नेपालका सातै प्रदेश मध्ये मधेश प्रदेश जनसंख्याको हिसाबले सबैभन्दा ठूलो प्रदेश हो । २०७८ को तथ्याङ्गलाई आधार मान्ने हो भने ६१ लाख २६ हजार २ सय ८८ जना यो प्रदेशमा रहेको देखिएको छ । २०७२ को संविधानको व्यावस्था अनुरुप संघीयता संस्थागत भएपछिका सात प्रदेश मध्ये यो प्रदेशमा ८ जिल्ला मात्र छन् । भूगोलको हिसाबले भने यो प्रदेश खासै ठूलो छैन । बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी र सिराहा जरी मधेश प्रदेशमा ८ जिल्ला मात्र छन् । क्षेत्रफलको हिसाबले सानो प्रदेश पनि यही हो । यहाँको जीवनशैली आर्थिक क्षेत्रसँग बढि महत्व राख्छ । औधोगिक क्षेत्रको हिसाबले चिनाएको पनि छ । यो प्रदेशलाई मानवश्रोत, प्राकृतिक श्रोत, धार्मिक पर्यटन जस्ता थुप्र्रै सम्भावनाले भने साथ दिएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज भित्र वन्यजन्तु आरक्ष समेत यहि प्रदेशमा छ । पर्सा राष्ट्रिय निकुन्ज साथै जंगल सफारी गराउन सक्ने प्रवल सम्भावना बोकेको यो प्रदेश देशभरी कुल १४ लाख २० हजार हेक्टर खेती योग्य जमिन रहेको प्रदेश पनि हो । मधेश प्रदेशमा कुल ३ लाख २६ हजार हेक्टर खेती योग्य जमिन छ । वार्षिक करिब १ लाख टन धान उत्पादन यहि प्रदेशमा हुन्छ ।
मधेश प्रदेशलाई उत्पादनको उर्भर भुमिको रुपमा मानिन्छ । यहाँ उत्पादन हुने धान, गहँु, दाल, तेल, फलफुल, उखु लगायत नगदेबालीले पनि यस प्रदेशमा खासै कमी छैन । यति मात्रै होइन । यो प्रदेशमा कुल उत्पालनको ५७ प्रतिशत माछा यहिँ प्रदेशमा उत्पादन हुन्छ । उत्पादनको मात्रै होइन पर्यटकीय क्षेत्रको हिसाबले पनि यो प्रदेश उत्तिकै सम्भावनाले भरिएको मानिन्छ । जानकी मन्दिर, बाराको गढिमाई मन्दिर, रतनपुर जंगल, रौतहटका शिवनगर मन्दिर, बडेताल, जलेश्वर मन्दिर, पर्सा वीरगंजको माईस्थान, भुटनदेवी मन्दिर, बिन्दवासिनी जस्ता धार्मिकस्थल रहेको यस प्रदेशमा बाहिरका पर्यटकहरुलाई चिनाउन, लोभ्याउने प्रसस्तैस्थल रहेका छन् । कुण्ड सागर, विकार कुण्ड, दशरथ सागर, भुतही पोखरी, सुर्यकुण्ड, घडिवडा पोखरी, पर्सादेखि सप्तरीसम्मका थुपै चर्चित स्थलहरु यसै प्रदेशमा रहेकाछन् ।
मुलुककै नामी औद्योगिक क्षेत्र :
सीमा क्षेत्रको समथर भुभाग यो प्रदेशको भौगोलिक अवस्था हो । उद्योग संचालनका निमिक्त कच्चा पदार्थ ल्याउने मात्र नभई प्रसस्तै सम्भावना बोकेको यो प्रदेशका सबै जिल्लाको भारतसँग सिमा जोडिएको छ । त्यसैले पनि हरेक उद्योगको कच्चा पर्दाथ आयतमा यो प्रदेश अरु प्रदेशभन्दा सहज वातावरण भएको प्रदेश पनि हो । उद्योग व्यवसाय गर्नेहरुको लागि उतपादन र विक्री वितरणमा समेत सुविधा सम्पन्न रहेको छ । युवाहरुका लागि प्रसस्तै रोजगारी सृजना गर्ने, व्यापार तथा व्यावसायको वातावरण रहेको प्रदेशका रुपमा पनि यो प्रदेश अब्बल छ । साना ठुला गरी थुप्रै उद्योग धन्दा रहेको यस क्षेत्रमा पछिल्लो साढे ५ बर्षमा ५ हजार ४ सय ८२ वटा नयाँ उद्योगहरु दर्ता भएका छन् । यो वास्तवमै रोजगारीको मात्रै नभएर समृद्विको लागि पनि सुखद पक्ष हो । थप दर्ता भएका मध्ये सेवा मुलक, उद्योग ३ हजार ५ सय २७, कृर्षि तथा वन्यजन्तु तर्फ १ हजार ७ सय ३४, उत्पादन तर्फ १ हजार १ सय २४ र पर्यटनतर्फ ४५ वटा थप उद्योग दर्ता भएका छन् ।
शिक्षा धरोहरमा पनि अगाडी नै :
कणाली पछिको अशिक्षित दोश्रो प्रदेशको रुपमा तथ्याँकले देखाए पनि यो प्रदेश साविकमा शिक्षाका लागि पुराना ऐतिहासिक संस्थाहरु रहेको प्रदेश पनि हो । भौगोलिक दृष्टिले सबैभन्दा सुगम मानिएको यो प्रदेश बाटो घाटोदेखि हरेक कुरामा सुविधा सम्पन्न प्रदेश छ । तर इतिहासलाई विर्साउने गरी पछिल्लो समय शिक्षाको स्तर पनि खस्केकोमा भने दुःखद मान्नु पर्छ । नेपालमा जतिबेला दरबार हाईस्कुल खुल्यो । उतिबेला सिराहमा चन्द मावि पनि खुलेको थियो । देशकै गुणस्तरीय कानुन पढाई हुने कलेज राजविराज ल क्याम्पस यसै प्रदेशमा छ । वीरगंजको ठाकुराम बहुमुखी क्याम्पस शिक्षा र वाणिज्य संकायमा देशैभरी प्रख्याती कमाएको कलेज पनि यही छ । जनकपुरको रामसागर रामस्वरुप बहुमुखी कलेज विज्ञान अध्ययनमा अत्यन्तै अब्बल मान्ने गरिन्छ । शिक्षाको क्षेत्रमा सबैभन्दा सुलभ अनि भौगोकि हिसाबले सम्पन्न यस प्रदेशका नागरिक शिक्षाको रेखामुनि हुनु बत्ति मुनि अध्यारो भन्ने उक्ति जस्तो हो ।
शिक्षामा पछि परेको कारणले नै मधेश प्रदेशलाई अरु प्रदेश र राजधानी काठमाण्डौले पनि गरिव मानसिकताले हेर्ने गरिन्छ । कारण सबैभन्दा सुगम क्षेत्र भएर पनि साक्षारतामा कणाली प्रदेश पछिको कमजोर प्रदेश हुनु दूर्भाग्य पूर्ण छ । स्वभाविक हो, हरेक कुराको सम्भावनाले प्रसस्त मार्गनिर्देश गर्न सक्ने क्षमतावान यस प्रदेशको शिक्षा कमजोर छ । हामीलाई थाहा छ आज शिक्षा र प्रविधिले कति लामो फड्को मारिरहेको छ । समाजसँगै मानवीय सोचमा परिवर्तन छ । जसको फलस्वरुप विकाशको गति त्यहि दौडिएको छ जहाँ नागरिक शिक्षित छन् । यस प्रदेशमा भएका श्रोत र साधनको उचित प्रयोग गर्न स्थानीयदेखि प्रादेशिक सरकारको प्रावकारी भुमिका आवश्यक छ । शिक्षाको क्षेत्रमा नीति तथा कार्यक्रम आवश्यक योजना बन्न र बनेका योजना कार्यान्वयनमा जोड दिन आवश्यक छ । थुप्रै बालबालिकाहरु शिक्षाबाट बन्चित छन् । जो स्कुल कलेजमा छन् । तिनीहरुलाई उचित शिक्षाको अभाव दक्ष शिक्षकहरुको पहुँच र प्राविधिक शिक्षामा आवश्यक बजेट आवश्यकता छ । उत्पादनको क्षेत्रमा मल बिउ विजन लगायत बजार व्यवस्थाको योजनालाई थप सुदृढ गराउन आवश्यक छ । पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउन पहल आवश्यक छ । हरेक कुरामा सुगम ठाँउ भएर पनि सबैभन्दा पछाडी यो प्रदेश हुनु प्रदेशवासीको लागि लज्जास्पद छ ।