१) महिनावारीको बारेमा कसरी जागरुकता गराउनु हुन्छ ?
महिनावारी सकरात्मकता र गुड टच, व्याड टच भन्ने दुई वटा कार्यक्रम चलाउँछु । गाउँ–गाउँमा गएर विद्यार्थीहरुलाई होस् वा महिलाहरुलाहरु होस् महिनावारी बारे जागरुकता गराउँछु । एउटा सोचाइ के छ भने शहरमा गर्नुभन्दा पनि गाउँ घरमा गर्दा एकदम राम्रो हुन्छ । किनभने शहरको मानिसहरु सबै कुरा बुझ्ने र आफ्नो व्यवहारमा लागु गरेका हुन्छन् । गाउँ घरमा महिनावारी सकारात्मक बारेमा अभियान चलाइरहेको छु । आजभन्दा ४ वर्ष पहिला गाउँमा महिनावारी शिक्षाको धेरै नै कमी थियो । मैले यसमा काम गर्दै जाँदा जति म गाउँभित्र पस्दै गए । कतिपय महिला, दिदीबहिनीहरुले प्याड पनि देखेका छैनन् । त्यसको बारेमा केही थाहा पनि छैन । किन्ने क्षमता पनि छैन । उनीहरुले महिनावारीको नाम नै कपडा राखेका छन् । कपडा भनेको त्यहि कपडा राख्ने फेरी त्यही कपडा धुने र पुनः महिनावारी हुदाँ राख्ने । उनीहरुलाई त्यो कपडा कतिको सफा छ । त्यसबाट कतिको रोग लाग्छ भन्ने कुनै जानकारी पनि छैन र कुनै रोगको डर पनि छैन ।
२) तपाईले महिनावारीको बारेमा कसरी बुझ्नु भयो ?
म जुन समाजमा छु । त्यसमा सबै कुराहरु लुकाउने प्रवृति छ । म पहिलो पटक कक्षा ८ मा हुदाँ महिनावारी भएको थियो । महिनावारी हुदाँ एकदमै पेट दुख्थ्यो । आमाले बुबाबाट पनि लुकाउने, किन हुन्छ सोध्दा खेरी पनि उत्तर नदिने । कलेजमा जादाँ खेरी पनि केटाहरुसंग लुकाउने, लुगामा दाग लाग्ने समस्या पनि हुने । बिहे हुदाँ मैले एउटा खुल्ला सोच भएको श्रीमान पाए । उहाँले मेरो काममा मलाई सहयोग गर्नु भएको छ । पछि म आफै नै महिनावारीको एउटा समस्यामा परे । जब म त्यो समस्याबाट निस्के । त्यसपछि त्यसका बारे मलाई ज्ञान हुदै गयो । त्यसमा चाहि ४, ५ वर्ष जति लागें । मलाई यस्तो लाग्यो म आफुलाई यति पढेलेखेको भन्थे । आफुलाई जागरुक भन्थे । तर यो समस्याले मलाई नछोएको भए यसको बारेमा मलाई थाहा हुदैन थियो होला । किनभने त्यसको उपचारको लागि मलाई इन्डिया जानु पथ्र्यो । ठूलो–ठूलो डाक्टरहरुसंग भेटनु पथ्र्यो । त्यसपछि मलाई लाग्यो । मैले सिकेको कुरा, भोगेको भोगाई, मैले थाहा भएको कुरा अब समाजलाई दिने मौका आएको छ । त्यसपछि युटुबमा मैले खोज तलास गर्न सुरु गरे, डाक्टरहरुसंग भेटन थाले । मैले आफुले बनाएको प्रजेन्टेसन डाक्टरहरुलाई कस्तो छ भनेर हेराउँथे । मलाई के लाग्थ्यो भने उनीहरु विज्ञ छन् । मैले मात्र अनुभव नै लिएको कुरा हो । त्यो सबै पछि मैले एउटा धेरै राम्रो पे्रजेन्टेसन बनाए । जसमा केटीहरुको सबै प्रश्नको उत्तर लुकेको छ ।
३) महिनावारी जागरुकता बारे कार्यक्रम गरेर सिकाउँदा केटीहरुमा कस्तो परिवर्तन भए ?
मैले १६ सयभन्दा बढि केटीहरुलाई समेटेको छु । म विद्यालयमा गएर केटीहरुलाई महिनावारीको बारेमा तालिम दिन्छु । तालिम सकेपछि म उनीहरुलाई एउटा फारम दिन्छु । महिनावारी बारेमा आफ्नो अनुभव लेख्न लगाउँछु । अनी त्यसमा आफ्नो नम्बर पनि सबैलाई दिन्छु । उनीहरुले भरेर दिएको फारम म घर गएर पढ्छु । उनीहरुको त्यो सबै समस्या म आफ्नो दिमागमा राख्छु । किनभने मलाई थाहा छ फोन आउन छ । अनि त्यस्तै हुन्छ । एक हप्तासम्म जान्नको लागि कसै कसैको फोन आउदै रहन्छ । त्यहि खण्डमा मलाई एक पटक एक जनाको अभिभावकले फोन गर्नु भयो । मलाई धन्यावाद दिनु भयो । किनभने मैले जुन कुराहरु केटीहरुलाई विद्यालयमा सिकाएको थियो । त्यो कुरा केटीले आफुमा लागु गरेका छन् । उसलाई महिनावारी हुदाँ पेट बेसरी दुख्थ्यो । मैले भनेको योगाहरु गर्दा उसलाई पेट दुख्न कम भयो । उसलाई यस्तो थियो कि महिनावारी हुदाँ उल्टी हुने नत्र सुई नै लगाउनु पर्ने थियो । मैले बताएका आशन गर्दा ती नानीहरुको महिनावारी ठिक भयो । अनि उनीहरु धेरै नै खुशी भए । त्यो कुराले मलाई धेरै खुशी लाग्यो । मैले सिकाएको कुराबाट केही उपलब्धी त भयो भनी ।
४) गाउँको विद्यालयको अवस्था कस्तो पाउनु भएको छ ?
अहिले पनि गाउँ घरमा धेरै फोहोर छ । त्यहाँ अहिले पनि शौचालयको धेरै समस्या छ । प्राइभेट विद्यालयहरुमा केटा र केटीको छुट्टाछुट्टै शौचालय रहेको हुन्छ । तर गाउँको विद्यालयमा त्यस्तो छैन । शौचालय छ भने पनि त्योे व्यवस्थित ढंगले छैन । यदि एउटा विद्यालयमा १४,१५ सय विद्यार्थीहरु छन् । त्यहाँ दुई वटा शौचालय छ । उनीहरु त्यो प्याडलाई कहाँ राख्ने । शौचालयमा डस्बिन हुन्छ त्यसमा पनि प्रयोग गरेको प्याड राखेको हुन्छ । त्यसले गर्दा खेरी इन्फेक्सन हुन सक्छ । यस्तो कार्यबाट केटीहरुलाई धेरै नै समस्या हुन सक्छ । विभिन्न किसिमको रोगहरु लाग्न सक्छ । अहिले पनि गाउँको अवस्था सुधार हुन सकेको छैन ।
५) नेपाल सरकारले पनि विद्यालयहरुमा प्याड वितरण गर्छ, त्यो तपाईलाई कस्तो लाग्छ ?
नेपाल सरकारले प्रत्येक महिना एउटा प्याड वितरण गर्छ । त्यो काम सह्रानिय पनि छ । तर त्यो एउटा प्याडले पुग्दैन । अनि अर्को प्याड किन्नको लागि उनीहरुको आर्थिक अवस्था पनि पुग्दैन । जसको घरमा आर्थिक अवस्था राम्रो छैन । त्यसले हरेक महिना ५०, ६० रुपियाँको प्याड कहाँबाट किन्न सक्छ ? फेरि एउटा घरमा जरुरी छैन कि एक जनालाई नै महिनावारी हुन्छ । ३,४ जनालाई पनि हुन सक्छ । गाउँ घरमा हेर्दा खेरी १ वर्ष २ वर्षको अन्तरालमा छोरीहरु जन्मेको हुन्छ । त्यसैले नेपाल सरकारले दिएको त्यो एउटा प्याडले पुग्दैन । कम्तिमा ३ वटा हुनुपर्छ । किनभने कसै कसैलाई बढि रगत प्रवाह हुन्छ । कसैलाई कम पनि हुन सक्छ । तर एउटा प्याडमा गाह्रो हुन्छ ।