पुर्खादेखि नै मनाउने जितीया पर्व आफ्नो छोराको सुख, शान्ति र दीर्घजिवनको लागि मनाउने गरिन्छ । पुर्खाहरुको अनुसार जितिया पर्व छोराको सुरक्षाको लागि गरिन्छ । उनीहरु माथि भविष्यमा गएर केहि संकट नआओस् । आइरहेको संकट पनि टर्छ भन्ने यसमा मान्यता छ । यो पर्व घरको महिलाहरुले मनाउने गरिन्छ । यसमा आफ्नो छोराहरुको लागि व्रत बस्नु पर्छ । यसमा विष्णु भगवानको पुजा गरिन्छ । धेरै मानिसहरु जितिया भगवान पनि भन्ने गरिन्छ । बिहान उठेर दही चिउरा खानु पर्छ । दिन भरी भोकै बस्नु पर्छ र फेरी राती शुद्ध खाना खाएर आफ्नो बच्चाको नामबाट व्रत तोडनु पर्छ । पुर्खाहरुको भनाइ अनुसार यो पर्वको पनि आफ्नै एउटा महत्व रहेको छ । यस पर्वलाई सबैले आ–आफ्नो तरिकाले मनाउने गरिन्छ ।
जितीया पर्व खास गरेर छोराको लागि मनाउने गरिन्छ । छोरालाई केही संकट नआओस् भनेर यो पर्व मनाइन्छ । सबै विवाहित महिलाहरुले आफ्नो सन्तानको लागि मनाउने यो पर्व हो । यसमा जियुत भगवान र पितृहरुको पुजा गरिन्छ । विवाह नभएको केही महिलाहरु पनि राम्रो सासु ससुरा पाओस् । विवाह पछि छोरा जन्मिओस् भनेर खरजितिया गर्छन् । खरजितियामा दिन भरी भोकै बसेर राती तिर खाना खाएर व्रत खोल्छन् । छोराको लागि व्रत बस्नेहरुले निर्जला व्रत बस्छ र बिहान उठेर नुहाएर शुद्ध हुने र चोखो खाने कुराहरु खाएर व्रत बस्ने गर्छन् । भोलीपल्ट विहान उठेर छोराको नामबाट व्रत खोल्ने र भगवानलाई चढाएको परिकारहरु नदिमा बगाउने वा कागहरुले खुवाउने गरिन्छ । यो पितृ पक्षको समयमा पर्छ । धेरै मानिसले यसलाई पितृहरुको लागि पनि मनाइने गर्छन् । यो पर्व मात्र महिलाहरुले मनाउने गर्छन् । पहिला पहिला तिजको दर खाने जस्तै छोराहरु श्रीमानहरु सबै जना उठेर मात्र मुख जुठो गर्ने गर्थे । अहिले त्यसरी कोही पनि उठेर दर खादैनन् । प्रायः गरेर यो पर्व मधेश प्रदेशमा बढि मनाउने गरिन्छ ।
जितिया पर्वलाई मान्छेहरुले विभिन्न तरिकाले मनाउँछन् । हाम्रो पुर्खादेखि चलिआएको पर्व हो । जिवित पुत्रको व्रतलाई जितिया व्रत भनिन्छ । यसमा महिलाहरु आफ्नो सन्तानको लागि निर्जल व्रत बस्ने गरिन्छ । यस पर्वमा जियुतवाहन भगवानको पुजा गर्ने मान्यता छ । पञ्चाङ्गको अनुसार जितिया व्रत आश्विन मासमा कृष्ण पक्षको अष्टमी तिथीमा गर्ने गरिन्छ । सप्तमीको दिन नुहाएदेखि व्रतको सुरु हुन्छ । अष्टमीको दिनभर निर्जला व्रत बसिन्छ । नवमीको व्रतको पारण गरिन्छ । हाम्रोे संस्कृति र पुर्खा अनुसार यो व्रत सन्तानको दीर्घायु र कुनै पनि संकटबाट बचाउनको लागि लिने गरिन्छ । सुखी जीवनको लागि यसको विषेश महत्व रहेको छ । यो व्रत गर्नमा सन्तानको सुखी र स्वास्थ्य जीवनको कामनाको लागि गरिएको हो ।
जितिया पर्वमा आफ्नो पितृहरुसंग आर्शिवाद लिने गरिन्छ । आफ्नो सन्तानको लामो आयु , संकट मुक्त जिवनको कामनाको लागि गरिन्छ । यो पर्व दुई दिन मनाइने गरिन्छ । बिहान उठेर शुद्ध भएर आफ्नो भगवानको कोठामा ७ वा ९ वटा रोटी, चिनी, दहि, चिउरा चढाइन्छ । दिनभरी निर्जल व्रत बसेर फरी, तेल, वेलको पात, तरुलको पात नदिमा बगाइन्छ । त्यसको भोलि पल्ट शुद्ध खान खाएर व्रत तोडिन्छ । जसको घरमा सासु रहन्छ त्यसलाई मात्र व्रत बस्नु पर्छ । अरु सबै भगवानले चढाउने काम सासुले गर्छन् ।
मधेश प्रदेशमा जितिया पर्वलाई प्रायः सबै विवाहित महिलाहरुले मनाउने गर्छन् । यहाँको मान्छेहरुले आ–आफ्नो धर्म संस्कृति अनुसार मनाउने गरिन्छ । पितृहरुले आफ्नो सन्तानहरुको लागि व्रत बस्ने तथा पुजा गर्ने गरिन्छ । विभिन्न तरिकाले मनाउने गरेको यो पर्वको छुट्टै महत्व पनि रहेको छ । यो पर्व धेरै महिलाहरु मात्र आफ्नो छोराको लागि गर्नुहुन्छ । यो पर्वमा काग र कुकुरको लागि खुला ठाउँमा खान राख्ने र उनीहरुले खाना खाए शुभ मानिन्छ । यो व्रत छठको व्रत जस्तै गाह्रो हुन्छ । यो पर्व धेरै भव्य तरिकाले मनाउने गरिदैन । आफ्नै घरमा खाने व्रत बस्ने पुजा गर्ने हो । सन्तानलाई भविष्यमा गएर केहि संकट नहोस् यसको जिवन सुखमय होस् भनेर यो पर्व मनाउने गरिन्छ ।
जितिया पर्व विषेश गरेर छोराको सु–स्वास्थ्यको लागि गरिने व्रत हो । तराईमा यो पर्वको बढी मान्यता छ । यहाँको सबै महिलाहरुले आफ्नो सन्तानको लागि मनाउने गरिन्छ । यो पर्व हामी तिथिमिति हेरेर गर्छौ । सप्तमीको दिनदेखि शुद्ध भएर यो व्रतको सुरुवात गरिन्छ । अष्टमीको दिन बिहानदेखि निराहर बसेर यो व्रत लिने र नवमीको बिहान मात्र खाना खाएर व्रत सक्ने गरिन्छ । यसमा सबै तिरको आ–आफ्नो नियम रहेको छ । हाम्रो तिर मात्र विवाहित महिलाले मात्र व्रत गर्ने गर्छन् । धेरै ठाउँमा अविवाहित महिलाले पनि व्रत गर्ने राख्ने गरेको छन् । यसमा दीर्घायुको कामना तथा स्वस्थ्य जिवनको लागि व्रत लिने गरिन्छ ।