एल.एस. न्यूरो एण्ड जेनरल होस्पिटलको आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ नौतनस्थित हस्पिटलमा भएको कार्यक्रममा ७ महिला सहित ६० जनाले रक्तदान गरेका छन् ।
अस्पतालका प्रबन्ध निर्देशक रामप्रवेश प्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा राहुल साह, महेश साह, विकेश पटेल, संतोष कुमार, डा. प्रविन कुशवाहा, दिपेश साह, सुनिल यादव, विक्रम चौधरी, निरज कुमार साह, चन्द्रिका प्रसाद साह, सिकेन्द्र साह, दिनेश राम, सागर कुमार साह, रिंकु देवी, विनु सिंह, रामजी पटेल, संदिप कुमार साह, सुमित साह, सिमा देवी पटेल, दिपेन्द्र कुमार यादव, शिव पटेल, मुन्ना ठाकुर, सुकेश पटेल, अर्जुन पटेल, जितेन्द्र शर्मा, रामाकान्त साह, राहुल कुमार रौनियार, निशा मगर, राकेश प्रसाद साह तेली लगायतले रक्तदान गरेका हुन् ।
बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा भएको रक्तदान कार्यक्रममा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री कुर्मी, नेपाली काङ्ग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, कांग्रेस बारा क्षेत्र नं. ४ ९२० को क्षेत्रिय सभापति लुकेश सिंह, नेकपा एमालेका युवा नेता उमेश गुप्ता, तरुण दल बाराका सभापती दिपेन्द्र पटेल, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य मनोज पटेल, पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमन, अभिभावक संघ वीरगंजका अध्यक्ष संदिप साह लगायतको उपस्थिति रहेको थियो ।