सीपमा आधारित उद्यममा युवा पुस्ताको ध्यान गएको खण्डमा उनीहरू आम्दानीका लागि कहीँ जानु पर्दैन । तर, पनि शिक्षित पुस्ता युरोप, अमेरिका, जापान, अस्ट्रेलियाको मोह बोकेर भौँतारिएको छ भने श्रम गर्ने पुस्ता कोरिया, इजरायल, युएई, मलेसिया, अरबलगायत मुलुक धाइरहेको छ । शिक्षित बेरोजगार बढ्नुमा शिक्षा प्रणाली र संस्कार पनि दोषी छ । हाम्रो अघिल्लो पुस्ता कृषिमा निर्भर थियो, त्यो पुस्ताले सन्ततिलाई सफल कृषक बन्नुपर्छ भन्ने प्रेरणा दिन सकेन । सीपमा आधारित उद्यममा युवापुस्ताको ध्यान गएको खण्डमा उनीहरू आम्दानीका लागि कहीँ जानुपर्दैन, तर नकारात्मक सोचले सम्भावना खोज्न चाहिरहेको छैन । यो हुँदैन होला, पहिले भएकै थिएन भन्दै नयाँ कोणबाट सोच्न कोही पनि तयार छैनन् । सरकारले व्यवस्था गरिदिएको बजेट तथा सुविधा फ्रिज भएर फर्किरहेको छ, तर बेरोजगारको ध्यान गएको छैन ।
हाम्रो संस्कारले कृषि वा सीपमा आधारित उद्यमभन्दा राम्रो जागिर खानुपर्छ भन्ने सिकायो । बरु विदेश जाने, तर व्यवसाय नगर्ने सोच हावी भयो । कर्जा सुविधा सहज हुने र जोखिममा पर्दा राज्यले बहन गर्ने व्यवस्था प्रभावकारी हुने हो भने, उद्यमतर्फ सबैको ध्यान बढ्नेछ । घरेलु सम्भावना, समृद्धिको स्रोत आदिलाई राम्रो गरी परिचालित गर्नुपर्छ । नेपाल भित्र विशेष गरी नकरात्मक सोचले सम्भावना खोज्न चाहिरहेको छैन । यो हुँदैन होला, पहिले भएकै थिएन भन्दै नयाँ कोणबाट सोच्न कोही पनि तयार छैनन । सरकारले व्यवस्था गरिदिएको बजेट तथा सुविधा फ्रिज भएर फर्किरहेको छ । तर, बेरोजगारको ध्यान गएको छैन । त्यसले हाम्रो सोचमा देखिएको समस्यालाई जरैदेखि पुनरावलोकन गर्नुपर्नेछ ।
वर्तमान सरकारले प्रभावकारी कार्यक्रमको रूपमा सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अपेक्षित रूपमा सफल देखिएन । व्यक्ति, जो बेरोजगारको रूपमा सूचीकृत हुन आउने अपेक्षा गरिएको थियो । उनीहरू नआउनुले पनि त्यहाँ सूचीकृत हुँदैमा रोजगार पाइँदैन भन्ने मनोविज्ञानले काम गरेको बुझ्न सकिन्छ । कार्यान्वयन गर्ने तहमा देखिएका केही नकारात्मक सोच पनि समस्याको रूपमा देखिएका छन ।
सबै पक्षले संवेदनशील हुँदै नेपालमा सम्भावना खोज्ने हो धेरै सम्भावना भेटिन्छन । औपचारिक रूपमा खोजिएका थुप्रै सम्भावनाभन्दा व्यावहारिक रूपमा हामीले उपेक्षा गरेका सम्भावना बलिया र दीर्घकालीन स्रोत हुन सक्छन । सम्मको यो रणनीतिक योजनाअन्तर्गत लघु, घरेलु तथा साना उद्यमको विकासका लागि स्रोतको सम्भाव्यता अध्ययन, सामाजिक परिचालन, उद्यमशीलता विकास, वित्तीय सेवामा पहुँच, उपयुक्त प्रविधि हस्तान्तरण, बजारसँगको सम्बन्ध विकास तथा व्यवस्थापन, व्यावसायिक परामर्श सेवा, सहभागितामूलक कार्य अनुसन्धानलगायतका मुख्य गतिविधि सञ्चालन गरिने योजना रहेको छ । ज्ञान र सीपलाई समयानुकूल अभिवृद्धि गर्दै नयाँ–नयाँ ज्ञानको प्रयोग गर्न आफैंलाई सक्षम बनाउनुपर्छ । एकपटक डिग्री हासिल गर्दैमा कोही पनि विज्ञ हुँदैनन । शिक्षाको तात्पर्य तीन कुरासँग छ– पहिलो मानसिक शिक्षा, दोस्रो शारीरिक शिक्षा र तेस्रो बहुप्राविधिक शिक्षा । यी तीन कुराको संयोजन नै वास्तविक शिक्षा हो । गुणस्तरीय, समय सापेक्ष र रोजगारमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिको पहुँचबाट टाढा र गन्तव्य विहिनता नेपाली युवाका वर्तमान समस्या हुन । यी समस्याहरुको समाधान भनेकै व्यावहारिक र रोजगारमूलक शिक्षा हो ।
श्रमसँग जोडिएको शिक्षा मात्र जीवनोपयोगी हुन्छ । युवालाई दक्ष, सीपयुक्त, उद्यमशील र आत्मनिर्भर बनाउने रणनीति निर्माण गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो । जति–जति शिक्षाको स्तर बढ्दै जान्छ, उति–उति बेरोजगारको संख्या बढ्दै गएको छ । यसको निष्कर्ष के आउँछ भने वर्तमान शिक्षा केवल शिक्षामा मात्र सीमित छ । यो व्यावहारिक र रोजगारमूलक छैन । यस्तो शिक्षालाई सीपमूलक शिक्षाले मात्र प्रतिस्थापन गर्न सक्दछ । सीपमूलक शिक्षा नै यस्तो शिक्षा हो जसले शिक्षा पाएको व्यक्तिको रोजगारीको पूर्ण ग्यारेण्टी गर्न सक्दछ । यसले विद्यार्थीले सिकेका कुरालाई जीवनव्यवहारमा कसरी लागू गर्न सक्दछ भनी जाँच्नुलाई मूल्यांकनको आधार बनाउँदछ । सबै तहमा सबैको पहुँच पु¥याउने उद्देश्यका साथ सीपमूलक शिक्षा दिने खुला विद्यालय र खुला विश्वविद्यालयहरु स्थापना गरी शैक्षिक स्तर वृद्धि गराउनुपर्छ । बेरोजगारी न्यूनीकरणको लागि यो नै उत्तम उपाय हुन सक्छ । भनिन्छ माछा मारेर खुवाउनुभन्दा माछा मार्न सिकाउनु बेस हुन्छ ।
अहिलेको शिक्षा जीवनोपयोगी नभएकै कारणले शैक्षिक बेरोजगारीको मुद्दा एउटा चुनौतीको रुपमा खडा भएको छ ।शिक्षाले बुझ्ने र बदल्ने कुरामा विशेष जोड दिनुपर्छ । पाठ्यपुस्तकमा रहेको सैद्धान्तिक ज्ञानलाई दैनिक जीवनमा प्रयोग गर्दै सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्छ । प्रयोगात्मक कार्यबाट पुष्टि भएको ज्ञानलाई पुन सिद्धान्तको रुपमा अँगीकार गर्दै जीवन व्यवहारमा लागू गर्न सक्नुमा नै शिक्षाको सार्थकता रहन्छ । ज्ञान, धारणा र सीपसँग सम्बन्धित रहेर पाठ्यक्रम निर्माण गरिनुपर्छ । सीपमा आधारित शिक्षाले मात्र विद्यार्थीको व्यवहारको परीक्षण गर्दछ । परीक्षा पद्धतिले पाठ्यपुस्तकलाई भन्दा व्यावहारिक प्रयोगलाई महत्व दिनुपर्छ ।
प्रत्येक वर्ष श्रमबजारमा प्रवेश गर्ने युवा जनशक्ति अदक्ष कामदारका रुपमा निर्माण र सेवा क्षेत्रमा विदेश जान बाध्य छन । तिनीहरुको कार्यकुशलतामा प्रश्न चिह्न खडा भइरहेको अवस्था छ । त्यसैले नेपाली युवालाई दक्ष, सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै राज्यका हरेक क्षेत्रमा सार्थक सहभागिता सुनिश्चित गर्न सीपमूलक शिक्षा प्रदान गर्नु आवश्यक छ । सर्वाधिक सक्रिय, ऊर्जावान र गतिशील उमेर समूहमा रहेको युवा जनशक्तिको क्षमता विकास गरी उद्यमी बनाउन सकियो भने मात्र राष्ट्र समृद्ध बन्न सक्छ ।