१. अन्तर्राष्ट्रिय मुटु दिवस किन मनाइन्छ ?
२९ सेप्टेम्बर विश्व मुटु दिवस विश्व व्यापीरुपमा मनाइन्छ । मुटुरोग सम्बन्धी जनचेतना फैलाउन विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ । संसारभर जति पनि भएका रोगहरु मध्ये १ नम्बरमा मुटु रोग पर्दछ । र २ नम्बरमा क्यान्सर रहेको छ । विश्वभरीका मर्ने मानिसहरुको तथ्याङ्क संकलन गरेर हेर्दा १ नम्बरमा मुटु रोगबाट मर्ने गरेको पाइएको छ । मुटु रोग लाग्नबाट कसरी रोकथाम गर्ने, जनताहरुमा जनचेतना कसरी फैल्याउने भन्ने उद्देश्यले विश्व मुटु दिवस मनाउने गरिएको छ । विश्व मुटु दिवस विभिन्न कार्यक्रम गरेर मनाइन्छ । रक्तदान कार्यक्रम, वृक्षरोपण, विद्यालयका साना बालबालिकाहरुमा भिडियो एक्स–रे गरेर निःशुल्क मुटु रोग जाँच महिनाभरि नै गर्ने गरेका छौं । मुटु अति नै संवेदनशील अंग हो । अनवरत २४ घण्टा काम गरिरहने एउटा जेनेरेटर हो । स्वस्थ्य मानिसको मुटुको साइज हरेक मानिसको आफ्नो मुठ्ठीको साइजमा हुन्छ । मुटु मासु नै मासुले बनेको अंग हो ।
२. मुटुले के काम गर्छ ?
मुटुमा ४ वटा कोठा हुन्छ । मुटुको दायाँपट्टीको कोठामा शरीरको सबै भागबाट अशुद्ध रगत ल्याउँछ । त्यो अशुद्ध रगत फोक्सोमा जान्छ । फोक्सोमा अक्सिजनसंग मिलेर अशुद्ध रगत शुद्ध भएर बाँया पट्टी आउँछ । बायाँ पट्टीको भेन्ट्रिकलको तलपट्टी भागमा आउँछ । एओटा हुदै शरीरको विभिन्न भागमा पुग्छ । साथै मुटुले पनि शुद्ध रगत पाउँछ । शरीरको विभिन्न भागमा शुद्ध रगत पठाउने काम मुटुले गर्छ । त्यसैले मुटु शरीरको संवेदनशील अंग हो ।
३. मुटु शरीरको कुन भागमा हुन्छ ?
कतिपय शिक्षित मानिसहरुलाई पनि मुटु शरीरको कुन भागमा छ भन्ने कुराको जनचेतना छैन । धेरै हार्टअट्याकको बिरामीहरु आउँछन् । हार्टअट्याकलाई पनि ग्याँष्टिक हो भनेर घरमा नै बस्ने गरेको पाइन्छ । मुटु छातिको देब्रेतिर हुन्छ । छातिको बीच भागमा स्टर्नल हुन्छ । त्यसको देब्रेतिर र तलपट्टी फर्केर बसेको हुन्छ । महिलाको स्तनले छोपेर बसेको हुन्छ ।
४. मुटु वा अन्य कारणले सञ्चो नभएको कसरी पत्ता लगाउन सकिन्छ ?
ग्याँसले दुख्ने दुखाई खालीपेट हुदाँ दुख्ने गर्छ । उसिनेको तारेको, पिरो चटपटे जस्तो खानेकुराहरु खाएमा खाना आईसकेपछि दुख्ने गर्छ । धेरै जसो मुटुको दुखाई खानासंग सम्बन्धित हुदैन । छिटो–छिटो हिड्दाँ, दुई तिन तला चढ्दाँ, छिटो हिड्दा छाती भारी भएर आएमा, हिडेपछि दुखाई सुरु हुने, अझै हिड्दै जादाँ त्यो दुखाई बढ्ने, एकछिन आराम गरे त्यो दुखाई कम हुने सय प्रतिशत मुटुको दुखाई हो मुटुको दुखाई सरेर आउने गर्दछ । मुटुबाट सुरु भएको दुखाई चिउडो, हात, पाखुरा, गाला र पिठ्युमा पनि सरेर दुख्ने गर्छ । । आम जनताले यो बुझ्न जरुरी छ । बुझेर पनि ग्याँस हो भनेर घरमा बस्नु ठिक होइन । कहिलेकाँही हार्टअट्याक हुदाँ पनि ग्याँस भनेर घरमा बस्दाँ समय बितेर मानिसको ज्यान जाने गरेको छ । आफूलाई अप्ठ्यारो लाग्दा जुन किसिमको दुखाई भएमा समयमा नै डाक्टरको परामर्श लिनु आवश्यक छ । हार्टअट्याककोलागि समय एकदमै महत्वपूर्ण कुरा छ । जति छिटो डक्टरकोमा पुगेर उपचार गरी मुटुलाई बचाउन सक्ने समय प्रशस्त हुन्छ । रातमा मुटु दुखेको छ भने उपलब्ध भएसम्म मुटु रोग विशेषज्ञ वा नजिकको स्वास्थ्य उपचार केन्द्र, अस्पतालहरुमा गएर जाँच गराउनुपर्छ ।
५.मुटुमा रोग लाग्ने कारणहरु के हुन् ?
मुटु सम्बन्धी रोगहरु धेरै कारणले हुने गर्दछ । मुटुमा रोग बच्चा जन्मनु भन्दा अगाडी देखि नै रोग लाग्छ । बच्चा भ्रुण अवस्थामा मुटु बन्ने क्रममा नै खराबी भएर भएको रोगहरु हुन्छ । आमाको गर्भावस्थामा बच्चाको मुटु बन्ने क्रममा नै खराबी हुन्छ । आमालाई ज्वरो आएमा, आमालाई भाइरस इन्फेक्सन भएमा अथवा आमाले कुनै औषधीको सेवन गरेमा जस्तैः आमाले छारे रोग, गर्भवती हुदाँ डाइबिटिज, थाइराइड हुने, धेरै चुरोट खाने, सुर्तीजन्य पदार्थ र अल्कोहलको सेवन गदाँ पनि बच्चाको मुटु बन्ने क्रममा असर गर्न सक्छ । बच्चा जन्मेपछि विद्यालय उमेरका बालबालिकाहरु १५ वर्ष मुनिका बालबालिकाहरुमा हुने गर्छ । रिमेटिक हार्ट डिजिज (बाल, बाथ,मुटुरोग) भनिन्छ । एशियन देशहरुमा बाल,बाथ,मुटुरोग धेरै छ । बच्चामा चिसो लागेर टन्सिल भइरहन्छ । त्यो टन्सिलको किराहरु मुटुमा गएर भल्भलाई असर गर्ने हुन्छ । त्यो बेलामा समयलाई बुझेर उपचार गराउनु पर्छ । कतिपय बच्चालाई खुट्टाको जोर्नी दुखिरहने, घाँटी दुखिरहने, बारम्बार टन्सिल भइरहने हुन्छ । उनीहरु यो अवस्थामा डक्टरको परामर्श नलिने, पछि गएर मुटुलाई असर गरिसकेपछि धेरै गाह्रो भएपछि डक्टरको जाँदा धेरै पछि मात्र पत्ता लाग्छ । समयमा नै उपचार गरे मुटु रोग निको पनि हुन्छ । समयमा नै बच्चाको मुटुरोग पत्ता लगाएर उपचार गरेन भने पछि गएर मुटुको भल्भ पनि फेर्नु पर्ने हुन्छ । हाम्रो शरिरलाई चाहिने सामान्यतया धेरै किसिमका किराहरु हुन्छन् । टन्सिलका किराहरु मुटुको किरा भएको किरा जस्तै नर्मल हुन्छ र साथी भनेर जान्छ । पछि गएर बिस्तारै भल्बहरु मोटो हुने हुन्छ । मुटु रोगमा धेरै रोगहरु पर्छन । ब्लड प्रेशर उच्च हुने, ब्लड प्रेसर कम हुनु, मुटुको चाल सम्बन्धी गढबढी हुनु हो । बच्चा पेटमा भएपछि सुत्केरी हुने अवस्थामा मुटुको मांसपेशी खराब भएर हुने । गर्भावस्थाको अन्तिम चरणमा प्रेशर अति नै उच्च हुन्छ । कुनै आमाहरुको बच्चा जन्मने बित्तिकै मुटुमा असर गरेर मुटु सुन्निएर आउँछ । बच्चा जन्मने बित्तिकै स्वाँ–स्वाँ भयो । श्वास लिन गाह्रो भयो भने पनि तुरुन्त मुटु रोग विशेषज्ञलाई देखाउनु पर्छ र मुटुको भिडियो एक्स–रे गराउनु पर्छ । बच्चामा भएको असर पछि गएर मात्र थाहा हुन्छ । बढ्दो उमेरमा विद्यालय उमेरमा धुम्रपान, मद्यपान, सुर्तीजन्य पदार्थ सबैले गर्ने असर भनेको मुटुमा नै हो । अहिले १७ वर्षको केटामा पनि हार्टअट्याक भइरहेको छ । महिला तथा पुरुष दुबै समूहका युवाहरुलाई हार्टअट्याक धेरै भइरहेको छ । हामीले यापन गर्ने जीवन स्तरले पनि प्रभाव पार्दछ । दैनिक व्यायम गर्दैनौं । वातावरण प्रदुषित छ । तनावमा बाँचिरहेको छ । जंकफुडहरु धेरै खान्छौं । हामीलाई घरमा खाना बनाएर खान फुर्सद छैन । हामीले आफ्नो स्वास्थ्यलाई ख्याल गरेको छैनौं ।
६.मुटुलाई कसरी बचाउन सकिन्छ ?
मुटुलाई बचाउनलाई दुई वटा कुराहरु छन् । हाम्रो हातमा भएको कुरा र हातमा नभएको कुरा हुन् । उमेर, वंशाणुगत गुण, लिङ्गलाई परिवर्तन गर्न र रोक्न सक्दैनौं । मुटु रोगकोलागि मोटोपन मुख्य कारण हो । हरेक मानिसले आफ्नो व्यक्तिगत पासवर्ड के हो बुझ्नु पर्छ । आफ्नो पासवर्डको बारेमा बुझौं । मेरो उचाई, तौल कति छ । उचाई र तौल अनुसार शारीरिक बनावट ठिक छ की छैन । मोटोपन छ की छैन ? मोटोपन छ भने हामी त्यसलाई कति किलो घटाउनु पर्छ । धुम्रपान, सुर्तीजन्य पदार्थ र अल्कोहलको सेवनले गर्दा मुटु रोगीको एक नम्बरमा पुगेका छौं । धुम्रपान, सुर्तीजन्य पदार्थ र अल्कोहल हिजो खाएर आज समस्या देखिने होइन । यसको असर १५ वर्षपछि देखिन्छ । यदी हामीले मद्यपान, धुम्रपान गर्न छाडेमा आयु १५ वर्ष लम्बिन्छ । तनावग्रस्त जिवनयापन नगरौं । आफैले गर्न खोज्यो भने तनावबाट बच्न सकिन्छ । वातावरण दुषित गर्न कम गरौं । प्लाष्टिक र प्लाष्टिकका जन्य पदार्थ सकेसम्म प्रयोग नगरौं । तातो खानेकुराहरु खान, राख्न प्लाष्टिकजन्य पदार्थको प्रयोग नगरौं । तेलको मात्रा कम गरौं । एकपटक तताएको तेल पुनः प्रयोग नगरौं । तेल तताइसकेपछि कोलेस्टोरोन परिवर्तन हुन्छ । कोलस्टोरोन मुटुकोलागि हानीकारक चिज हो । तताएको तेल फेरि तताएर पुनः प्रयोग नगरौं । तेललाई माया गर्दा आफ्नो स्वास्थ्यलाई नबिगारौं । पूर्वजहरुले कोलमा पेलेको तोरीको प्रयोग गर्नु नै राम्रो मान्थे । उसिनेर खान मिल्छ, तेल कम गरेर नै हुन्छ भने सकेसम्म उसिनेको चिजहरु खान सुरु गर्ने । सकेसम्म धेरै तारेको, भुटेको र जंकफूडहरु नखाने । क्यानमा, बोतलमा राखेको चिजहरु नखाऔं । तातो खानेकुराहरु प्लाष्टिकको भाडामा नखाऔं । ताजा खानेकुराहरु खाऔं । हरियो सागसब्जीहरु प्रशस्त मात्रामा खाऔं । फाइबर जन्य तत्व भएका गहुँ,जौँको उपयोग गरौं । सेतो वस्तु हानीकारक मानिन्छ । नुन,चिनी, मैदाजन्य परिकारहरु सकभर नखाऔं । खान नै मन लागे कम मात्रामा खाऔं ।
७.मुटु रोग लिङ्ग अनुसार कसलाई बढी लाग्ने गरेको पाइन्छ ?
तथ्याङ्कलाई हेर्दा मुटुरोग महिलालाई कम र पुरुषलाई बढी लागेको पाइन्छ । महिलामा हुने हर्मोनले मुटुलाई बचाउन सहयोग गर्छ । महिनावारी सुरु हुनु भन्दा अगाडी महिलामा भएको हर्मोनले मुटुरोगबाट बचाउँछ । महिनावारी सुरु भएपछि भने मुटु रोग लाग्ने सम्भावना बढ्दै जान्छ ।
८. मुटु रोग सम्बन्धि नागरिकहरु कत्तिको सचेत छन् ?
वीरगंजमा धेरै कमै मानिस मुटुको बारेमा सचेत छन् । यहाँ जनचेतनाको धेरै खाँचो छ । कतिपय मानिसको मुटुको इसिजी, मुटुको भिडियो एक्स–रे शिक्षित वर्गको नै भएको हुदैन । हामीले आफूलाई माया गरेको छैनौं । हाम्रो मुटुको स्थिति कस्तो छ । हामी अस्पताल बिरामी भएर होइन । मुटुको अवस्थाबारे बुझ्न अस्पताल जाऔं । कोलस्ट्रोनको लेभल कति छ । सुगर, थाइराइडको कस्तो छ । मृगौलाले कस्तो कार्य गरिरहेको छ । भन्ने कुरा पत्ता लगाउनु पर्छ । मुटुको इसिजी, भिडियो एक्स–रे गरेर मुटुमा समस्या भएको नभएको एकिन गर्न सकिन्छ । इसिजी मुटुकोलागि लालपुर्जा नै हो । स्वस्थ्य मानिसले पनि सके १÷१ वर्षमा नसके ३÷३ वर्षमा जाँच गरेर हेर्नुपर्छ । अहिले युवाहरुको मृत्यु हुनेको संख्या धेरै बढेर गएको छ । जिम गर्न गएका युवाहरुको मृत्यु भएको छ । धेरै जसो खेलाडीहरुको फिल्डमा जानुभन्दा अगाडी मुटुको जाँच गरेर मात्र जानु पर्छ । मुटुमा हाइपोट्रफिक कार्डियोमाईप्याथिक रोग हुन्छ । जसले गर्दा मुटुको मासुको भागहरु धेरै मोटो भएको हुन्छ । त्यस्ता रोग भएको मानिसहरुलाई व्यायम गर्दा गाह्रो भएर ज्यान जाने सम्भावना धेरै हुन्छ ।
९. सम्झन लायक कुनै घटना छ ?
मुटुरोग नै विशेषज्ञ भएको कारणले धेरै सम्वेदनशील हुन्छ । नारायणी अस्पतालमा काम सुरु गर्दाको समयमा हार्टअट्याकको केस आएको थियो । तुरुन्तै ढिलो नगरी उपचार सुरु गर्नु पर्ने थियो । मैले गर्नु पर्ने उपचार भनेको मुटुमा रगत जमेर हार्टअट्याक हुन्छ । त्यो रगत पगाल्नु पर्ने औषधी सुरु गर्नुपर्ने थियो । जसलाई चिकित्सकको भाषामा थर्मलाइसिस् गर्ने भनिन्छ । त्यसको आफ्नै खराबीहरु पनि छ । एक घण्टा भित्र बिरामीलाई बचाउन पनि सकिन्छ । यो केशलाई तुरुन्तै थर्मलाइसिस् गर्नुपर्छ भने पछि म गर्न तयार भए । सरकारी अस्पताल हो केही आवश्यक परेमा तिम्रोलागि उपलब्ध हुने केही छैन । जोखिमपूर्ण भएकोले यहाँ नगर भनेर सल्लाह दिए । जुन बिरामी भारतको थिए । पटनाको अस्पतालबाट फिर्ता पठाएको बिरामी थियो । परिवारले आश मारिसकेका बिरामी थिए । बिरामीको परिवारलाई कागज गराएपछि निजी अस्पतालमा गएर राति १ बजे थर्मलाइसिस् गरे । उहाँलाई सुधार भएर आयो । उमेर बढी भएको मानिस उपचार प्रभावकारी हुदाँ एकदमै खुशी लागेको थियो । उहाँलाईपछि हामीले एन्जियोग्राम पनि ग¥यौं । एन्जियोग्राममा ३ वटा भल्भ बन्द भएको थियो । उहाँलाई स्टेण्ड लगाउन नमिल्ने बाइपास सर्जरी गर्नुपर्ने हो । उहाँहरुले बाइपास सर्जरी गर्न मान्नु भएन । आज ८ वर्ष भयो । त्यो बुबा आजसम्म पनि जीवित नै हुनुहुन्छ । नियमित औषधी सेवन गर्दै हुनुहुन्छ । यस्ता केशहरु धेरै छन् । यो केशले निकै छुने खालको छ । भारतको पत्रिकामा पनि घाटमा पुगेको बिरामी पनि बचाउन सफल भएको भनेर मेरो समाचार आउँदा खुशी लागेको थियो । वीरगंजमा ४, ५ सय बिरामीहरुको थर्मलाइसिस् गरिसकेको छु । सबै केश राम्रो भएको छ ।
१०.यहाँसम्म आएपुग्न कस्तो चुनौति आए ?
वीरगंजमा महिला पनि डक्टर हुन्छ र ? भन्ने कुरा पनि हुन्छ । आइ एस्सी पढ्ने बेलामा पनि केटीहरु ७ जना र सबै केटा थिए । सात जना मध्ये पनि कोही नर्सिङ्गमा नाम निस्केर पढन गए । कसैको विवाह भयो । कक्षामा पढने बेलामा एक्लै थिए । पछि एम.बि.एस पढ्ने बेलामा पनि रसियाको युरोपमा पनि नेपाली ग्रुपमा ५ जनामा म एक्लै थिए । फर्केर काम गर्ने ठाउँमा पनि कार्डियोलोजीमा काम गर्ने एक्लै थिए । अहिले पनि नेपालमा र विदेशमा कन्फ्रेन्समा जादाँ पनि महिला डक्टरको संख्या कम नै हुन्छ । तर पनि मुटु रोगहरु कम नै छन् । म सधै कम महिलाको तुलनामा पर्छु । त्यसैले जे कुरालाई पनि सकारात्मक रुपमा सोचेर अगाडी बढ्छु । गर्व पनि लाग्छ ।
११.मुटुको हेलचक्रयाई गर्दा कति प्रतिशतको ज्यान गएको छ ?
अहिले विश्वभरी नै विगत १० वर्ष यता डब्लु एच ओले ‘गो बेड फर ओमन’ भनेर कार्यक्रम चलाइरहेको छ । यसले विश्वभरीको महिलाहरुलाई सकृय बनाउनु पर्छ । दैनिक कसरत कसरी गर्ने, एकै पटक अनलाइन बसेर कसरत, योगा गर्ने, एकै स्थानमा नबसी हिडुडुल गर्नुपर्छ । कसरी मानिसलाई शारीरिक रुपमा सकृय बनाउने भनेर कार्यक्रमहरु धेरै सुरु भएको छ । यो वर्ष विश्व मुटु दिवसको नारा मुटुको प्रयोग गरौं, मुटुलाई काम लगाऔं, भन्ने छ । हरेक दिन बिहान मर्निङ्गवाक गरौं । मर्निङ्गवाक गर्दा छिटो–छिटो कम्तिमा २० मिनट हिडौं । भ्याइन्छ हरेक दिन मर्निङ्गवाक गरौं । नभ्याए हप्ताको ५ दिन व्यायम गरौं । हिड्दा पसिना आउने गरी मुटुलाई दौडाउने गरी कसरत गर्नुपर्छ ।
१२.मुटु रोग लाग्न नदिन के गर्न सकिन्छ ?
हाम्रो हातमा नभएकोलाई परिवर्तन गर्न सक्दैनौं । जुन कुराहरु परिवर्तन गर्न सकिन्छ । धुम्रपान, मद्यपान गर्ने बानी छ भने आजदेखि नै त्याग्नु पर्छ । अफिसमा नै बसिरहन्छ भने हरेक २० मिनटमा ३ मिनट हिड्नु पर्छ । जंकफूडहरु खान बन्द गर्नुपर्छ । खानामा सकेसम्म हरियो सागपात, तरकारी खाऔं । फाइबरयुक्त खानेकुरा खानुपर्छ । सेतो खाद्यपदार्थमा कार्बोहाइड्रेट बढी भएको हुनाले खाना कम गर्नुपर्छ । हरेक दिन फलफूल एउटा मात्र खाऔं । पानी प्रशस्त मात्रामा पिऔं । कसरत नियमित गर्नुपर्छ । तारेको, भुटेको खानेकुराहरु सेवन गर्नु भएन । तनावग्रस्त जीवनलाई कम गर्न सक्नुपर्छ । जसलाई पहिलेदेखि सुगर,प्रेशर, थाइराइड छ भने आफ्नो रोगको बारेमा थाहापाएर नियमित रुपमा औषधी सेवन गर्नु पर्छ । डाक्टरको सल्लाह बिना आफ्नो मनले औषधी सेवन गर्नु हुदैन । मुटुको रोगीले औषधी जीवनभर खानुपर्छ । जनचेतनाको कमी भएकोले सकारले जगाउन जरुरी छ । जसरी अटोको पछाडी व्यानर टासेर सामानको विज्ञापन गरिन्छ । त्यस्तै मुटुको विषयमा पनि सरकारले अटोहरुको पछाडी राखेर प्रचार प्रसार गर्न आवश्यक छ ।