१) अन्य बालबालिकाभन्दा फरक भएको कहिले थाहा पाउनु भयो ?
आमाले मलाई बालकको रुपमा जन्माउनु भयो ।म हुर्कदै बढ्दै जाँदा११, १२ को उमेरमा आफुलाई अरुभन्दाफरक भएको थाहा पाए । आफुलाई मेरो पहिचान के हो ? मेरो यौनिकता के हो ?मेरो लिङ्ग के हो ?भन्ने थाहा पाउदै गएँ । जब मैले आफ्नो यौनिकता र लिङ्ग थाहा पाएँ । त्यसपछि मलाई आफूलाई अप्ठ्यारो महशुस हुन थाल्यो । म किन यस्तो भएँ? मलाई मेरो आमाले किन यस्तो जन्माउनु भयो । म बालक हुदाँ हुदै पनिबानी व्यहोरा प्रायः किन केटी जस्तो छ?भनेर म आफैले आफैलाई हेरेर अचम्ममान्थे । म जति आफूलाई सुधार्छु भन्दापनि बालक जस्तो हुन सक्दैनथें । मलाई मेरो घर परिवारले त किन बालक भएर पनि बालिका जस्तो गर्छस् । तेरो बानी व्यहोरा किन केटीको जस्तो छ ?यसलाई सुधार भन्नु हुन्थ्यो । समाजले कुरा काँट्छ,यसले हामीहरुको इज्जत लिइरहेको छ भन्दा खेरी एकान्तमा गएर म रुन्थें पनि । म आफ्नो कोठा बन्द गरेर, खोलातिर गएर, बगैचाहरु गएर रोएर बस्थे । म किन यस्तो मान्छे भए, म जस्तो मान्छे कत्तै पनि छैन भन्ने जस्तो लाग्थ्यो । बाल्यकालमा कत्ति पटक मुसाको विष खाएको छु ।तर यो सब भोग्न लेखेकोले होला म बाँचेको रहेंछु ।
२) तेश्रोलिङ्गी भएको कुरा थाहा पाउँदा पहिलो पटक कसलाईसुनाउनु भयो ?
पहिलो पटक थाहा हुदाँ मैले कसैलाई भनिन । मेरो चाल चलन देखेर घरमा पनि आमा, बुबा, दाइहरुले गाली गर्नु हुन्थ्यो । यस्तो नगर बाहिरको माीनसहरुले कुरा काँटिरहेको छ । तैले यस्तो गर्दा हाम्रो इज्जत गइरहेको छभन्नु हुन्थ्यो । तर म आफ्नो दुःख सुनाउन आफू जस्तो साथी खोज्थे । त्यस्तो साथी मलाई कही पाउदैन थियो । म विद्यालय जादाँ पनि मेरो वातावरण त्यस्तो नै हुन्थ्यो । विद्यालयहरुमा शिक्षकहरु पनि त्यस्तै भन्नु हुन्थ्यो । साथीहरु पनि त्यस्तै भन्थे । तिम्रो बानी व्यवहार कस्तो केटी जस्तैछ । म बालक थिए । तर बालिका जस्तो बानी व्यवहार थियो ।केटीहरु जस्तो बोलाइ थियो । केटीहरुसंग बोल्न, खेल्न मन पराउने केटाहरुसंग बोल्न इच्छा हुदैनथ्यो ।
३) बालक भएर बालिकाकोे व्यवहार गर्दाको बढि पिठादायी अवस्था कुन हो ?
एक दिनम आफ्नो घरमा बालिका साथीहरुसंग खेलिरहेको थिए । म लगभग १४, १५ वर्षको थिए । त्यसबेला मेरो दाई आएर मलाई एकदम झपार्नु भयो । मेरो दाईले मेरो लागि छक्का जस्तो शब्द निकाल्नु भयो । उहाँले यस्तो शब्द निकाल्दाखेरी मलाई धेरै नै रुन मन लाग्यो । म आफ्नो ढोका थुनेर बसे म किन जन्मे?दिन दिनै दुःख र वेदना खपेर बस्नु पर्ने मानिस किन जन्मेको हो । त्यसपछि मैले घरमा आमा बुबाले मुसा मार्नको लागिविष राखेको थियो । विषलिएर बगैचामा गएर खाए । एक छिन पछि एकदम पोल्यो । म रुन र चिच्याउन थाले । खेतमाभएका साथीहरुले मलाई बचाउनु भयो । मलाई साइकलमा हस्पिटल लग्नु भयो । त्यसपछि म बाँचे । त्यस्तो त मेरो जिन्दगीमा कति आयो। मैले लगभग ८, ९ पटक विष खाइसकेको छु । त्यो सबै विषकोअसरले गर्दा अहिले बिरामी रहन्छु । मेरो दाईले त्यस्तो शब्द बोलेर होइन समाजका व्यक्तिहरुले,साथी,घरको आमाबुबाले मलाई बेला–बेला त्यस्तो शब्द बोल्नु हुन्थ्यो ।
४) दुःख एकदम नजिकबाट हेर्नु भएको रहेछ । खासमा दुःख के हो ?
मलाई लाग्छ दुःख मानिसको एउटा संघर्षहो । एउटा साथी जस्तो हो । भनिन्छ,नि दुःख पर्दा नरुनु, सुख पर्दा नहाँस्नु । मलाई त्यति बेला दुःख परेको थियो । म धेरै नै रोएको थिए । लाग्छ कि मेरो आँसु नै छैन। सबै बगिसक्यो । मेरो आमा बुबाको मृत्यु हुदाँ खेरी म धेरै रोएको थिए । लाग्थ्यो कि त्यस पछि मेरो जिवन नै होइन। जिवन नै छैन । आमाबुबाको मृत्यु हुदाँ म आफूलाई एकदमै एक्लो महशुस गर्थे । आमा बुबा हुदाँसमाजले मलाई यस्तो हेला गर्दैनथे । उहाँहरु नहुदाँ कस्तो गर्लान्भनेर चिन्ता हुन्थ्यो ।
५) तेश्रो लिङ्गीको पहिचान भएपछि आमाबुबाबाट कस्तो व्यवहार पाउनु भयो ?
मलाई सहयोग गर्ने व्यक्ति मेरो दिदी हुनुहुन्छ । दिदीले मलाई एकदम माया गर्नुहुन्थ्यो । मेरो दिदी अहिले पनि हुनु्हुन्छ । अहिले पनि उहाँ सित कुराकानी हुन्छ । दिदी मलाई पहिलादेखि नै अपनाउनु भएको छ । अहिले दिदी मलाई बहिनी भन्नु हुन्छ । आमा बुबाले पनि मलाई अपनाउनु भयो । मलाई नअपनाउने मात्र मेरो दाई हुनुहुन्छ । दाईसंग पनि कुराकानी हुन्छ । तर पहिलाको कुरा सम्झिदा खेरी उहाँले गरेको अभद्र व्यवहारहरु सोच्दा खेरी मलाई एकदमै नराम्रो लाग्छ । अहिले सुख पाए पनि त्यो सबै कुरा भोगिरहेको छु । अहिले पनि कहिले काहीढोका थुनेर रुन्छु । मेरो आमा बुबाले मलाई छोडेर जानु भयो । त्यसमा चाडपर्व आउँदा सबै जना कति रमाइलो गछनर्् । सबै जना घर जान्छन् ।तर मेरो घरमा कोइ छैन । घरमा दाई, भाउजु हुनुहुन्छ । आमा नहुदाँ उहाँहरु अपनाउनु हुन्न । घरमा पनि पैसा दिउञ्जेलसम्म मात्र हो । आमाबुबा घरमा नहुदाँछोरीको घरै हुदैन । अहिले त मात्र पैसाको युग हो । पैसा दिदाँ सबै जना आफ्नो हुन्छ । पहिला घरमा पैसा दिन्थे ।आज भोली दिन्न । किनभने मैले सबै कुरा भोगिसकेको छु । अब म आफ्नो जिवन हेर्छु, पैसा सेभिङ्ग गर्छु ।
६. एस.एल.सीपछिको यात्रा कस्तो रह्यो ?
एस.एल.सी नवलपरासीबाट नै दिएको हुँ । त्यसपछि म दिदीसंग गएर पाल्पामा पढे । पाल्पामा मैले प्लस टुसम्म केटा कै भेषमा पढे ।त्यस बेलासम्म मेरो झन हिम्मत बढ्दै गएको थियो । मैले इन्टर पढ्दा पढ्दै हाम्रोसमाजका साथीहरु आउनु भएको थियो ।उहाँहरुले धेरै कुरा बताउनु भएको थियो । त्यसपछिझन म छर्लङ्गभए । म जस्तो मान्छे पनि हुदारहेछन् । म जस्तो मानिसले पनिे पछि यस्तो राम्रो काम गर्दै रहेछन् । म पनि राम्रोसंग पढ्छु । अझै राम्रो सित पढेर म पनि यस्तै बन्छु भनेर मलाई हौसला बढ्यो । मैले प्लस टुसम्म पुरा गरे । वीरगंज आएर ठाकुर राम क्याम्पसबाट स्नातक गरें । काटर्स, मेजर अंगे्रजीबाट स्नातकोत्तर गरेको छु ।
७) नवलपरासीको मान्छे बारा यात्रा कसरी तय भयो ?
मैले प्लस टु पाल्पाबाट पुरा गरें । ठाकुरराम बहुमुखी क्याम्पसमा ब्लु डाइमण्ड सोसाइटीको सन्ध्या लामा प्रोजेक्ट कोडिनेटर सहितको साथीहरु आउनु भएको थियो । त्यसपछि उनीहरुसंग चिनजान भयो । मैले उनीहरुसंग कोडिनेशन गरें । आफ्नो कुराहरु भने । आमा बुबाको पनि मृत्यु भइसकेको थियो । उनीहरुसंग कोडिनेसन भएपछि वीरगंज आउर यतै पढाई गर भन्नु भयो । त्यसपछि म वीरगंजको ठाकुरराम क्याम्पसमा आए । उहाँहरुसँगको फोन सम्पर्क गर्दै म वीरगंज आइपुगे । त्यसपछि सन्ध्या लामासंग बस्थें । उहाँसंगै बस्न, हिडन थालें । सबै कुराहरु सिक्न थाले । उहाँ आफै एउटा प्रोजेक्ट कोडिनेटर हुनुहुन्थ्यो । उहाँले एकदम मलाई लिड गर्नु भयो । यसरी काम गर्नुपर्छ भनेर । दुःख मान्नु हुदैन, हार खानु हुदैन, जिवन भनेको संघर्ष हो, तिमीले जिवनमा हार मान्नु हँुदैन, संघर्ष गरेर अगाडी बढ्नु पर्छ भन्नु हुन्थ्यो । जबसम्म मानिस संघर्ष गर्दैन, तबसम्म त्यो मानिस होइन भनेर उहाँले मलाई धेरै सम्झाउनु भएको छ । त्यसपछि विभिन्न क्रियाकलापमा मलाई संलग्न गराउनु भयो । स्नातक गर्ने क्रममा भ्याकेन्सी खुलेको थियो । कलैया बारामा फिल्ड लेभलमा भ्याकेन्सी भरेको थिए । त्यसमा छनोट भएर काम गर्न थाले । वीरगंज पढनको लागि र कलैयामा काम गर्नको लागि आउन जान थाले । अहिले बारामा नै नियमित बसेर काम गरिरहेको छु ।
८) फिल्डमा काम गर्दा केही अप्ठ्याराहरुको पनि सामना गर्नु परेको छ ?
फिल्डमा काम गर्ने क्रममा धेरै जसो केटाहरु जिस्काउँथे । कसैले हिजडा, मौगा, छक्का भन्ने कसैले लवन्डा भन्ने इत्यादि किसिमका नराकात्मक शब्दहरु प्रयोग गरेर जिस्काउथे । मैले झगडा गर्न चाहेको भए त्यहाँ झगडा हुन्थ्यो । तर म एकदम नम्र स्वभावको थिए । म उनीहरुलाई सम्झाउँथे । काम गर्दै जाँदा १ वर्षपछि डिआइसी इन्चार्जको पोस्टमा भर्ना खुल्यो । त्यसमा पनि दर्ता भएँ । पुष्पा लामा म्यामले सर्पोट गर्नु भयो । त्यसपछि म अफिसमा बसेर काम गर्न थालें ।
९)बारा जिल्ला रहेर के कस्ता काम गर्नु भएको छ ?
बारा जिल्लाको १६ वटा पालिकामा गएको छु । सबैभन्दा बढि कलैया उपमहानगरपालिकामा काम गरेको छु । म फिल्ड लेभलमा काम गर्दा जुन मानिस हाई रिक्स (उच्च जोखिम) मा हुन्थ्यो । त्यो भनेको बिना कन्डम सेक्स गर्ने, बहुसांख्यीक यौन साथी बनाउने, जसले एचआइभी, एडसको बारेमा अथवा एलजिबिटिआईको बारेमा केही कुरा थाहा नभएका पनि पाइयो । त्यस्ता व्यक्तिहरुलाई भेटेर काउन्सिलिङ्ग गर्थाैं । काउन्सिलिङ्ग गरेर उनीहरुलाई एचआइभी एडसको जाँच गर्नको लागि अफिस पठाउँथ्यांै ।
१०) एलजिबीटिआइक्यु भनेको के हो ?
एलको अर्थ महिला समलिङ्गी एक महिलाले अर्का महिलालाई मन पराउने । उसले पुरुषलाई मनै नपराउने । जि भनेको गे पुरुष समलिङ्गी भनिन्छ । एक पुरुषले अर्को पुरुषलाई मन पराउँछ । उसले महिलालाई मन पराउदैन । बि भनेको दुबै लिङ्गी प्रति आकर्षण हुने व्यक्ति । एउटा महिला छ भने एउटा पुरुष प्रति पनि आकर्षण हुने र महिला प्रति पनि आकषर्ण हुने । अनि एउटा पुरुष छ भने पुरुषलाई पनि मन पराउने र महिलालाई पनि मन पराउने । टि दुई प्रकारको हुन्छ । तेश्रो लिङ्गी महिला र तेश्रो लिङ्गी पुरुष उदाहरणको रुप मलाई हेर्न सक्नु हुन्छ । म टि तेश्रो लिङ्गी महिला हो । तेश्रो लिङ्गी पुरुष भनेको जन्मिदा बालिका भएर पछि पुरुष हुने हो । पछि आएर पुरुष जस्तो बस्ने कपाल काटने, पुरुषको जस्तो मन भएको । आइ भनेको अन्तर लिङ्गी एउटा आमाले जन्माउँदा एउटा बालक वा बालिकालाई मात्र जन्म दिनु हुन्न । आमाले एउटा अन्तर लिङ्गी बच्चालाई पनि जन्म दिन सक्नु हुन्छ । यौन अस्पष्ट भएको लिङ्ग अस्पष्ट भएको बच्चा पनि जन्म दिन सक्नु हुन्छ । त्यस्ता बच्चाहरु बारा जिल्लामा ८ जना छन् । क्यु भनेको सबैको छाता संगठन हो । क्युमा यस्तो व्यक्ति हुन्छ, त्यो सबै किसिमका मानिसहरु हुन भनेर बुझ्नुपर्छ ।