१) वीरगंजमा रगत दान गर्ने पहिलो महिला हुनुहुन्छ ?
वीरगंजमा रगत दान गर्ने पहिलो त नभनुँ । तर धेरै रगत दान गर्ने महिलाहरु मध्ये पहिलो चाही महिला थिए । हाम्रो जिसीहरुले आयोजना गरेको थियो रगत दान कार्यक्रम । सम्भवतः त्यो बेला मान्छेले रगत किनेर लिन्थे । वरिपरि, हस्पिटल बाहिर रिक्साबाला, टांङ्गाहरु रतग दिएर पैसा लिन्थे । उनीहरुका लागि रगत दिएर पैसा लिनु व्यवसाय जस्तो थियो । त्यो बेला रक्तदान कार्यक्रम गर्दा उनीहरु आफ्नो व्यवसाय धरापमा पारेको भनी आक्रोस््् पनि थिए । तर त्यसरी बाहिरको मान्छेले दिदा खेरी रोग पनि हुन सक्छ । रगत किनेर पैसा दिन्थे । मान्छेले आफ्नो आवश्यता अनुसार १ सय २ सयमा लिन्थे होला सायद उतिवेला । त्यो रगतहरु जसले चाह्यो उसले पाउँथ्यो । त्यो पालामा रगतको केहि चेक जाँच थिएन । पहिला हाम्रो एउटा बल्ड बैंक खुल्यो । बल्ड बैंक भनेर रगत राख्ने थिएन त्यसमा । हामीले रगत चेक गराए राखेको थियो कुन गु्रपको हो । अनि त्यो ग्रुपको अनुसारको कसैलाई चाहिएको खण्डमा त्यहाँको कर्मचारीहरुले खबर गर्थे ।
२) नेपाल रेडक्रसमा कहिलेदेखि लाग्नु भयो ?
नेपाल रेडक्रसमा ३५ वर्ष जति भयो आबद्ध भएको । अनि जेसीज खुल्यो । खुल्न त पहिला पनि खुलेको थियो । तर बीचमा निष्क्रिय भएको थियो । त्यस बेला मेरो जेठाजु पनि जेसीजमा हुनुहुन्थ्यो । उहाँ काठमाण्डौंमा भएको हुनाले यहाँ खोल्नु प¥यो वीरगंजमा चलाउनु पर्छ भन्नु भयो । त्यो बेलामा खुलेपछि जेसीजमा लागे र पहिला एकदम सक्रिय भएर लागेको जेसीज नै हो । जेसीजमा लागेको ४, ५ वर्षपछिदेखि रेडक्रसमा लागेको हो ।
३) अहिलेसम्म कतिवटा संस्थामा आबद्ध हुनुभयो ?
सुरुमा मैले कन्या विद्यालयको प्रतिनिधि भएर काम गरे । त्यसपछि म राष्ट्र बंैकमा गए । त्यो बिचमा म सामाजिक कार्यमा संलग्न थिएन । राष्ट्र बैंकमा काम गर्दा खेरी त्यहाँ मैले उत्कृष्ट कर्मचारी भनेर १सय २५ जनामा उत्कृष्ट पनि भएको थिए । दुई जनाले पाएको पुरस्कार मध्ये त्यसमा मैले पनि पाएको थियो । यादव प्रसाद पन्त गभर्नर हुनुहुथ्यो उहाँले सम्मान गर्नु भएको थियो । उत्कृष्ट कर्मचारीको रुपमा । राष्ट्र बैंकमा पनि स्थायी थिएन । पछि उहाँको जनकपुर सरुवा भएपछि म जनकपुर नै गए । २, ४ वर्ष त्यहाँ बसे । त्यसपछि हामी पश्चिम गयौं । त्यहाँ हाम्रो खेतहरु पनि थियो । त्यो चौमाला ठाउँ पुग्नको लागि ३ दिन लाग्थो । ट्याक्टर वा बैलगाडामा जानुपर्ने थिए । तर हामीले आफ्नो टयाक्टर मै जाने आउने गथ्र्यौं । त्यहाँ पनि म ३ वर्ष बसे । त्यसपछि फेरि बच्चाहरुको स्कुल काठमाण्डौं आउन पनि गाह्रो भयो । त्यसपछि वीरगंज आए ।
४) पहिलाको महिलाले गर्ने काम र अहिलेको महिलाले गर्ने काममा के फरक छ ?
अहिले महिलाहरु एकदम राम्रोसंग स्वतन्त्र भएर काम गरिरहेका छन् । हामीले पहिलादेखि अरुले खोलेको संघ–संस्थाहरुमा काम गरिरहेका थियांै । आफ्नो खोलेका थिएनौं । वीरगंज जेसीसमा म पहिलो महिला अध्यक्ष पनि भए । त्यहाँ सबै जना महिला मात्र थिएनन् । राष्ट्रिय उपाध्यक्षसम्म हुन पुगे । राष्ट्रिय अध्यक्षको लागि उमेद्वार भएको थिए । तर त्यो बेला ५,५ जनाको समुह थियो । काठमाण्डौंको समुहले जित्यो । मेरो श्रीमान्ले मलाई जसरी हुन्छ अगाडी बढाउन कोशिस गरेको हुनाले म राष्ट्रिय अध्यक्षसम्म लडें । ३७ जिल्लामा म घुमेको छु । राष्ट्र उपाध्यक्ष, राष्ट्र कार्यकाल उपाध्यक्ष हामीलाई जिल्लाहरुको जिम्मा दिन्थ्यो । निर्वाचित उपाध्यक्ष भनेर र उत्कृष्ट अध्यक्ष, उत्कृष्ट महिला जेसिस, सबै पुरस्कार जेसिसबाट मैले पाएको छु ।
५) तपाईहरुको जोडीको चर्चा हुने गरेको सुनिन्छ, कस्तो थियो ?
उहाँले कहिले पनि मलाई घरमा मात्र राख्ने वातावरण बनाउनु भएन । अहिले पनि जति छु उहाँको प्रेरणाले नै हो । उहाँले नै मलाई अगाडी बढाउन खोज्नुहुन्थ्यो । तिमीले घर बाहिर गएर केही गर्नुपर्छ भन्ने उहाँको धारण थियो । त्यो बेलामा महिलालाई लिएर हिड्ने एकदमै कम थिए । उहाँले सुरुदेखि नै मलाई लिएर नै हिडेको हो । उहाँ बितेको ११ वर्ष भयो । त्यसपछि म एक्लै भए । काठमाण्डौं बस्ने पनि मन लागेन । काठमाण्डौं बस्ने, खाने मात्र कुनै उद्देश्य नि नभएको जस्तो हुन्छ । सबै परिवार पनि यताउता भइसके । वीरगंजमा बस्दा एउटा सामाजिक सेवामा लागेको भएर मनमा सन्तुष्टि हुन्छ । म आफ्नो काम सबै आफै गर्छुृ । हाम्रो जोडी राम्रो थियो ।
६) एउटा महिला सफल हुनलाई उससंग के चाहिने रहेछ ?
सबभन्दा पहिला आफ्नो परिवारको साथ सहयोग चाहिन्छ । किनभने यदि घर परिवारको साथ सहयोग नभएमा धेरै नै अप्ठयारो हुन्छ । परिवारको साथ सबैभन्दा ठुलो कुरा हो । मलाई सुरुदेखि कुनै बन्देज थिएन । श्रीमानको राम्रो साथ सहयोग थियो ।