्छा पुरा गर्न जस्तोसुकै दुःख कष्ट सहेर पनि छोराछोरीहरुलाई पढाउने प्रतिबद्ध गरेका थिए । मध्यमवर्गीय परिवारमा आर्थिक अभाव भए पनि सबै छोराछोरीलाई पढाउनु भयो । किसानको छोरी भएकोले घरदेखि खेत सम्मका सबै काममा आमाबुबालाई सघाउने गर्थिन । एक कक्षादेखि सात कक्षा सम्म पढ्दाविद्यालयमाएक्लै छात्रा थिइन् । कक्षा ८ संचालन भएपछि अन्य ठाँउबाट पनि २ जना छात्राहरु पनि थपिए । कक्षा ७ सम्म पढ्दा एउटा बेञ्चमा एक्लै बसेर अध्ययन गरेको उनको भनाई छ । त्यो समयमा केटा मानिसहरुसंग धेरै बोलचाल गर्न, हिड्न, बस्ने राम्रो मानिदैन्थ्यो । केटा साथीहरुले आफू बस्ने बेञ्च सधै हटाइदिने गर्दथे ।
उनीहरुसंग सधै झगडा गर्ने र शिक्षकलाई भन्ने गर्थिन । कक्षा ८ मा केही छात्रा साथी थपिएर केही राहत भयो । पढाइमा मध्ययम स्तरको थिए । मेहनत गर्ने विद्यालय भएकोले कहिले पनि फेल हुनुपरेन । एस.एल.सी पास गर्ने परिवारका साथै गाउँको पहिलो छोरी थिइन । उनले एस.एल.सी पास गर्दा बुबालाई ठूलो नै युद्ध जितेको जस्तो महशुस भएको थियो । बुबाले सबैलाई एस.एल.सी मा छोरी पास भएको खुशी सुनाउदै हिडेको बताइन् । कलेज पढ्ने सिलसिलामा उनी काठमाण्डौंको पद्मकन्या कलेजमा गइन् । तर त्यहाँ बस्नकोलागि होस्टेल खाली नभएकोले उनले त्यो वर्ष पढ्न पाइनन् । वीरगंजमा ठाकुरराम कलेज छ, त्यहाँ पनि क्याम्पस पढाई हुन्छ भन्नेकुरा थाहा नभएको उनले बताइन् । बुबाले कसरी पत्ता लगाएर आई ए मा भर्ना गरेर गल्र्स होस्टलमा राखिदिने भयो । ठाकुरराम कलेजमा पढ्दा भने छात्राहरुको बाक्लो उपस्थिति रहेको उनले बताइन् । पहिला बाटोघाटो,बसको सुविधा थिएन । घर जाँदा आउँदा पैदल हिडेर जानु पथ्र्यो । ११ घण्टा लामो जंगलको बाटो हिड्नु पथ्र्यो । बाटोमा चोर, डाका लाग्ने हुनाले एक्लै जान सिकन्नथ्यो । ठूलो समूह बनाएर जानु पथ्र्यो । तर त्यो समूहमा पनि म एक्लै हुन्थे । एक्लै हिड्दा समाजले चारित्रिक दुर्बलताकोदृष्टिकोणबाटहेर्ने गर्थे । बुबाले पास भयौं भने म आफू बेचिएर पनि पढाउँछु । फेल भयौं भने दोहो¥याएर पढाउदिन भनेको कुरालाई मनन् गर्दै राम्रोसंग मेहनत गरेर पढ्यौं । क्याम्पसमा पढन लागेपछि शोभा बनर्जी मेडम अत्यन्तै मन पथ्र्यो । प्रभावशाली, व्यक्तित्वशाली, स्पष्ट बुझ्ने गरी पढाउनु हुन्थ्यो । उहाँको व्यक्तित्वबाट प्रभावित भएर मनमनै पढेर भोली प्राध्यापक बन्छु भनेर अठोट गरेको थिए ।
मेरो अठोटलाई घर परिवारले साथ दिए । हामी ३ जना भाई बहिनी वीरगंज बसेर पढ्थ्यौ । बेलाबेलामा हामी घर गएपछि के खर्च दिएर पठाउनेआमा रुनु हुन्थ्यो । घरमा बिउकोलागि राखेको मसुरी, तोरी, धान बेचेर खर्च पठाउनु हुन्थ्यो । बुबाआमाको त्यो संघर्ष र दुःखबाट हामीले पढ्नमा उर्जा पायौं । खेतीबारी प्रशस्त थियो तर अर्काको भरमा खेतीपाती गर्नुपथ्र्यो । उत्पादन राम्ररी नभएकोले आम्दानी हुदैनथ्यो । आर्थिक अभाव हुदाँ हुदै पनि बुबाले तिमीहरुले पढ्नै पर्छ । म जसरी भएपनि पढाउँछु । भन्नुभयो त्यसले पनि हामीलाई पढ्नमा उर्जा मिल्यो । अहिले चारै दिदीभाई राम्रो पदमा जागिरे छौं । ठाकुरराम क्याम्पसमा नै हेर्ने हो भने भर्ना १२, १३ हजारको हाराहारीमा हुन्छ । उपस्थितिको दृष्टिकोणले शुन्य छ । अहिले प्रतिष्पर्धाको होडबाजी छ । विद्यार्थीहरु अध्ययन भन्दा पनि डिग्रीमा मात्र सिमित भए ।
विद्यार्थीहरुसाक्षरमात्र भए शिक्षित भएनन् । २०५३ सालमा स्नाहतकोत्तर गरेपछि ३१ वर्षको उमेरमा विवाह गरेका हुन् । रौतहटको भवानीपुर, विजयपुरको माध्यामिक विद्यालयमा शिक्षण गरे ।प्रेमविश्वास,मर्यादामा रहेर घरमा आमाबुबालाई सम्झाउन, बुझाउन सकेपछि मात्र प्रेम विवाहमा परिणत हुन सकेको उनको भनाई छ । अन्तरजातिय विवाह गर्दा धेरै चुनौति भोग्नु परेको छ । खानेकुरा पकाउने तरिका नै फरक फरक हुने, भाषा नै फरक हुने, आदार गरेर सम्बोधन गर्दा अनाधारार्थी बुझ्ने हुदाँ धेरै समस्या भएको थियो । हिन्दु धर्म नै भए पनि भाषा र संस्कृति भएकोले त्यसमा भिज्न समय लाग्यो । बिस्तार–बिस्तारै भोजपुरी भाषा सिक्न थाले । घरमा श्रीमान बाहेक सबै नेपाली भाषा बोल्न नजान्ने भएकोले पनि कुराकानी गर्न भोजपुरी भाषा सिक्न वाध्यता परेको बताइन् । सासु धेरै सज्जन महिला, पुरानो जमानाको आधुनिक सोचको महिला थिए । बुहारी क्याम्पसमा पढाउँछे भनेर गर्व गर्नेगरेको र उनलाई कहिले पनि काम गर्नलाई रोक नलगाएको बताइन् । एउटा भनाइ छ चन्द्रमामा जाँ तर दुई वटा रोटी पकाएर जा भने जस्तै घरको काम सबै गर्नुपर्ने बाध्यता हुन्थ्यो । घर, जागिरको सन्तुलनमिलाउनकोलागि धेरै कठिन भएको र कुनै बेलामा डिप्रेशनमा जाने पनि अवस्था भएको बताइन् । जागिरमा पनि स्थापित हुनुपर्ने अवस्था भएकोले राम्रो शिक्षा दिन नसक्दा आफ्नो छवीमा आँच आउन सक्ने उनले बताइन् । नयाँ घर परिवारमा स्थान बनाउन सेवा गर्नु पर्ने अवस्था अत्याधिक भएको उनले भनिन् ।
प्रेमी प्रेमिका हुदाँ र विवाह पछिको श्रीमान संगका सम्बन्धमा भने धेरै फरक रहेको उनले बताइन् । प्रेमको अवस्थामा आर्दशमा बाँचिरहेको हुन्छ । वैवाहिक जीवनमा आएर गृहस्थ भएपछि यर्थातसंग साक्षत्कार हुने रहेछ । अहिले फर्केर हेर्दा जागिर खाने कुरामा नकारात्मक सोच उहाँमा थिएन । तर कार्य क्षेत्रमा जाने महिला, घर, बच्चा, सामाजिक दायित्व निर्वाह गर्दा बढी प्रेसर होला सहयोग गरौं ।सहज वातावरण बनाइदिन भने कञ्जुसी गरेको जस्तो महशुस भएको छ । छोरीलाई अर्काको घर जाने भनेर घरायसी कुराबाट टाढा राख्न खोज्ने ,राम्रो–राम्रो किनेर दिन नखोज्ने तर छोरालाई उसको नै सम्पत्ति हो भनेर जति खचै गर्दा पनि अपसोच नहुने छोरीमा खर्च गर्दा पनि आमाबुबालाई अपसोच हुने गुँड बाहिरको चरा जस्तो छोरीको जीवन हो । विवाह गरेको घरमा पनि अर्काको छोरी हो भनेर कुरा लुकाउन खोज्ने गर्दा छोरीको घर काँही पनि नभएको बताइन् । छोरीले उसले सेवा र मेहनतमा मात्र आफ्नो स्थान बनाएकी हुन्छ । समाजमा पुरुषहरुको लागि एउटा पैतृक सम्पत्तिको आधार खडा गरेको छ । महिलाको त्यस्तो कुनै आधार छैन । पैतृक सम्पत्तिको आधारमा पुरुषहरुले महिला माथि हैकम जमाएको हुन्छ । यदी कमाएको पैसाले घर परिवारको दायित्व पुरा गर्नु पर्ने हो भने त्यो महिलालाई उसले सम्मान गथ्र्यौ । उसको श्रीमतिले घर चलाउदाँ मेहनत गरेर बचाँएकी छभने मेरो आधा बचतको सहयोगी हो भनेर आदर गथ्र्यौ । उसलाई पैतृक सम्पत्तिको बलियो आधार छ । यसमा अहंकार भएर श्रीमति भनेको काम गर्नको लागि ल्याएको हो । सेवा गर्न ल्याएको हो । यसले खाना पकाउनै पर्छ । काम गर्नै पर्छ भन्ने सोच पुरुष समाजमा भएको हो । त्यो सोच पुरुषमा भन्दा महिलामा बढी भएको उनले बताइन् । पहिलाको समयमा महिलाको सक्षमताको क्षेत्र पनि सिमित थियो ।
उहाँहरुले आफ्नो प्रतिभा विभिन्न क्षेत्रमा देखाउन पाएका थिएनन् । घर भित्र बसेर रुमाल बनाउने, तकियाँ बनाउने,साडीमा प्याच गर्ने कलाकृतिहरु, साजसज्जा, खानासंग सम्बन्धित सीप थियो । अहिले पनि त्यही नै पुरुषहरुखोज्छन । जागिरको सिलसिलामा सचिव पदमा हुदाँ पनि महिला भएको कारण नै बैठकमा माइनट गर्न रोक लगाइएको कटुट् सत्य बताइन् । महिला सक्षम भए पनि अझै पनि समाजमा स्थापित हुन चुनौति नै छ । सक्षमतामा नै प्रश्न उठ्ने उनले बताइन् ।