हामी बाटोमा हिडिरहदा अलिकति फोहोर तथा दुगन्र्धित ठाउँ देख्यौ भने नाक थुन्छौ । आफुलाई राम्रो र फोहोर गर्नेलाई गाली गर्न सुरु गरि हाल्छौ । अरुले फोहोर गरेको देख्ने बितिक्कै नाना थरिका कुराहरु गर्छाै । हामीलाई लाग्छ की फोहोर अरुले मात्र गर्छ । हामी फोहोर गर्दैनौ जस्तो । प्रायः जसो हामीले बाहिरी रुपमा देख्ने फोहोरलाई मात्र ध्यान दिइरहेका हुन्छांै । तर बाहिरी रुपमा नदेखे पनि भित्रिरुपमा वातारण प्रदुषण भएर हामीलाई असर गरिरहेको हुन्छ ।
घरबाट निस्कने धुवाका कारण कतिपय रोगहरु लागिरहेको हुन्छ । तर हामी त्यसको बारेमा चर्चा गर्दैनौं । अहिले जताततै भईरहेको निर्माणको काम संगै धुलो एकदमै बढेको छ । जसले गर्दा मानव शरिरमा नकारात्मक असर गररहेको छ । तर हामी बाटो बनेन भने कुरा उठाउछौ । बनिरहेको बाटोको कारण मानव शरिरमा कतिको असर गरिरहेको छ, त्यसको बारेमा कहिल्यै आवाज उठाउदैनौ ।
बाटोमा देखिने फोहोरको बारेमा गुनासो त गर्छाै । तर त्यसको समाधानको बारेमा सोच्दैनौ । बाटो घाटो खराब भयो भने एक छिनलाई मात्र शास्ती हुन्छ । तर हाम्रो शरिरमा यसले पार्ने प्रभाव धेरै नै हुन्छ । तर त्यसको बारेमा हामी छलफल गर्न किन पछि पर्छाै त ? स्वास्थ्यसंग प्रत्यक्ष सरोकोर राख्ने वातावरण बचाउनका लागि हाम्रो ध्यान किन जादैन ? आखिर वातावरण जोगाउने जिम्मेवारी कसको हो त ?
विकासका नाममा वातावरणलाई असर पर्ने काम पनि अत्यधिक भैरहेका छन । जस्तै वायु प्रदुषण, जल प्रदुषण, र ध्वनि प्रदुषण वायु प्रदुषण कलकारखाना, गाडी मोटरहरुले अत्यधिक गरीरहेका छन भने विभिन्न कारखाना अव्यवस्थित तरिककाले सञ्चालन गर्दा जल प्रदुषन हुन सहयोग पुगेको छ र कलकारखानाकै कारण ध्वनि प्रदुषणमा थप टेवा पुगेको छ । यसकै कारण मानसिक रोग र क्यान्सर जस्ता डरलाग्दा रोगहरु पनि वढिरहेका छन ।
यदि वातावरणलाई प्रदुषण हुने कुनै पनि कामको परिक्षण गरी त्यसलाई कम गराउन तिर सोचिएन भने केहि शताब्दी पछि प्राणीको अस्तित्व नै नमेटियला भन्न सकिदैन । यसका लागी वातावरण प्रदुषण हुने काम गर्दा कम प्रदुषण कसरी गर्न सकिन्छ । त्यतातर्फ सम्बन्धित निकायले चासो दिनु पर्ने हो । तर त्यस तर्फ खासै ध्यान गएको देखिदैन । हामीले हाम्रो दैनिक कृयाकलापमा पनि सचेतना अपनायांै भने पनि वातावरण प्रदुषणमा कमी आउँछ । अरुले फोहोर ग¥यो भनेर गाली त गर्छाै । तर हामीलाई फोहोर नगर्नबाट कसले रोकेको छ त ?
पृथ्वीमा हुने सबै आर्थिक, सामाजिक गतिविधिहरूले वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्छन ्। त्यसकारण दिगो विकासका निम्ति वातावरणको संरक्षण आजको प्रमुख आवश्यकता हो । आर्थिक विकास सँगसँगै वातावरणीय सन्तुलन कायम गर्नु आम चुनौतीको विषय हो । हाम्रो शहर जस्तो अविकसित शहरका लागि पनि वातावरणीय सन्तुलन कायम गर्नु एउटा चुनौतीपूर्ण कुरा छ ।
वातारणलाई सन्तुलन राख्नका निम्ति वातावरणीय प्रदुषण न्यूनिकरणका साथै विकासका पूर्वाधारहरूको उचित व्यवस्थापन गर्न पनि चुनौतिपूर्ण छ । यद्यपि प्रदुषणको विश्वव्यापी समस्या न्यूनिकरणका लागि यो एउटा सानो प्रयासले ठूलो भूमिका खेल्न सक्छ । आज विकसित राष्ट्रहरूमा फस्टाइरहेका उद्योग, कारखानाले गर्ने प्रदुषणको शिकार अविकसित मुलुकहरू पनि भइरहेको कुरा कसैले नकार्न सक्दैन ।
हामी आफैले गरेको प्रदुषणको असर मात्रै नभई अरूले गर्ने प्रदुक्षणको असर पनि खेप्नु परिरहेको कुरा स्पष्ट छ । यसकारण वातावरणीय प्रदुषणको असर प्रदुषण गर्नेलाई मात्रै होइन नगर्नेहरूलाई पनि पर्ने हुनाले वातावरण जोगाउनु हामी सबैको दायित्व हुन्छ। अन्ततः वातावरणीय प्रदुषणका कारण हुन सक्ने सम्पूर्ण खतराहरू प्रति सचेत हुनुपर्ने स्थिति वर्तमान विश्वभरी नै छ । हामी अविकसित मुलुकका नागरिकहरूमा पनि यो चेतना हुनु जरूरी छ । प्रदुषण न्यूनिकरण गर्ने कुरामा आफू पनि चासो राखौं र जनचेतना अभिवृद्धिका निम्ति पनि केही योगदान गरौं । अविकसित मुलुकका सचेत नागरिकको उदाहरण विकसित राष्ट्रका नागरिकहरूलाई पनि उदाहरणीय बन्न सकोस् ।