१.पर्सामा वनक्षेत्रको फडानी र अतिक्रमणको अवस्था के छ ?
मधेश प्रदेशको जिल्लाहरु मध्ये सबै भन्दा वनको धनी पर्सा जिल्ला हो । कार्य क्षेत्रको हिसाबले ११ हजार ५ सय हेक्टर मात्र वन क्षेत्र छ । करिब ६७ हजार हेक्टर वन क्षेत्र पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र ति दुबै निकुञ्जको मध्यवर्ती क्षेत्र पहिला पर्सा वन कार्यालयको माताहतमा रहेको वन क्षेत्र अहिले पर्सा राष्ट्रिय निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्रले व्यवस्थापन गर्छ । देश भरि नै विभिन्न काल खण्डमा, विभिन्न समय अन्तरालमा वन क्षेत्रका जग्गाहरु अतिक्रमण, मिचिएका देश भरी पाइन्छ । देशभरी करिब सवाँ लाख हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको तथ्यांक छ । अहिले पुरानो अतिक्रमण भएका, बसोबास, खेतीको हिसाबले वनको छेउसम्म भोगचलन गरेको पाइन्छ । पर्सा जिल्लामा वनको तीन तर्फ राष्ट्रिय निकुञ्ज छ । एक तर्फ मात्र बस्ती बसेको छ । गाउँका मानिसहरुले आफ्नो जग्गालाई बढाउदै वन मिच्दै गरेको सहजै देख्न पाउनु हुनेछ । लामो समयमा देश द्धन्द्ध कालमा फस्यो । विभिन्न कालखण्डमा वन क्षेत्रहरु बस्ती तर्फबाट अतिक्रमण भएको देखिन्छ । त्यसलाई वन क्षेत्रले विभिन्न उपाय अपनाएर नियन्त्रण गर्ने, वन अतिक्रमणलाई बढ्न नदिने, अतिक्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले कार्यविधि बनाएर काम गरेको अवस्था छ । पुरानो अतिक्रमण, नयाँ अतिक्रमण, भर्खरै गरेको अतिक्रमण भनेर वर्गिकरण गरेको छ । मधेश प्रदेशले वनजंगल अतिक्रमणको तथ्यांक निकालेको छ । मधेश प्रदेशको कुनै पनि जिल्लामा नयाँ वन फडानी भएर अतिक्रमण भएको होइन । काठ,दाउरा संकलन गर्ने हिसाबले मात्र वन फडानी भएको छ । वनको क्षेत्रफल हानी नोक्सानी गर्ने हिसाबले, वनको भूमि नै कब्जा गर्ने हिसाबले वनको नयाँ फडानी भएको छैन ।
२. वनजंगलको कत्तिको आवश्यक छ ?
मानव समुदायकोलागि अत्तिआवश्यक विषय वनजंगल हो । वन कार्यालयलाई मात्र वनजंगल चाहिने होइन । वन कार्यालयले मात्र वन संरक्षण गर्नुपर्छ भने होइन । सम्पूर्ण समुदायलाई वन क्षेत्र चाहिएको हो । विश्वव्यापीरुपमा जलवायु परिवर्तनका समस्याहरु देखिएका छन् । प्रदुषण,रोगको प्रकोप, बाढी पहिरो जस्ता समस्याहरु भोगिरहेका छौं । २ दिनको बाढीले नेपालमा नै ठूलो क्षति पु¥याएको छ । यि सबैको मुख्य केन्द्र विन्दु भनेको वन र वनसंग जोडिएको विषयहरु, वनसंग सरोकार राख्ने, वनसंग अन्तर सम्बन्ध राख्ने विषयहरु भएकोले वन हामीलाई आवश्यक छ ।
३.वन र वातावरण बीचको कस्तो सम्बन्ध छ ?
वन र वातावरणलाई दुई तर्फबाट हेर्नु पर्छ । वन प्राकृतिक र उपयोगी श्रोत हो । वनसंग जोडिएको नजीक बसेको मानिसहरुका साथै आम मानिसलाई वनको आवश्यक पर्छ । काठ, दाउरा, सोत्तर, पत्करको आवश्यक हुन्छ । हामीले वनबाट लिनुपर्ने हुन्छ । वनबाट वनपैदवारहरु लिदाखेरी वनको हौसियत कति हो । कति निकाल्ने हो । सन्तुलित रुपमा, दिगो रुपमा विकास हुनेगरी, दिगो रुपमा व्यवस्थापान हुने गरी हामीले त्यसबाट फाइदा लिनुपर्छ । वन आम उपभोक्ताको लागि भएन भने वन के काम भन्ने पक्षबाट हेर्दाखेरी वनलाई सन्तुलित रुपमा उपयोग गर्न सरकारले पनि मान्यता दिएको छ । विश्वव्यापी मान्यता हो । त्यही आधारमा नेपालमा वनलाई विभिन्न मोडलमा व्यवस्थापन गरिएको छ । वन सजिलो श्रोत साधन छ । मानिसलाई आम्दानी गर्नु पर्दा, कुनै निकास गर्नु पर्दा वडा,पालिका,कुनै गौरव आयोजनाको काममा,देशको कुनै निकायले काम गर्नुपर्दा खेरी वन क्षेत्रलाई बढी सहज रुपमा प्राप्त गर्ने भएकोले त्यहाँ नै गर्नु पर्छ भन्ने गरेको पाइन्छ । अहिले स्थानीय तह सशक्त भएर आएको छ । बाटो बनाउन, मन्दिर बनाउन,स्कूल बनाउन,खेलकुद मैदान बनाउन वनको नै जग्गा चाहिएको छ । वनको जग्गा प्राप्त गर्न सहज भएकोले सबैको वनको जग्गामा नजर परेको देखिन्छ । हामीलाई विकास पनि चाहिन्छ । तर वनलाई विनाश, क्षति हुने गरी विकास चाहेको होइन । वातावरण मैत्रीं विकास गर्ने, वातावरण जोगाउने हिसाबले विकास गर्ने, वातावरणलाई इ आई ए गर्ने प्रचलन ल्याएको छ । वातावरणलाई क्षति नपु¥याई हामीले गर्न सक्ने विकासमात्र गर्ने भन्ने हो । वन र वातावरण दुबैमा पारस्पारिक सम्बन्ध छ । वन र वातावरणको दुबैको दिगोरुपमा संरक्षण हुने गरी विकासलाई अगाडी बढाउनु पर्छ ।
४.पर्सामा वन जंगल जोगाउन कस्तो नीति ल्याइएको छ ?
पर्सा जिल्लामा भएको ११ हजार ३ सय हेक्टर वन क्षेत्र ३ वटा साझेदारी वनमा हस्तान्तरण भएको छ । डिभिजन वन कार्यालयको माताहतमा रहेको सम्पूर्ण वन क्षेत्र साझेदारी वनमा व्यवस्थापन भएको छ । साझेदारी वन भनेको सामुदायिक वन जस्तै हो । यसमा तीन पक्ष सहभागी हुन्छन । सामुदायिक र साझेदारी वनमा केही प्रक्रिया र कानुनी व्यवस्थाहरु फरक छ । साझेदारी वनमा नेपाल सरकार, उपभोक्ता र स्थानीय तहको पाटनर सीपबाट वनको संरक्षण र व्यवस्थापन गर्ने गरेको छ ।
५. वनक्षेत्रको अवस्था कस्तो छ ?
वन क्षेत्रको जग्गा पहिला जे थियो आज पनि त्यही नै छ । त्यो जग्गा आवादी, फुटबल चौरको नाममा केही जग्गा उपयोग भएको छ । पहिला सरकारले आफूमात्र वनको संरक्षण गथ्र्यो भने अहिले तीन वटा साझेदारी मिलेर संरक्षणको विषयमा चासो लिने, सबैले मिलेर अगाडी बढेको छ । साझेदारी वनको व्यवस्था कार्यविधि बनाएर मात्र लागु गरेको थियो । अहिले नेपाल सरकारले २०७६ सालमा ऐनमा नै साझेदारी वनको व्यवस्था ल्यायो । २०७९ मा नियमावली साझेदारी वनको व्यवस्थापन ल्याएको छ । परिक्षणको रुपमा सुरु गरिएको साझेदारी वन दिगदर्शनबाट, कार्यविधिबाट सुरु भएको साझेदारी वन कानुनी रुपमा ऐन र नियमावली ल्याएर लागु गरेको अवस्था छ । वरिपरी भएका समुदाय र बोर्डर सम्मका जनतालाई सहज र सुलभ ढंगले वन पैदावार उपलब्ध गराउने, सबैको संलग्नता गराएर वनक्षेत्रको संरक्षण गर्ने साझेदारी वनको उद्देश्य रहेको छ । साझेदारी वन सफल थिएन भने सरकारले ऐन नै ल्याउने थिएन । सामुदायिक वन लामो समयदेखि काम गरिरहेको छ । साझेदारी वन सुरुवात भएर काम भएको २ दशक मात्र भएको छ । धेरै कुराहरु समय सापेक्ष परिवर्तन हुन आवश्यक्ता पनि छ । साझेदारी वनले आफ्नो गतिमा काम गरिरहेको छ ।
६.पानी र वनजंगलको कस्तो सम्बन्ध छ ?
पानी र वन जंगलबीचमा एक आपसमा राम्रो सम्बन्ध हुन्छ । पानीको श्रोत चुरेमा छ । तर पर्सा जिल्लाको कुरा गर्दा पर्सा जिल्लाको अधिकांश चुरेको भु–भाग निकुञ्ज भित्र छ । निकुञ्जमा मानिसहरुले प्रवेश गर्न पाउदैन । ६७ हजार हेक्टर वन क्षेत्र निकुञ्जको पानीको मुहान भएको एरियामा छ । वन भएको क्षेत्र भावर क्षेत्र छ । त्यहाँ पानी पाउन सकिन्न । कि चुरेमा पानी छ, कि वन क्षेत्र काटेर गाउँमा पानी छ । बीचमा पानी दबिएर तल गएको अवस्था छ । चुरे क्षेत्रमा पानी भएको ठाउँमा काम गर्नुपर्ने अवस्था देखिन्छ । पानीका मुहानहरु निकुञ्ज भित्र भएकोले सुरक्षित छ । तराइमा देखिएको पानीको समस्या सामान्य होइन । यसलाई वृहत रुपमा लिनुपर्छ । पानीको मुहान संरक्षण गर्ने, चुरे जोगाउने जहाँ पानी उत्पादन हुन्छ । हामी सबै यसको व्यवस्थापन तर्फ लागेका छौं ।
७. चुरेको व्यवस्थापन कसरी गर्न सकिन्छ ?
चुरेको वन क्षेत्रलाई सन्तुलन बनाई राख्नु नै चुरेको व्यवस्थापन हो । चुरेमा मानिसको अव्यवस्थित बसोबास छ । मानिसहरुले अव्यवस्थित तरिकाले खेतिपाती गरिरहेका छन् । चुरेलाई वर्गिकरण गरेर कति डिग्रीको श्रोतमा मानिसलाई राख्ने, कति डिग्रीको श्रोतभन्दा माथि खेती गर्न नदिने, खेती गर्दा कस्तो खेती गर्न दिने भन्ने कुरामा ध्यान दिनु पर्छ । चुरे क्षेत्रमा बसोबास गर्ने नेपालको नागरिक हो । सरकारको साधन श्रोतले अन्यत्र सार्न पनि सक्दैन । भएको चिजलाई व्यवस्थापन गर्ने र जाथाभावी प्रयोग गरिएको चिजलाई नियन्त्रण गर्ने । चुरेमा खेती गर्ने जग्गा पनि छ , खेती नगर्ने जग्गा पनि छ । क्षणिक फाइदा लिन खेती गरिरहेका हुन्छन् । चुरेमा फडानी भइरहेको हुन्छ । ति कुराहरुलाई व्यवस्थापन गरेमा चुरेको संरक्षण हुने पानीको समस्या पनि घटेर जान्छ ।
८.वन जंगलको संरक्षण गर्न अझै कस्तो कदम चाल्नु पर्छ जस्तो लाग्छ ?
हामी गरिब देशमा बसेका छौं । वन प्राकृतिक र खुला सम्पत्ति हो । नागरिको शैक्षिक स्तर पनि कम छ । बेरोजगार छौं । गरिब छौं । पर्सा जिल्लाको कुरा गर्दा ५ सय साइकलहरु दैनिक वन पैदावार ल्याइरहेका हुन्छन् । त्यो मानिसहरुले आफ्नो घरको लागि मात्र ल्याएका छैनन् । दाउरा लगेर बेचेर घरमा खाद्यान्न ल्याएका हुन्छन् । पहिला बेरोजगारको अवस्थालाई सुधार गर्नुपर्छ । त्यस्ता मानिसहरुलाई सरकारले रोजगारी दिनुपर्छ । अर्को भने संगठित अपराधिक मानिसहरु पनि छन् । जसले छोटो समयमा धेरै कमाउन चाहन्छन् । ३ वटा गोलिया निकाल्न सकेमा १५ सयदेखि २ हजारसम्म दिनको कमाउँछन् । यस्ता अपराधिक गतिविधि गर्ने मानिसहरुलाई समाजले नै उठाउन सकेका केही हद सम्म वन जंगल संरक्षण हुन्छ । वन कार्यालयले कानुनी कार्वाही गरिरहेका हुन्छौं । वन जंगल जोगाउन मानिसहरुलाई शिक्षा दिएर सचेत गराउनुपर्छ । रोजगारी दिनुपर्छ । जसलाई राम्रो काम पाएर खान पुग्छ उसले साइकल ठेलेर वन पैदावार निकाल्न जादैन । चोरी निकासी यस्तो किसिमले बढेको अवस्था छ । समुदाय मार्फत सबै नागरिकलाई वन जंगल आफ्नो सम्पत्ति हो । भनेर समुदायमा आफ्नोत्व बोध गराउनकोलागि सरकारले साझेदारी वनको अवधारण ल्याएको हो ।
९.वर्षौनी भएका वृक्षरोपणका संरक्षणको अवस्था कस्तो छ ?
पछिल्लो समयमा देशभरीका जुनसुकै कार्यालयले पनि वृक्षरोपणको साथसाथै संरक्षणको जिम्मेवारी पनि दिएको हुन्छ । अहिले वन कार्यालयले वृक्षारोपण गरेको ठाउँमा पानी हाल्ने,गोढमेल गर्ने, हेरालु राख्ने सुरक्षित गरेर मात्र वृक्षरोपण गरिन्छ । वन क्षेत्रभन्दा बाहिर पालिकाहरुमा रोड साइड वृक्षरोपण गरेका छौं । पालिकासंग समन्वय गरेर त्यसको संरक्षणको जिम्मा पालिकाले लिन्छ । अनि मात्र वृक्षरोपण गर्ने भन्ने सरकारको निर्देशन छ । यसरी हाम्रो वृक्षरोपणका साथसाथै संरक्षणका जिम्मेवारी दिएर काम अगाडी बढाएको छौं ।
१०.आम जनतालाई के सुझाव दिनुहुन्छ ?
प्राकृतिक श्रोत भनेको सबैको साझा सम्पत्ति हो । यसमा सबैको पहुँच हुनुपर्छ । प्राकृतिक श्रोत साधनबाट दिगो उपयोग गर्नुपर्छ । यसको संरक्षण हुने गरि फाइदा पनि लिनु पर्छ । यसलाई नास हुने गरी कसैले पनि कुनै गतिविधिहरु गर्नु हुदैन । वन जंगलको नास भयो भने हाम्रो जीवन नै नास हुन्छ । कोभिडको महामारीमा सास फेर्न अक्सिजन ग्याँस नपाएर मानिसहरु छट्पट्टीरहेको देखेका छौं । जलवायु पविर्तनले तापक्रम बढिरहेको अवस्था छ । प्रदुषण बढिरहेको छ । यो सबैलाई सन्तुलन गर्ने प्रकृतिक हो । वनजंगलको संरक्षण गरेमा हाम्रो स्वास्थ्य, भविष्यकोलागि नै फाइदाजनक हुन्छ । सही रुपमा उपयोग गरेमा हामीलाई चाहिने काठ, दाउराहरु आपूर्ति गर्न सक्छौं । यसले रोजगारी सृजना गर्न सक्छ । काठ, दाउरालाई व्यवस्थित रुपमा निकालेर प्रयोग गरेमा देशको आय श्रोत बढ्न मद्दत गर्छ । देशले लिएको लक्ष्यलाई नै टेवा पु¥याउने श्रोत भएकोले सबैले मिलेर वनजंगलको व्यवस्थापन, संरक्षण गर्नु साझा दायित्व हो । हामी सबै सचेत नागरिकको कर्तव्य हो