हामी नेपालीहरुको महान् पर्व यो दशैं र तिहार हो । यो पर्वहरुको बेलामा चोरी बढि हुन्छ । आम जनतालाई चोरीबाट सतर्क हुनुपर्छ । स्थानीय सरकारले पनि चाडपर्वको समयमा घट्नाहरु नघटोस भनेर केही पहल गर्नुपर्छ । आम नागरिकले पनि आफ्नो सर्तकता अपनाउनु पर्ने हुन्छ । चोरी पहिलादेखि नै भइरहका छ । झनै पर्वमा भने धेरै सतर्क हुनको लागि हरेक मानिसहरुले आफ्नो तर्फबाट जागरुक हुनुपर्ने हुन्छ । मेलाको बेलामा धेरै नै भिडभाड हुन्छ । जसमा मोटरसाइकल चोरी हुने गर्छ । सरकारले कुनै एक ठाउँमा पार्किङ्गको व्यवस्था गरिदिनु पर्छ । बढीभन्दा बढी सुरक्षाकर्मीहरुले परिचालन गर्नुपर्छ । आफ्नो समानको सुरक्षा गर्न आफूले पनि कोशिस गर्नुपर्छ ।
चाडपर्वमा चोरीको समस्या हामीले धेरै हेर्ने गर्छाै । यसमा प्रथम नगरपालिकाले राम्रो व्यवस्थापन गर्नुपर्छ । मेलामा र दर्शन गर्ने समयमामा महिलाहरुले लगाएको गहनाहरु चोरी हुने डर हुन्छ । जसको लागि महिला र पुरुषको अलग लाइन बस्ने व्यवस्था गर्नुपर्छ । धेरै जस्तो चोरी रातीको समयमा हुने भएर रातीको समयमा सुरक्षाकर्मी बढि खटाउनु पर्छ । आम जनताले पनि आफ्नो सुरक्षा आफैले गर्नु सिक्नु पर्छ । आफ्नो समानको आफ्नो गहनाको सुरक्षा कसरी गर्ने भन्ने कुरा सोच्नु पर्र्छ । धेरै भिड भएको ठाउँमा नजाने । तर महानगर र वडा अध्यक्षले मिलेर यदि राम्रो व्यवस्था गरिदियो भने मलाई लाग्छ चोरी हुनबाट जोगिन्छौं ।
चाडपर्वमा चोरी बढि हुने गर्छ । सबै भन्दा सर्तकता आमा, दिदीबहिनीहरुले हुनुपर्छ । चोरीबाट बच्नको लागि मेला पर्वमा धेरै गरगहनाहरु लगाएर नजाने । धेरै भिड भएको ठाउँमा नजाने । नगद पैसाहरु पनि हातमा बोकेर न हिडने । अब चाड पर्वको बेलामा मानिसहरु समान किन्नको लागि बजारमा जान्छन् । मन्दिरमा जान्छन् भने फेसबुकमा पोस्ट गर्छ । यस्तो गरेमा मानिसहरुले पनि थाहा पाइरहेको हुन्छन् । कोही मानिस घरमा छैन भने मानिस नभएको अवस्थामा घरमा चोरी हुन जान्छ । यस्तो मानिसहरुको लापर्वाहीको कारणले कति चोरी भएको हुन्छ । मानिसहरु बजारमा जाँदा खेरी नगद पैसा धेरै बोकेर जान्छन् । अहिले मोबाइल बैंकिङ्गको समय छ । महिलाहरु पनि म धनी छु भनेर धेरै नै गहना लगाएर भिडभाडमा जान्छन् । जसको कारण चोरी हुने सम्भावना बढेको हुन्छ । मानिसहरुले आफूले पनि सुरक्षाको लागि सचेत हुनु पर्छ ।
चाडपर्वको बेला विभिन्न ठाउँको मानिसहरु आएको हुन्छन् । यस्तो बेलामा मानिसहरु एक अर्काको घरमा जाने रमाइलो गर्छ । घरमा कोही नभएको बेलामा चोरी हुन जान्छ । अहिलेको बेलामा आफ्नो गहनाहरुलाई घरमा नराख्ने । आफ्नो गहनाहरु बैंकमा सुरक्षित राख्नुपर्छ । नगद पैसा धेरै घरमा नराख्ने । चाहेको बेलामा गहना वा पैसा बैंकबाट निकाल्न सकिन्छ । पर्वको बेलामा अनेक मानिसहरु घरमा आउँछन् । उनीहरुसंग आफू भएको गहना र नगरको कुरा नगर्ने । घरमा बस्दा वा बाहिर जाँदा सबैले सर्तकता अपनाउनु पर्छ । यसमा महानगरपालिकाको पनि ठूलो भुमिका रहेको हुन्छ । विभिन्न चोरीका घट्ना घट्न नदिन प्रहरी प्रसाशनले सुरक्षकर्मीहरुलाई २४ घण्टा तैथान गर्नुपर्छ । पर्वको समयमा चोरीका घट्ना धेरै हुने भएकोले हामी सबै नागरिकहरु सचेत हुन्छ ।
चाडपर्वको बेलामा चोरी बढ्नुको सबैभन्दा ठूलो कारण मानिसहरुको लापर्वाही हो । चाडपर्वको बेलामा मात्र नगद होइन । महिलाहरुले लगाएको गहनाहरु, गाडीहरु, मोबाइलहरु सबै चोरी हुन्छ । पर्वमा मानिसहरु आफ्नो गाडी लिएर जान्छ । पार्किङ्गको राम्रो व्यवस्था नभएको कारणले धेरै मोटरसाइकलहरु चोरी भएको सुन्न पाइन्छ । पर्वको समयमा हुने चोरीलाई नियन्त्रण गर्न स्थानिय सरकारको पनि ठूलो भुमिका रहन्छ । स्थानिय सरकारले पार्किङ्गको राम्रो व्यवस्था मिलाइ दिनु पर्छ । ठाउँ ठाउँमा सुरक्षाकर्मीहरु परिचालन गर्नु पर्छ । महिला र बच्चाहरुको सुरक्षामा खास ध्यान दिनुपर्ने रहेको छ । यसमा बच्चाहरु पनि चोरी हुने डर रहन्छ । यसमा सबैले आफ्नो सुरक्षा आफैले गर्नु पर्छ ।
पर्वमा चोरी हुने भनेको विजय दशमीको समयमा मठ, मन्दिर अन्य मेला लागेको ठाउँहरुमा बढि हो । सुनको सिक्री, पर्स, मोबाइल लगायतका समानहरु चोरी हुन्छ । मन्दिर जाँदा, पुजा गर्दा महिलाहरु सुनका गहनाहरु लगाएर जान्छन् । त्यसैले चोरी हुने सम्भावना हुन्छ । त्यसमा आफ्नो सर्तकता अपनाउनु पर्छ । हाम्रो बोर्डर एरिया नजिक भएको कारणले अन्य ठाउँका नागरिकहरु आएको हुन्छ । समान चोरी गरेर बोर्डर पार गरेर गर्ने भएकोले चोर पहिचान गर्न कठिन हुन्छ । सबैभन्दा बढि चोरी रातिको समयमा हुन्छ । जसमा स्थानिय सरकारले आफ्नो भुमिका खेल्नु पर्छ । सुरक्षाकर्मी खटाएको हुन्छ । आम जनताको लापरवाहीका कारणले पनि चोरी बढी भएरहेको हुन्छ ।