मध्यम वर्गीय परिवारमा जन्मिएकी १३ वर्षिय प्रिया प्रजापती वीरगंज महानगरपालिकाको वडा नं. ११ स्थित गोल्डेन फ्यूचर उच्च मा.वि.को कक्षा ७ मा अध्ययनरत छात्रा हुन् । आमा मंजु देवी र बुवा अजय कुमारको पहिलो सन्तान हुन् प्रिया । उनका ८ वर्र्षीय भाइ छन् । भाइ पनि सोही विद्यालयमा अध्ययनरत छन् । आमा मंजु गृहणी हुन भने । बुवा अजय पि.के अफसेट प्रेसका संचालक हुन । हाल उनी आफ्नो परिवारसंगै रानीघाटमा बसोबास गरिरहेकी छन् ।
अध्ययनमा बढी रुचि भएकी प्रिया कक्षाको सर्वाेत्कृष्ट विद्यार्थी हुन् । त्यस बाहेक विद्यालयका अन्य खेलकुद तथा कार्यक्रममा पनि राम्रो प्रस्तुति रहेको उनका शिक्षकहरु बताउँछन् । एकदमै अनुशासित, इमान्दार र मेहेनति विद्यार्थी रहेको विद्यालयका शिक्षकहरुको भनाइ छ । पढाइका साथ साथै नृत्य, मेहेन्दी, निबन्ध लगायतका प्रतियोगितामा पनि उनी अब्बल भएको उनीहरुको तर्क छ । कक्षा शिक्षक नभएको समयमा पनि आफ्नो कक्षाको राम्रो निगरानी गर्ने प्रिया विद्यालयमा उनका साथीहरुले पनि रुचाइएकी छात्रा हुन् ।
छोरीको पढाइ, बानी, व्यवहार कस्तो छ ? के कस्ता कमिकमजोरीहरु छन् ? भन्ने सवालमा उनका बुबा आमा सजग रहेको बताए । बंदाकोभि, फूलकोभी चना लगायतका सब्जी बढी रुचाउने प्रिया बाहिरी खानामा त्यति चासो राख्दिनन् ।
पढाई प्रति लगाव भएकी प्रियाको सबै विषय समान लागे पनि मन पर्ने विषय गणित रहेको उनको भनाइ छ । गणितमा हुने प्रश्नहरु हल गर्न मलाई रमाइलो लाग्छ । त्यस्तै आफूलाई विज्ञान विषय पढाउने शिक्षक आफ्नो मनपर्ने शिक्षक भएको पनि उनलो बताइन् । अरुण सरले एकदमै बुझाएर पढाउनु हुन्छ । फ्यामिलिएर बनेर, नबुझेका कुराहरुलाई राम्ररी बुझाएर पढाउने उहाँको बानी असाध्यै राम्रो छ उसले थपिन् ।
विद्यालयका मेरो मन पर्ने साथी कोही छैनन् । तर घर छेउमा छिमेकमा ज्योती चौरसीया नाम गरेकी साथी छन् । उनी मेरो राम्रो साथी हो । म उसंग हरेक कुरा सहजै सियर गर्न सक्छु । उसले मेरो हरेक कुरालाई बुझ्छिन् । मलाई डाक्टरी पेशा असाध्यै राम्रो र प्रोफेशनल लाग्छ ।
हुन त मैलै विशेषज्ञ बन्छु भन्ने बारे सोच त बनाएकी छैन । तर पनि भविष्यको मेरो लक्ष्य नै डाक्टर बन्नु हो । घरबाट आमा बुवाको पनि राम्रो सपोर्ट छ । उहाँले त मेरो रुचि अनुशारकै विषय पढाउने भन्नु भएको छ ।