१) भोका पेटलाई खान खुवाउदाँको अनुभव कस्तो छ ?
मैले काम गरेको ७÷८ वर्ष भयो । समाजमा लागेको समाजको लागि केहि गर्न आँटेको । मैले लकडाउनबाट खानाको लागि धेरै गहन रुपमा लागेकोे कोभिडमा हामीले कोभिडका बिरामीलाई खाना खुवाउने जस्ता धेरै योगदान गरेका छौं । खानाको लागि दैनिक ज्यालादारी गर्ने ठेला, रिक्सा चालकहरुलाई खाना खुवाउँदा त्यस मध्ये एक जना रिक्सा चालकले मलाई जोडले समातेर जुन दिन रोएको थियो । त्यो दिनदेखि नै मैले एउटा संकल्प नै राखेको छु । म खाना नाश गर्दिन । आफ्नो थालको खानाको इज्जत गर्छु । अनि अझै मान्छेहरुले खाना नाश गर्न रोक्छु ।
२) तपाईको पारिवारिक पृष्ठभूमि कस्तो छ ?
मेरो बसाइ आर्दशनगर ६ नंम्बर वडामा हो । आमा यो भन्दा अगाडीको स्थानीय चुनावमा महिला सदस्य जित्नु भएको थियो । अहिले वीरगंज महानगरपालिकाको कार्य पालिका सदस्यमा पनि हुनुहुन्छ । बुबाको गार्मेन्टको पसल आदर्शनगरमा छ । मेरो पढाई वीरगंजको सेन्जिभियर्स स्कुलबाट सुरुआत भयो । सेन्जिभियर्स पढ्दा पढ्दै इन्डियन एम बिसीले मलाई छात्रवृति दिएर नैनिताल पिठौडागढ उत्तराखण्डमा पठायो । यहाँ पढदा पढदै समाजिक अनि समाजिक विज्ञान पढेर आफ्नो देशमा केही गर्छु । आफ्नो समाजको लागि केही गर्छु भन्ने एउटा सिकाइ सिकिरहे थियो । त्यहाँ बिरामी परेर मलाई वीरगंज फर्किनु प¥यो । वीरगंज फक्र्ने बित्तिकै ज्ञान्दा एकेडमीले मलाई छात्रवृति दियो । ज्ञान्दा एकेडेमीबाट १० कक्षा उतिर्ण गरे । त्यहाँ पढ्दा पढ्दै मैले समाजिक संस्था इमप्रुभिङ्ग वीरगंज भने संस्थाको स्थापना गरे । त्यतिबेला कक्षा ६ मा पढ्दै थिए । मैले काम सुरुवात गर्दाको समयमा ११ वर्षको मात्र थिए । हामीले समाजिक किताबमा पढेका छौं । वृद्धाहरुलाई सहयोग गनुपर्छ । आफ्नो वरिपरि कसैले फोहोर फ्यालिरहेका छन् भने तिनीहरुलाई रोक्नु पर्छ । तर मात्र हामी पढिरहेको थियो । पढाइको सिकाइलाई मैले आफ्नो जिवनमा समावेश गर्न खोजेको थियो । त्यो सिकाइलाई मात्र मैले आफ्नो जिवनमा प्रयोग गर्न थाले । मैले आफ्नो घरमा धेरै पटक गाली खाएको छु । धेरै पटक मेरो संस्थाको रजिष्टरहरु बुबाले चातेर फाल्नु भएको छ । त्यो बेला सबै आमाबुबालाई डर हुन्छ छोराले आफ्नो पढाइ नबिगारोस् । हामीले काम गरेको भन्दा समाजको मानिसले घरमा गएर केहीभन्दा त्यसले सबैभन्दा बढि प्रभाव पार्छ हाम्रो जीवनमा । मानिसहरुले तिम्रो छोरा बिग्रिन्छ भनेर आमाबुबासंग कुरा लगाउँथे । तिम्रो छोरा मेयरसंग घुमिरहेको छ । नेता बन्छ कि यस्तो कुराहरु घरमा आए पछि आमा बुबाहरु अतिकति रिसाउनु भयो । काम गर्दै जादाँ म माथि धेरै प्रश्न आयो । यो बच्चा माथि कसरी विश्वास गर्ने ? यो बच्चाले गर्छ कि गर्दैन ? यो कसको छोरा हो ? तर मैले पहिला आफ्नो परिचयबाट सुरुवात गरे । किनभने मेरो आमाबुबालाई चिन्ने मानिसहरु पनि धेरै थिए । पहिला आफू र आफ्नो कामको परिचय दिए । त्यसपछि आमाबुबाको परिचय दिए । आमाबुबाको समाजमा जुन इज्जत छ त्यसले मेरो काममा सहयोग पुग्यो । अनि म राम्ररी काम गर्न पाएको छु ।
३) ११ वर्षको उमेरमा संस्था कसरी खोल्नु भयो ?
मैले सामाजिक संस्था नै खोलेको हो । त्यो संस्थालाई खोल्नको लागि धेरै पटक सि.डि.ओ मा गए । मलाई थाहा थिएन । संस्था खोल्नलाई पनि नागरिकता चाहिन्छ । म वीरगंज कै हो, म नेपाल कै मानिस हुँ भनेर जन्मदर्ता लिएर घुम्थे । अनि संस्था खोलेर काम गर्नु पर्छ । मैले राम्रो काम गरिरहेको पनि थियो । मैले त्यो बेला वीरगंजमा बालश्रम मुक्त अभियान चलाएको थियो । त्यो बेला काम गर्न संस्थालाई दर्ता गराउनु पर्छ भनेर मैले आफ्नो बुबालाई बताए । अनी बुबाले एक दुई जना अझै साथीहरुलाई मिलाएर उहाँहरुको नागरिकता प्रयोग गरेर मैले संस्थालाई दर्ता गराए । अहिले पनि हाम्रो संस्थाको अध्यक्ष पिंकी साह नै हुनुहुन्छ । मेरो कोषाध्यक्षमा मैले आफ्नो बुबालाई नै राखेको छु । मलाई बुबाले धेरै सहयोग गर्नुहुन्छ । संस्थाको जति पनि काम म गर्न सकिरहेको छु । त्यो सबै बुबाको नै सहयोगबाट हो । उहाँ नभएको भए सायद यो संस्था नै दर्ता हुदैन्थ्यो । संस्था उहाँहरुको नाममै भएपनि पछाडीबाट जति काम गरेको छु त्यो सबैमा सबैको सहयोग छ सबैले मलाई सिकाउनु भएको छ ।
४) हिरो अफ मधेशको उपाधि कसरी पाउनु भयो ?
लकडाउनमा मैले गरेको जुन कार्यहरु गरको थिए । त्यसलाई नै ‘रिलेट’ गरेर काठमाण्डौको एउटा मधेश सम्बन्धी पत्रिकामा काम हुन्छ यहाँले सम्पर्क गर्नुभए थियो मसंग । उहाँले मेरो नम्बर लिएर हामी यस्तो कार्यक्रम गरेका छौं । हिरो अफ मधेशको आर्वड कार्यक्रम राखेका छौं । यसमा तिमीलाई पनि सम्मान गर्न खोजेका छौं । भनेर कार्यक्रममा आउन निमन्त्रणा गरे । कार्यक्रम बि.पी.सि कलेजमै भएको थियो । बि.पि.सिको हालमा मलाई बोलाएर हिरो अफ मधेशको सम्मान पत्र दिए । त्यसमा इन्डियन एमबिसीको प्रमुख अथिति र दिपक शाक्य सर पनि हुनुहुन्थ्यो । उहाँहरुको अगाडी मैले हिरो अफ मधेशको उपाधि पाए । आफ्नै वीरगंज शहरमा पाउँदा गर्वको कुराको सुरुवात भयो । त्यस बेला मलाई यस्तो लाग्यो मैले जुन काम गरिरहेको छु त्यसको अवसरले मेरो जिवन बल्दियो । यो मानिसले के गरिरहेको भन्ने मानिसहरुको सोच बदलियो । घरमा पनि तिमिले के गरिरहेका छौं दिनभरी बजारमा घुम्छौं, कहाँबाट कार्यक्रम गछौं । त्यो हिरो अफ मधेश अवार्ड पाएपछि न्युज बन्यो । सामाजिक सञ्जालबाट त्यो मेरो कुरा विदेशसम्म पुग्यो । थाइल्याण्डमा भइरहेको ग्लोबल युथ लिडर सिप अवार्ड सन २०२२ मा कार्यक्रममा मलाई निमन्त्रणा पाए । थाइल्याण्डमा भइरहेको ग्लोबल युथ लिडर सिप अवार्ड पाए । मैले कमाएको सम्पति नै अवार्ड हो । त्यो सरन गुप्ता नाम पछिको जुडेको एउटा टाइटल अन्तराष्ट्रिय कान्छो सामाजिक अभियानता बन्नु सबै भन्दा ठूलो कुरा हो । मैले पाएको अवसरलाई निरन्तरता दिन्छु ।
५) तपाईले कतिवटा अवार्ड पाउनु भएको छ ?
अहिलेसम्म मलाई ३ वटा अन्तराष्ट्रिय, एउटा नेशनल अवार्ड अनि एउटा प्रदेशको अवार्ड पाएको छ । मैले सबै भन्दा पहिला पाएको अवार्ड हिरो अफ मधेश नै हो । सबै अवार्डको आप्mनो कदर छ । तर सबैभन्दा राम्रो अवार्ड पाएको अन्तराष्ट्रिय कान्छो सामाजिक अभियानता अवार्ड हो । किनभने सामाजिक अभियानतामा लागेपछि वीरगंजका धेरै युवाहरु मलाई हेरेर होस् । वा आफैले होस् समाजका लागि काम गर्नलाई सिकिरहेका छन् । अहिले वीरगंजमा थुप्रै संस्थाहरु खुली सकेको छ । त्यो संस्थाहरु त्यसमा भएका विद्यार्थीहरु म भन्दा नि अब सानो–सानो उमेरका विद्यार्थीहरु काम गरिरहेका छन् । मलाई त्यो सबै हेरेर के लाग्छ भने मेरो शहरमा म जस्तै कार्यक्रम गरेर आएको छु । मैले जुन उमेर पार गरेर आएको छु । त्यही उमेरको विद्यार्थीहरु म भन्दा पनि राम्रो गरिरहेका छन् । त्यो हेरेर धेरै खुशी लाग्छ ।
६) पढाई र कामसंगसगै हुदाँ कस्ता अप्ठयारोहरु आउँछ ?
काम र पढाई दुइटै जिवनको एउटा स्टेज नै बन्छ । पढाई सकेपछि काम पाउँछ र काम गर्दा गर्दै पढाई पनि सक्नु पर्छ । म काठमाण्डौं गए धेरै कुराहरु सिक्नलाई निश्चिन्त भएर काठमाण्डांैमा पढिरहकोे छु । पढ्दा पढ्दै काठमाण्डौबाट वीरगंजमा आमाबुबालाई किन दुःख दिनु । उहाँ सित किन पैसा माग्नु भनेर आफै केही काम गरेर आफ्नो खर्च चलाउनको लागि म काम गर्न थाले । काम गर्न थाले पछि मैले बसेको कोठा भाडा तिर्न सजिलो होस् । बाँकी त बुबाआमाले सहयोग गरिदिनु हुन्छ । काठमाण्डौं सरेपछि मलाई धेरै विदेशबाट अफर आउन थाले । मलाई अमेरिकाबाट होस, लण्डनबाट होस, तिमीलाई पढाई निःशुल्क हुन्छ, तिमीलाई काम दिन्छौं भनेर धेरै पटक मलाई अफर दिनु भएको छ । अनि दुःख पनि लाग्छ । तर दुःखलाई समेटेर हुदैन भन्छु । मलाई वीरगंजमै बस्नु छ । नेपालमै बसेर आफ्नो देशको लागि काम गर्नु छ । अनि आमा बुबाको एक मात्र छोरा भएकोले आमाबुबाहरुको पनि धेरै सपनाहरु छ । त्यो सपनाहरु पनि पूरा गर्नु छ ।