लायन्स क्लब अफ बीरगंज सेन्ट्रल सिटिद्धारा आयोजित लायन्स क्लब इन्टरनेशनल पिस पोष्टर प्रतियोगिता नवदीप एकेडमी स्कुलमा सम्पन्न भएको छ ।
प्रतियोगितामा ११ देखि १३ वर्ष सम्मका विद्यार्थीले भाग लिएका थिए । सो प्रतियोगितामा कुल ६५ जना विद्यार्थीले भाग लिएको स्कुलका संस्थापक एवं प्रधानाध्यापक सुशिला साह जानकारी दिए ।

सो प्रतियोगितामा लायन्स कल्ब अफ सेन्ट्रल सिटि बिरगंजका आई.पी.डि.जि लायन डि.एन अग्रवाल ,उपजिल्ला गभर्नर लायन राम बिहारी पाण्डे, एरिया चिफ लायन श्याम गुप्ता, जिल्ला कार्यकारी प्रमुख लायन बासु तिमल्सिना, महिला सशक्तिकरण जिल्ला उपप्रमुख लायन गुडि जोशी , जिल्ला अध्यक्ष लायन मिना टिवडेवाल , डिजिटल मार्केटिङ संयोजक लायन नरोत्तम पाण्डे , सचिव लायन देवन्ति साह , कोषाध्यक्ष कविता खडका , सदस्य लायन अनामिका , सदस्य लायन असोक बेरिबाल , सदस्य लायन दिगमबर गुप्ता , उपाध्यक्ष लायन सुशिला साह , अध्यक्ष्य लायन डा.लक्ष्मी थापा , लायन संगीता पोखरेल लागायतकाको उपस्तिथि रहेको थियो ।
त्यसका साथै कार्यक्रममा स्कुलका शिक्षक, शिक्षिका, विद्यार्थी, समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो भने संचारकर्मीमा जगत राई, अभिलाष गुप्ताको पनि उपस्थित एवं कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, नेपाल दलित महिला संघ पर्साका अध्यक्ष निला कुमारी रामको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
तस्वीरहरुः




