१. मुखमा कस्ता किसिमका समस्याहरु आउँछन् ?
मुखमा धेरै खालका समस्याहरु हुने गर्दछन् । उमेर अनुसार समस्याहरु फरक–फरक हुन्छ । किशोर अवस्थामा गिजा सुन्निने, गिजाबाट रगत आउने समस्या बढि हुन्छ । जसरी उमेर बढ्दै जान्छ । दाँतमा समस्याहरु बढ्दै जान्छ । खाएको खाना दाँतमा अड्किएर बस्छ । जसले गर्दा एसिड बनाउँछ । राम्ररी ब्रस नगरेको कारण दाँतमा किरा लाग्छ । दिनमा दुई पटक खाना खाएका आधा घण्टापछि बिहान र बेलुका २ देखि ३ मिनटसम्म ब्रस गर्नुपर्छ । ब्रस गर्दा ब्रसिङ्ग टेक्निक अपनाएर ब्रस गर्नुपर्छ । दाँतकोलागि फ्लोराईड १ हजार पि.पि.एम भएको मञ्जनको प्रयोग गर्नुपर्छ ।
२. दुधे बच्चाको दाँतमा पनि किरा लाग्नुको कारण के हो ?
बच्चाको दुधे दाँतमा किरा लाग्नु भनेको अभिभावकहरु सचेत नहुदाँ किरा लाग्ने गर्छ । जब सुरुमा दाँत आउँछ । त्यति बेलादेखि नै आमाले दुध खुवाएपछि दाँत सफा गर्नुपर्ने हुन्छ । सुरुदेखि नै दाँत सफा गर्ने गरेमा दाँतमा किरा लाग्दैन । दुधमा पनि कार्बोहाइड्रेट हुन्छ । व्याक्टेरियाहरु गएर किरा लाग्छ । धेरै चकलेटहरु नखाने, दाँतमा टाँसिने खालका चकलेट नखाने, मटरको दाना जति मात्र पेष्ट प्रयोग गर्नुपर्छ । दिनमा दुई पटक ब्रस गर्नुपर्छ ।
३. गिजामा समस्या आउनुको कारणहरु के हो ?
गिजा कालो रगतमा हुने तत्वहरुको कारणले हुन्छ । गिजा कालो भएको जान सक्दैन । जसरी शरीरको छाला कालो भए जस्तो गिजा पनि कालो हुन्छ । गिजा सुन्निने, रगत आउने हर्मोनल परिवर्तनको कारण पनि हुन्छ । जब बच्चाहरु ठूलो हुदै जान्छ । यो समस्या सुरु हुदै जान्छ । रगतमा खराबी भएमा, भिटामिन सी को कमीको कारण पनि गिजामा समस्या हुन्छ ।
४. दाँत र गिजामा लाग्ने रोगबाट बच्न के गर्नुपर्छ ?
दाँत र गिजाको रोग ब्रस गर्ने तरीकाबाट नै हुन्छ । खानेकुराहरुमा पनि ध्यान दिनुपर्छ । दाँत र गिजामा हुने रोगबाट बचाउन ६÷६ महिनामा स्केलिङ्ग गराएर दाँत सफा गर्नुपर्ने हुन्छ । औषधी खाएको छ भने औषधीको कारण पनि हुन सक्छ । मुख गन्हाउने समस्या समाधान गर्न मुखको साथ साथै जिब्रोलाई पनि सफा गर्नुपर्छ । माउथ वासको प्रयोग गर्ने गर्नुपर्छ । ग्याँष्टिकको समस्याले गर्दा मुखमा एसिड आएर दाँतलाई हलका गलाई दिन्छ ।
५.गिजा सुन्निने समस्याबाट कसरी मुक्त हुन सकिन्छ ?
पहिला गिजा के कारणले सुन्निएको हो पत्ता लगाउनु पर्छ । बिरामीले कुनै औषधी सेवन गरेर हो वा मुख फोहोर भएको कारणले भएको हो । दन्त रोग विशेषज्ञकोमा गएर मुखको जाँच गर्नुपर्छ । चिकित्सकको सल्लाह अनुसार सफा गराउनु पर्ने भए सफा गराउनु पर्छ । खाएको औषधी बन्द गर्नुपर्ने भए खान बन्द गर्नुपर्छ ।
६. मुखमा क्यान्सर हुने सम्भावना कत्तिको हुन्छ ?
गुट्खा, पराग, खैनी, सुर्तीजन्य पदार्थ खाने मानिसहरुलाई मुखको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । मुख खोल्न गाह्रो हुन्छ । धेरै स्पाइसी खानेकुराले पनि गाला मोटो भएर जान्छ । यस्ता समस्या भएपछि तुरुन्त दन्त चिकित्सककोमा गएर जाँच गराउनु पर्छ । त्यसैले गुट्खा, पराग, खैनी, सुर्तीजन्य पदार्थ खान बन्द गर्नुपर्छ । पहिला चरणको समस्या आउन साथ जाँच गराएन भने क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।
७. बाङ्गो टिङ्गो दाँतलाई किरा लाग्नबाट बचाउन के गर्नुपर्छ ?
बाङ्गो टिङ्गो दाँत भएकाहरुको खाना अड्कने सम्भावना बढि हुन्छ । जति नै सफा गरे पनि खानाको केही अंश बसेको हुन्छ । ब्रस गर्दा पनि ब्रस सबै दाँतको भागमा पुग्न सक्दैन । त्यसैले गर्दा किरा लाग्ने सम्भावना धेरै हुन्छ । यदी दाँत बाङ्गो टिङ्गो आएको छ भने सानो उमेरमा नै दाँतलाई मिलाउँदा राम्रो हुन्छ । दाँत भर्खरै उम्रिएको हुनाले छिटो दाँत मिल्छ । सामान्य दन्त चिकित्सकहरुले दाँत मिलाउँदा कम पैसामा उपचार हुन्छ । स्पेशलिष्ट चिकित्सकले गर्दा शुल्क महंगो पर्न जान्छ । दाँत अस्वस्थ भए अनुसार मिलाउन ६ महिनादेखि १ वर्षसम्म लाग्न सक्छ ।
८. दाँत किराले खाने समस्याबाट बच्न के गर्नु पर्छ ?
शरिरको अन्य अंग जस्तै दाँतलाई सधै सफा गर्नु पर्छ । दाँतमा कालो–कालो दाग देखिएको छ भने देख्ने बित्तिकै दन्त चिकित्सककोमा जाँच गर्न जानुपर्छ । यदी हामीले दाँत कालो हुँदा वास्ता गरेन भने भित्र नशासम्म किराले खादै जान्छ । जसले गर्दा दाँत धेरै दुख्ने हुन्छ । नशासम्म गएपछि (रुट क्यानल टिट्मेन्ट) नशाको उपचार गर्नुपर्छ । जुनको उपचार मंहगो पनि हुन्छ । उपचार गर्न समय पनि धेरै लाग्छ । त्यसैले हामीले दाँत दुख्नुभन्दा अगाडी नै दाँतमा कालो देखिन साथ उपचार गराउँदा दाँत पनि बच्छ । उपचार खर्च पनि कम लाग्छ ।
९. बच्चादेखि नै दाँतलाई सुरक्षित गर्न कस्तो सावधानी अपनाउन सकिन्छ ?
सुरुमा एउटा दाँत आउने बित्तिकै हामीले त्यो दाँतलाई सफा गर्न सुरु गर्नु पर्छ । किनकी शुरुको दाँतमा किरा लाग्यो भने पछि आउने अरु दाँतमा पनि किरा लाग्छ । कम गुलियो भएको खानेकुरा खानुपर्छ । बच्चालाई ब्रस गर्ने बानी बसाल्नु पर्छ । ब्रस गर्दा कम मञ्जन राखेर ब्रस गर्नुपर्छ । धेरै मञ्जनले दाँतलाई खियाउँछ । खाना खाएपछि मुख कुल्ला गर्ने, जिब्रोलाई सफा राख्नुपर्छ । दाँतमा अनौठो किसिमको देखिएमा दन्त चिकित्सककोमा जानु पर्छ । ब्रस गर्दा २ देखि ३ मिनेट मात्र ब्रस गर्नुपर्छ । दाँतको सरसफाईबाट नै दाँतमा हुने धेरै समस्या समाधान गर्न सकिन्छ ।
१०. दाँतको उपचार मंहगो हुनुको कारण के हो ?
दाँत शरिरको महत्वपूर्ण भाग हो । दाँतको उपचार धेरै मंहगो होइन । मानिसहरु मुख र दाँतमा हुने समस्या प्रति सावधान नभएकोले समस्या जटिल भएर दुख्न थालेपछि मात्र दन्त चिकित्सककोमा जान्छन् । जसले गर्दा उपचार गर्न समय पनि बढि लाग्छ । मंहगो पनि हुन्छ । दाँतमा समस्या देखिन साथ उपचार गराउँदा कम खर्चमा नै हुन्छ ।
११. दाँत सफा गर्न कस्ता प्रविधिहरुको प्रयोग गर्नुपर्छ ?
अल्ट्रा सफ्ट ब्रसको प्रयोग गर्ने, मञ्जन धेरै कम्पनीको आएको छ । फ्लोराईड युक्त मञ्जनले किरा लाग्न दिदैन । इन्टर डेन्टल ब्रसले दुई दाँतको बीचमा अड्किएको खाना निकाल्नु पर्छ । सिन्काहरुको प्रयोग गरेर दाँतमा फसेको खाना निकाल्नु हुदैन । सिन्काले गर्दा गिजा फराकिलो बनाइदिन्छ । झनै खाना बढी अड्किन्छ । जसको दुई दाँतको बीचमा खाली ठाउँ कम छ । कम उमेरको मानिसहरुलाई डेन्टल फ्लसको प्रयोग गरेर अड्किएको खाना निकाल्नु पर्छ ।