१) तपाईको फेसबुकको वालमा परिवर्तन सम्भव छ पुरुषार्थ गरौं लेखेको छ यसको अर्थ के हो ?
परिवर्तन भन्ने चीज हामीबाट नै हुन्छ । त्यसको लागि हामीले इमान्दारीपूर्वक आफ्नो काम कर्तव्य निर्वाह गर्नुपर्छ । मलाई लाग्छ कि सबै जनाले आ–आफ्नो कर्तव्यलाई बुझ्यो भने समाज पक्कै पनि परिवर्तन हुन्छ । समाज पनि परिवर्तन शिल छ । समय पनि परिवर्तन शिल छ । पुरुषार्थ भनेको आफुले गर्ने काम हो । पुरुषार्थले गर्दाखेरी धेरै मानिसहरु सफल भएका छन् । पुरुषार्थ शब्द गीतामा पनि छ । यो शब्दले मानिसलाई धेरै नै उर्जावान बनाउँछ । यो शब्द पटक–पटक आउनुको कारण के छ भने हाम्रो जुन काम कर्तव्य छ, त्यसमा जागरुकको साथ अगाडी बढ्नु र आफ्नो उद्देश्यसम्म पुग्नमा सहयोग गर्छ । यो शब्द फेसबुकको वालमा १ वर्षदेखि राखेको छु । यो भन्दा पहिला यो शब्दको ठाउँमा परिवर्तन सम्भव छ सुरुवात आफैबाट गर्नुपर्छ भन्ने राखेको थिए ।
२) सामाजिक काम गर्छु भनेर सोचेको दिन कुन हो ?
२०४८ सालको फागुनको महिना थियो । म त्यो बेला ठाकुर राम बहुमुखी क्याम्पसमा लगभग अन्तिम अन्तिममा थियो । म एस.एल.सी.को परिक्षा सकेर घरमा बसेको थियो । त्यो बेलादेखि म सामाजिक काममा लागेको हो । एक जना महिलाको प्रसुति व्यथा लाग्यो । ति महिलालाई बच्चा जन्माउन धेरै गाह्रो भयो । रगतको कमी थियो रगत नभएर बच्चा जन्माउने अवस्था थिएन । ब्लड बैंकमा रगत लिन गयौं, रगत पाउन सकिएन । मैले आफ्नो एउटा साथीलाई रगत दिनको लागि आग्रह गरें । म ५ बजे रगत दिन आउँछु भन्ने जवाफ दिए । उसलाई ब्लड बैंकमा गएर ५ बजेदेखि ७ बजेसम्म पर्खेर बसे । त्यो साथी ब्लड बैंकमा रगत दिन आएन । त्यसपछि म आफैं बाध्य भएर रगत दिएपछि ती महिलाको स्वस्थ्य बच्चा जन्मियो । अझै पनि बच्चा छ । उसलाई थाहा छैन र मैले उसलाई चिनेको छैन । त्यो महिलालाई बचाउन सकेनौं । त्यो दिनदेखि मैले सामाजिक काम गर्नुपर्छ भन्ने भावना जाग्यो । त्यो बेलादेखि मैले सामाजिक काम थालें ।
३) पूर्णरुपमा चाही कहिलेबाट सामाजिक काममा लाग्नु भयो ?
म सामाजिक कार्यमा पूर्णरुपमा २०७१ सालदेखि लागेको हो । मधेश आन्दोलनभन्दा पहिला एउटा अभियान पनि चलाएको थियो । सिकन्दर माझी बचाऊ अभियान यहाँहरुले पनि धेरै सहयोग गर्नुभएका छ । नेपालको वीरगंजका विभिन्न ठाउँबाट सहयोग प्राप्त भयो । उसलाई बचाउन सफल भए । अहिले पनि उनी बाँचिरहेका छन् । मधेश आन्दोलनमा मैले काम गर्ने मौका पाए । आन्दोलनमा गोली लाग्ने, बिरामी हुने, शहिदको घरमा कोइ न जाने, त्यो बेला मैले काम गर्ने मौका पाए । राम्रोसंग आफ्नो परिचय दिन पाए । त्यसमा मैले धेरै लगन शिलताको साथ काम गरे । त्यस पश्चात यो समाज मलाई चिन्न, जान्न थाल्यो ।
४) मधेश आन्दोलनपछि धेरै कुरा परिवर्तन भयो ? मधेशका मन्त्रीहरुलाई के भन्नु हुन्छ ?
मन्त्री बनेकाहरुलाई सबैभन्दा पहिला उहाँहरु पहिलो दायित्व हो । कुर्सीमा पुगेपछि यस्ता व्यक्तिहरुलाई संरक्षण र समर्थनको व्यवस्थापन गर्नुपर्छ । मधेश आन्दोलनमा गोली लागेको मुन्सी पटेलको अवस्था हेर्ने हो भने अहिले पनि ढाडदेखि तल चल्दैन । हात मात्र चल्छ । मुन्सी पटेल ठाउँ–ठाउँमा फोन गर्छ । कहिले उपेन्द्र यादव, कहिले प्रदिप यादव, कहिले मेयरलाई फोन गर्छ । कहिले उपराष्ट्रपतिलाई फोन गर्छन् । उसले मलाई सबै कुरा भन्छ । मुंसी पटेल जवान छ, उसको श्रीमती छ, आमा बुबा पनि छन् । आमा बुबाको बुढेसकाल लागि सकेको छ । यहाँसम्मको आमा बुबाको आखाँको अपरेसन गर्न पैसा नभएर । म आफू नवीन गरेर आमा बुबाको आखाँको अप्रेसन गराए । मधेश आन्दोलनले मन्त्री भए, सांसद भए, राष्ट्रपति, उपराष्ट्रपति भए उहाँहरुको पनि दायित्व बन्छ । उहाँले आफै बुझिदिनु पर्छ । विडम्बना छ ठाउँमा पुगेपछि पहिलाको कुराहरु सबै बिर्सिदा रहेछन् ।
५) नारायणी अस्पतालमा कसलाई के आवश्यता छ ? त्यो अनुसार पूर्ति गर्ने काममा सरिक हुनहुन्छ त्यो कसरी सम्भव छ ?
राम्रो काम गरेपछि सहयोगी हात पनि हजारांै भेटिदा रहेछन् । कुनै पनि काम म आफूबाट सुरुवात गर्छु । वीरगंज दानवीरहरुको शहर हो । वीरगंजमा सडकमा माग्ने मानिसलाई पनि मिठाई खुवाइन्छ । मैले आफ्नो आखाँले देखेको छु माग्ने मानिसलाई ५ सय रुपैयाँ पनि दिन्छन् । यस्ता व्यक्तिहरु छन् कि आफूले राम्रो काम सुरुवात गरेको छन् । काम भने इमान्दारीपूर्वक गर्नुपर्छ । मलाई अहिलेसम्म लाल्छना लगाएको छैन । लगाए त्यसको एस्पष्टिकरण दिन मेरो क्षमता छ । मधेश प्रदेशको मानिसहरु म माथि विश्वास गर्छन् । किनभने धेरैले पहिले सोध्थे । तपाई दिनभरी घुमिरहनु हुन्छ । यति खर्च कहाँबाट आउँछ । मोबाइल खर्च कहाँबाट आउँछ । घर खर्च कसरी हुन्छ ? धेरै प्रश्नहरु आउँथ्यो । त्यसको जवाफ मैले दिन्थे । दाल, रोटीको लागि मलाई चिन्ता लिनु पर्दैन । मेरो बाबु बाजेले मेरो कमाइ दिएको सम्पत्ति छ । नेपाल सरकारको जागिर छोड्ने बेलामा मलाई सरकारबाट राम्रो पैसा पाएका छु ।