ठाकुरराम बहुमुखी क्याम्पसका उप–प्राध्यापक रिना चौधरी पर्साको हालको पर्सागढी नगरपालिका–८ हरपुर रमौलीमा जन्मिएकी हुन् । मध्यम वर्गिय परिवारमा जन्मेकी उनी विगत ४ वर्षदेखि सरकारी सेवामा प्रवेश गरी निरन्तर शैक्षिक क्षेत्रमा आवद्ध छन् । बुबा मोहन दास थारु र आमा बनियाँ देवी थरुनीका सातौं सन्तान मध्ये उनी तेस्रो सन्तान हुन् । उनका ४ दिदी बहिनी र ३ दाजुभाई छन् । संयुक्त परिवारमा हुर्केकी उनको बुबाआमाले कृषि पेशा गरे पनि गाँउमा नै किराना पसल पनि संचालन गरेका थिए । कृषि र व्यवसाय दुबै भएकोले उनीहरुको पर्सागढीको श्री.ने.रा.मा.वि बरुवा छौटैनी पर्साबाट एस.एल.सी, ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाण पत्र र स्नाहतक, त्रिभुवन विश्व विद्यालय किर्तिपुर काठमाण्डौंबाट स्नातकोत्तर नेपाली विषयमा गरेकी हुन् ।
स्नाहतक तहको नतिजा नआउँदाको केही समयमा वीरगंज पब्लिक बोडिङ्ग स्कूलबाट अध्यापन कार्यको सुरुवात गरेको उनले बताइन् । ठाकुरराम क्याम्पसमा अध्ययन गर्दा शोभा बनर्जी, शुष्मा दुवेद्धी, रेणु सिंहलगायतलाई देख्दा मलाई पनि विद्यालयमाभन्दा क्याम्पसको प्राध्यापक बन्ने रहर मनमा जागेको थियो । सानोदेखि नै धेरै पढेर प्राध्यापक बन्ने सेवा आयोगमा नाम निकालेर क्याम्पसमा प्राध्यापक बनेर सरकारी जागिर खाने सोच जागेको थियो । घर परिवार र समाजका केही मानिसले छोरीले बि.ए पढेपछि भइहाल्छ नि, किन काठमाण्डौं पढन जानु प¥यो । अब विवाह गर्नुपर्छ भन्ने आवाज उठाएका थिए । तर म जबसम्म पढाइ पुरा गर्दिन तबसम्म विवाह गर्दिन भन्ने अठोट गरें । कुनै काम गरेर भए पनि एम.ए पढ्छु भन्ने सोच थियो । छोराले पढ्न काठमाण्डौं जान्छु भनेको भए जग्गा बेचेर भए पनि पढ्न काठमाण्डौं पठाउनु हुन्थ्यो । तर म छोरी भएकाले अनेकौं समस्याहरु सृजना गराउनु् हुन्छ भनेर परिवारका सदस्य र आमाबुबासंग रोइकराई झगडा गरें । धेरै संघर्षका बाबजुत स्नातकोत्तर अध्ययनको लागि काठमाण्डौं प्रस्थान गरेको उनले बताइन् । स्नातकोत्तरको अध्ययन सकेपछि वीरगंज आएर सिद्धार्थ इन्टरनेशनल कलेज, वीरगंज पब्लिक कलेज, बिर्ता नर्सिङ्ग क्याम्पस र कलेज फर म्यानेजमेन्टमा पनि पढाउन थालेको उनले बताइन् ।
२०६९ सालमा टि.यु सेवा आयोग खुले पनि राजनीतिक कारणले स्थगित भयो । २०७० सालमा टि.यु सेवा आयोग खुलेको कारण फेरि रोकियो । २०७१ सालमा फेरि टि.यु सेवा आयोग खुल्यो । परीक्षा दिएको रिजल्ट २०७२ सालमा निस्कियो । २०७३ सालमा अन्तवार्ता भयो । तर म त्यसमा फेल भए । क्याम्पसहरु पढाइ नै रहेको थिए । तर दिनमा ११ घण्टी पढाउदाँ जति पारिश्रमिक पाउनु पर्ने हो । त्यो नपाउँदा मनमा दुःख लागेको थियो । टि.यु सेवा आयोगमा नाम ननिस्किदाँ धेरै दुःख लागेको थियो । प्राइभेट कलेजमा जति धेरै दुःख गरे पनि शरीर हष्टपुष्ट, स्वस्थ्य हुदाँ ठिक छ । तर बुढेसकाल लागेपछि भने कुनै सुरक्षित छैन । अब मैले कलेजहरु पढाएर बसेर मात्र हुदैन । म भन्दा पनि मध्यम पढाई भएका मेरा साथीहरुले सरकारी जागिर खाएर राम्रो जिवनयापन गरिरहेका छन् । म त्यतिबेलाको टप १० मा पर्ने मानिस प्राइभेट क्याम्पस धाएर भोली बुढेसकालमा के गर्ने होला ? भन्ने सोच्न थालें । निरास पनि भए ।
मेरा साथीहरु खरदार, मा.वि. शिक्षकहरुमा नाम निकालेर सरकारी जागिर खाइरहेका थिए । उमेर पनि जान्छ । प्रत्येक वर्ष टि.यु सेवा आयोग नखुल्ने भएकोले टि.यु सेवा आयोगलाई छोडेर लोकसेवा आयोगको तयारीमा जुटेर खरदार, नासुमा भए पनि नाम निकाल्नु पर्छ भन्ने सोच आयो । २०७४ सालमा गोप्य रुपमा आफूले जम्मा गरेको ३ लाख रुपैयाँ जम्मा गरेको पैसा लिएर काडमाण्डौं गएर लोकसेवा आयोग अधिकृत पदमा तयारीमा लागे । त्यो समयमा नै मैले खरदार पदमा नाम निकाले । कोचिङ्ग सेन्टरमा कोचिङ्ग पनि गर्न थाले । २०७५ सालमा टि.यु सेवा आयोग खुल्यो । २०७६ सालमा महिला, खुल्ला, आदीवासी जनजाति ,मधेशी चारै कोटामा नाम निकाल्न सफल भएको उनले बताइन् । त्यो बेला मधेशी र आदिवासी जनजातिमा १÷१ सिट थियो । त्यसमा प्रतिस्पर्धी कोही पनि नभएकाले जागिर कुनै एउटामा हुन्छ भन्ने पक्का थियो । २०७७ सालमा अन्तरवार्ता भयो । पास भएर धनकुटा बहुमुखी क्याम्पसमा अध्यापन गराउन पुगे । लगभग २ वर्ष धनकुटामा बसेर काम गरें ।
घरपायक नभएको कारणले ठाकुरराम बहुमुखी क्याम्पसमा सरुवा गरेर आएको उनले बताइन् । पहिला र अहिलेमा छोराछोरी दुबैमा भिन्नता पाइन्छ । समय परिवर्तन संगसगै अहिले संस्कार र संस्कृतिमा पनि परिवर्तन भएको छ । म पढेको समयमा मधेशी समुदायबाट आई.ए पढ्ने ३ जना मात्र थियौं । बि.ए.मा पढ्दा ति मधेशी साथीहरु कहाँ गए थाहा भएन । मधेशी समुदायबाट म एक्लै थिए । पहाडी समुदायको छात्राहरु भने धेरै थिए । अहिले मधेशी समुदायको पनि छात्राहरुको संख्या बढेको छ । अहिले जनसंख्याको अनुपात हेर्ने हो भने पुरुषको संख्या महिलाको संख्या बढी नै छ । जुन क्याम्पसमा पढाउछु । सबै ठाउँमा छात्राहरुको संख्या बढी नै देखिन्छ । पहिलाकोभन्दा छोरीहरुलाई स्वतन्त्रता छ । अझै पूर्ण रुपमा स्वतन्त्र छैनन्, उनले भनिन् ।
ठाकुराम बहुमुखी क्याम्पसको कन्या छात्राबासको वाडेनको रुपमा पनि उनी कार्यरत छन् । मधेशी समुदायका छोरीहरुलाई अझै पनि बाहिर पढ्न जान दिदैनन् । आमाबुबाले नै पढ्ने ठाउँसम्म पु¥याउनु पर्छ । पढेलेखेका उच्च घर खान्दानका छोरीहरुलाई त्यस्तो कुनै आपत्ति हुदैन । तर सामान्यस्तरको परिवारमा भने धेरै समस्या अझै पनि हुने उनले बताइन् । कन्या छात्रावासमा ३३ वटा कोठा छन् । ३ वटा स्टोर र ३० वटा वासको लागि संचालित छ । अहिले ६० जना छात्रालाई राख्न सकेको उनले बताइन् । केही कोठाहरु मर्मत भइरहेको र थप त्यसमा १८ जना राख्न सकिने उनले भनिन् । होस्टलमा आर्थिक स्थिति कमजोर भएका, टाढा घर भएका आमाबुबामा आश्रित छ । आफ्नो कुनै कमाई छैन भने त्यस्ता छात्राहरुलाई राख्ने गरेका उनले बताइन् । जो विद्यार्थीको जागिर गर्छ भने त्यस्तो विद्यार्थीलाई छात्रावासमा नराख्ने उनले बताइन् । छात्रावासमा पनि हरेक वर्ष भर्ना गर्नु पर्छ । पहिलो वर्ष भर्ना गर्दा ५ सय धरौटी र २४ सय वार्षिक शुल्क गरेर २ हजार ९ सय लाग्ने र अर्को वर्ष भर्ना हुदाँ मात्र २ हजार ४ सय लाग्छ उनले भनिन् ।
घरबाट पढ्न आउन नसक्ने टाढा र आर्थिक स्थिति कमजोर भएका छात्राहरु छन् । बारा, पर्सा, रौतहट र सर्लाहीका विद्यार्थीहरु छात्रावासमा बसेका छन् । अहिले बढि मात्रामा मोबाइलको कारणले धेरै विद्यार्थीको पढाइ बिग्रिरहेको छ । मोबाइल चलाएर गलत काम नै गरेका छन्, भन्ने होइन । पढाइ तिर ध्यान कम र मोबाइलमा धेरै ध्यान केन्द्रित भएको छ । गुगलबाट धेरै कुरा सिक्न पाइन्छ । तर टिकटक, फेसबुक, सामाजिक सञ्जालमा आउने नाटकहरु, सिरियल, गेमहरुमा समय बिताए त्यो हितकर हुँदैन । मेहनत गर्नेहरु सही ढंगले पढिरहेका छन्, जो मनोरञ्जनमा बढी व्यस्त भइरहेका छन् उनीहरुले आफूलाई सुधार गरेर सही बाटोमा लाग्न सके जीवन सार्थक र सफल बन्छ ।