चाडपर्वको बेला मात्र नदीहरु सफा हुन्छ । नदी सधै सफा राख्नु पर्छ । नदी सफा नराखे वातावरणहुँदै हाम्रो शरीर र स्वास्थ्यमा समेत असर पर्छ । नदीको फोहोरले गर्दा गाईवस्तुहरुलाई पनि विभिन्न रोग लाग्न सक्छ । पशुपंक्षीले नदीबाट पानी पिउँछन् । यस्तो फोहोर पानी पिएमा उनीहरु पनि विभिन्न किसिमका रोगबाट पीडित हुन्छन् । गाईभैंसीलाई नदीमा नुहाउँदा उनीहरुलाई छालाको रोग भएको उदाहरण धेरै छ । चाडपर्व वर्षमा एक पटक आउँछ । दिनहँु फोहोर पानी बगिरहेको छ । मात्र चाडपर्वको लागि होइन सधैको लागि नदी सफा गर्नुहुनु पर्छ । बाहिर विदेशमा सबै थोकको लागि नियम कानुन छ । पालना नगरे दण्डित हुनुपर्छ । उद्योगी व्यवसायीहरुले पनि नियमको परिधिमा रहेर आफ्नो उद्योग व्यवसाय चलाउन पर्छ । तर हामीकहाँ भने उद्योग, कारखाना, वा कम्पनी संचालकहरुले आफ्नो फाइदाको लागि जे पनि गरेको देखिन्छ । राज्य संयन्त्रले कडाई गर्न नसक्दा जनतालाई दुःख खेप्नु परिरहेको छ । कुनै पनि कारखाना बन्द गराउनुको सट्टा फोहोर पानीलाई प्रसोधन गरेर मात्र नदीमा पठाउने वातावरण मिलाइनु पर्छ । नदीहरुको पानी सधैं सफा हुनै पर्छ । यसमा स्थानीय र प्रदेश तथा केन्द्र सरकारको पनि बढि ध्यान जान जरुरी छ ।
प्रायः नदीहरु फोहोर नै हुन्छन् । त्यो सबै सफा गर्नु पर्छ । छठ पुजामा मानिसहरु नदीमा जान्छन् । त्यस बेला मानिसहरु भिड भाड हुन्छ । छठ पुजा गर्दा नदीको भित्र पस्दा फोहोरको लेदो हुन्छ । धेरै फोहोर भएको पानीमा जादाँ पनि डर लाग्छ । हामी नदीमा पुजा गछौं । त्यसमा कारखानाको ढलहरु, शौचालयको ढलहरु मिसाउनु भएन । सरकारले त्यसको लागि कार्वाही गर्नुपर्छ । नदीहरु कसैको नीजि होइन । यो त प्राकृतिक श्रोत हो । हामी सबै मिलेर सुरक्षित राख्नु पर्छ । नदीको पानी धेरै नै फोहोर छ । त्यहाँको पानी एकदमै कालो छ । अहिले सिर्सिया नदीको पानी खेतबारी लगाउनकोलागि पनि योग्य छैन । पहिला सिर्सियाको पानी सफा सेतो थियो । हामीले नुहाउन, कपडा धुन, गाई भैसीँलाई खुवाउन, खेतमा लगाउन प्रयोग गथ्र्यौ । अहिले नदीमा छठ पुजा गरेर बाहिर निस्कँदा केही दिन खुट्टा चिल्लाउने र छालाको रोग हुने गरेको छ । शरीरमा रातो हुने, घाउ खटिराहरु आउने पनि हुने गरेको छ । हामीले डाक्टरलाई जचाँएर औषधी खाएपछि मात्र ठिक हुने गरेको छ । जनताले दुःख भोग्नु नपरोस् भन्ने कुरामा सरकारले चनाखो भएर सम्बन्धित पक्षलाई कडाई गरी नदी चाही सफा राख्नु पर्छ । जनताहरुले पनि सजक हुनुपर्छ । नदी पनि हाम्रो सम्पति हो यसलाई सुरक्षित र व्यवस्थित गर्न सकृय हुनु पर्छ ।
नदीमा जुन फोहोर फाल्ने गरिएको छ त्यसलाई छुट्याएर फाल्नु पर्छ । ताकी कुन फाल्न मिल्ने र कुन नमिल्ने भनेर । एउटा भनाइ छ नि, फोहोर एउटै भाँडामा मिसाएर फ्याँके फोहोर, छुट्टयाएर फ्याँके मोहर । हामीले घरबाट निस्केको सबै फोहोरलाई एकै प्लाष्टिकमा राखेर फ्याक्छौं । गल्ने फोहोर र नगल्ने फोहोरलाई छुट्याएर फ्याकेपछि नगल्ने प्लाष्टिकको बोतललाई रिसाइकिलिङ्ग गरिन्छ । कच्चा पदार्थ, फलफूल, सागसब्जीहरुबाट निस्केको फोहोर हुन्छ । त्यसलाई जैविक मलको रुपमा प्रयोग गर्न सकिन्छ । उदाहरणको रुपमा हामीले एउटा प्लास्टिकको बोतल किनेर पानी खान्छौं । बोतल जथाभावी फ्याँकी दिन्छौं । त्यो फोहोर थुपार्ने काम स्थानीय निकायले गरेको छ । वीरगंजमा हेर्ने हो भने पहिला यस्तो थिएन । अहिले ठाउँ–ठाउँमा फोहोर लिने ट्रयाक्टरहरु घुमिरहेका हुन्छन् । सिर्सिया नदी प्रदुषित हुनुको मुख्य कारण कलकारखानाहरुबाट निस्केको दुषित पानी, फोहोरलाई प्रशोधित नगरेर सिधैं सिर्सिया नदिमा मिसाएको हुनाले त्यसले मानव जिवजन्तु लगायत सम्पूर्णमा हानी गरिराखेको छ । सिर्सिया नदीमा पुग्दा गन्ध असाध्यै गन्हाउँछ । सिर्सिया नदीको पानी एकदमै कालो छ । त्यसलाई छुन पनि मन लाग्दैन । स्थानीय सरकारले सजगता अपनाई सफा गराउने विभिन्न प्रयास गरे पनि अझै त्यो प्रभावकारी हुन सकेको छैन । उद्योग संचालकको अटेरीपनाले स्थानीय सरकारलाई पनि समस्या भइरहेको हो । जबसम्म उद्योगी व्यवसायीको दिमाग खुल्दैन तबसम्म पर्व केन्द्रित सफाइमात्र हुने देखिन्छ । सर्वसाधारण जाइलाग्ने डरले छठपर्वमा चाही थोरै उनीहरु सजग भएको हो कि भन्ने लाग्छ । सिर्सिया नदीको किनारमा १०, १२ ठाउँमा छठ गर्ने चलन छ । तर वर्तालुहरु पर्व सकिएपछि बिरामी पर्ने सम्भावना प्रवल छ । अब त कलकारखानाहरुबाट मात्र नभई हस्पिटलहरुबाट नस्केको फोहोरहरु पनि पानीमा मिसाउने गरेको सुन्न थालिएको छ । यो निकै खतरनाक पक्ष हो ।
वीरगंज महानगरपालिका अन्र्तगत सिर्सिया नदी रहेको छ । त्यो सिर्सिया नदीमा अहिलेदेखि होइन । केही वर्ष अगाडीदेखि नै नदिको मुहानमा विभिन्न किसिमको कलकारखानाहरु हुनुको कारणले नदी पूर्ण रुपले दुर्गन्धित भएको छ । नदीमा वीरगंज निवासीहरुले हजारौंको संख्यामा पुजा आराधना गर्न जान्छन् । नदीलाई सरसफाई गर्नुपर्ने थियो र पहिला सफा पनि थियो । यता तिर आएर अलि कलकारखानाको प्रेसरले गर्दा सिर्सिया नदी पुरै फोहोर भइसकेको छ । पानी फोहोर भएको ठाउँमा छठघाट कसरी बनाउने र छठ श्रद्र्धालु भक्तजनहरुले त्यो नदीमा कसरी तल झर्ने । छठ गर्ने महिलाले जब अर्ग दिन जान्छन् भने उनीहरुले धेरै समस्या हुन सक्छ । त्यसले गर्दा मेरो आशा के छ भने वीरगंज महानगरपालिका, वीरगंजको जुन वडा अन्तर्गत पर्छ । त्यसको जनप्रतिनिधिहरुले पनि वीरगंजको मेयरले पनि त्यसलाई मूल रुपमा ध्यान दिनुपर्छ । नदीलाई सधै सरसफाई राख्नुपर्छ । नदीहरुको होइन यहाँको बाटोहरु पनि छठको दिन सबै सफा गरिदिनु पर्छ । किनभने प्रदुषणको मात्रा दिन प्रतिदिन बढ्दै गइरहेको छ । त्यसको कारणले गर्दा विभिन्न किसिमको रोगहरु लाग्छ । सिर्सिया नदीको छेउछाउको मानिसहरुकोे जिवन कष्टकर छ ।
हिन्दुहरु महान पर्व छठ हो । यो पर्व मेरो आमाले विगत १४ वर्षदेखि गर्दैै आउनु भएको छ । उहाँले छठ गर्ने क्रममा भने यो पर्सा जिल्लाको सिसिया नदी छ । पहिलाको तुलनामा अति नै दुषित भएको छ । हामीले सानैदेखि सिर्सिया नदी देखिरहेका छौं । पहिला जस्तो कुनै पनि निकास देखेको छैनौं । त्यसमा अर्घ दिने क्रममा जति जिउ भिजेको हुन्छ त्यति चिल्लाउ छ । नदी फोहोर छ । भगवानको नाममा जहाँ पनि नुहाउन सकिन्छ । नदीको फोहर पानीले गर्दा कुनै बिरामी नहोस् भनेर नदीभित्र चुन छरेर त्यसलाई सफा गछौं । पहिला त्यो नदि एकदम सफा थियो । त्यसमा मान्छेहरुले आफ्नो घरको दैनिक काम जस्तै लुगा धुन, गाई बस्तुहरुले पानी डाल्न, त्यो नदिको पानी आफ्नो खेतको सिचाइ गर्न पनि लगाउँथ्यो । त्यस्तै छठ पर्वको बेलामा सबै श्रद्धालुहरु नदीमा अर्घ दिन जान्छन । त्यो अर्ग दिन जाने बेलामा उनीहरुले दुषित पानीमा नै जानु पर्छ । अर्घ दिने क्रममा र धेरै महिलाहरुले दुषित पानीबाट इन्फेक्सन हुने गरेको छ । त्यसबाट दुर्गन्ध पनि धेरै आउने भएकोले नदीको छेउ छाउमा बस्न पनि अप्ठ्यारो हुदै आइरहेको छ । यसका साथै विभिन्न किसिमको समस्याहरु भोग्नु्परेको छ । मानिसहरुको स–साना बालबालिकाहरु नदीमा नुहाउने काम जस्ता थुप्रै कामहरु त्यहि प्रदुषित पानीबाट भइरहेको छ । त्यस कारण म हाम्रो सरकार सित यहि अपिल गर्नु चाहन्छु । पर्सा जिल्लाको सिसिर्या नदिलाई चाहि सफा गर्ने अभियान तिर ध्यान दिनु पर्छ ।
पहिला यो सिर्सिया नदी यस्तो फोहोर थिएन । जब यहाँको जनसंख्या बढी भयो । त्यसमा पनि नदी नियन्त्रण चाडपर्व आउँदा नेताहरुले सिर्सिया नदीको छेउछाउको करखानाहरु बन्द गर्ने आदेश दिन्छन् । नदीलाई धेरै दुषित गर्ने कलकारखानाहरु सधैंको लागि बन्द गरेमा हामीलाई फाइदा हुन्छ । हाम्रो श्रीपुरको समस्यामात्र होइन । जगरनाथपुर, इटियाही, प्रसौनी, सबैठुवा, छपकैया गरी १०, १२ वटा गाउँले सिर्सिया नदीमा गएर छठ पर्व मनाउँछन् । छठपर्व मध्य तराईको महान् पर्व हो । अब यसमा हामी कसलाई भन्न जाउँ नदी सधैको लागि सफा हुनुपर्छ भनेर । हामी सानो हुदाँ सिर्सिया नदीमा नुहाउने, कपडा धुने गथ्र्यौ । आजको दिनमा यति फोहोर भइसकेको छ । मानिसहरु दिशा गरेर धुदाँ पनि विभिन्न किसिमको रोग लाग्छ । अब सिर्सिया नदी सफा गराउनको लागि मानिसहरु धेरै दिनदेखि लागेको छन् । तर अझै उद्योगी व्यवसायीको अटेरीपनाले सम्भव भएको छैन । कलकारखानाहरुले आफ्नो फोहोर पानीलाई व्यवस्थित गर्नु पर्छ ।
चाडपर्व आउदै गरेको बेला मात्र नदीहरु सफा गराउने कार्य हुन्छ । यसमा सिर्सिया नदिको ठूलो भुमिका रहेको छ । किनभने सिर्सिया नदी इतिहासमा नै पुरानो नदीको रुपमा चिनिन्छ । हिन्दुधर्मालम्बीले मनाउने महान पर्व छठको समयमा एकपटक सरसफाई गर्ने, नदीहरुमा चुन, औषधीहरु हालेर पर्वभरिको लागि मात्र सरसफाई गर्छन् । त्यसपछिका दिनमा पुनः जस्ताको त्यस्तै हुन्छ । यहाँको सबभन्दा ठूलो समस्या ढल निकास हो । ढल निकास नभएको कारण कलकारखानाको जति पनि फोहोर पानी हुन्छ । सबै नदीमा मिसाउँछन् । स्थानीयवासीहरुले पनि आफ्नो घरबाट निस्केको फोहोर सबै त्यसैमा मिसाउने । चाडपर्वको बेला हरेक वर्तालुहरु त्यसमा अर्ग दिने बेला धेरै मानिसहरु नदीमा डुबेर प्राथना गरेको हुन्छ । त्यसले गर्दा शरीरमा धेरै किसिमको चर्म रोगहरु लाग्छ । वर्तालुहरु एकदम शुद्ध भएर पुजापाठ गर्छन् । पानी फोहोर रहेको कारण उनीले पुजा गर्न पनि गाह्रो हुन्छ । सिर्सिया नदीलाई मात्र एक हप्ताको लागि होइन । सधैंको लागि सफा राख्नु पर्छ । यसमा स्थानीय सरकारदेखि जनताहरुको पनि भूमिका महत्वपूर्ण छ । आम जनताले पनि नदीको सुरक्षामा ध्यान दिनु पर्छ । नदीमा फोहोर नफ्याँली दिने, कसैले फ्याँलेको देखेमा सम्झाउनु वा कार्वाही गर्नुपर्छ । सिर्सिया नदीलाई सफा बनाउने हामी सबैको दायित्व हुनु पर्छ ।
हिन्दुधर्मवलम्बीहरुको महान पर्व छठ हो । यो पर्व महिलाहरुले गर्ने पर्व हो । यो पर्व मनाउनेको लागि आफ्नो नजिक भएको नदीमा जाने चलन छ । वीरगंजमा सबैभन्दा बढी सिर्सिया नदीमा छठ पुजा गरिन्छ । सिर्सिया नदीले पर्साको धेरै वडाहरुलाई छोएको छ । मैले देखे अनुसार पहिला पहिला सिर्सिया नदीमा हजारौंको मानिसहरु छठ पुजा गर्न आउँथे । सिर्सिया नदीमा छठ पुजा गर्न आउने जनसंख्या कम भएको छ । किनभने केही वर्षदेखि सिर्सिया नदी धेरै फोहोर भएको छ । छठको बेलामा नदी सफा गराउने काम हुन्छ । तर पनि मान्छेको चित्त बुझ्दैन । नदीको पानी एकदम कालो हुन्छ । त्यसमा कलकारखानाहरुको फोहोर, अस्पतालहरुका फोहोर, स्थानीयहरुको घरबाट निस्केको फोहोर सबै त्यहि नदीमा फाल्ने भएकोले नदी दुषित छ । महानगरपालिकाले पनि समय–समयमा सिर्सिया नदीको अनुगमन गरेर सफा गराउने प्रयास भइरहेको छ । तर त्यसको कुनै पनि लाभ भएको छैन । जबसम्म सरकारले कडा नियम लगाउदैन । तबसम्म नदी फोहोर नै रहन्छ । किसानहरुले आफ्नो खेतमा पानी हाल्नको लागि पानीको आवश्यता पर्छ । तर यो प्रभावकारी हुन सकेको छैन ।