नवदीप एकेडमीले वीरगंज कपडा बैंकलाई कपडा वितरण गरि सहयोग गरेको छ ।
स्कुलका संस्थापक एवं प्रधानाध्यपक सुशिला साहले स्कुलकै प्राङ्गणमा ३ बोरा र ७ झोला कपडाहरु बैंकका वरिष्ठ सदस्य एवं नेपाल दलित महिला संघ पर्साका अध्यक्ष निला कुमारी रामलाई हस्तान्तरण गरेका हुन् ।
विगत केही वर्ष देखी असहाय, आगलागी तथा बाढी पिडितहरुलाई घरदैलोमै पुगेर कपडा वितरण गर्देआइरहेकोमा हामी सबै बैंक प्रति निकै आभारी छौ । अहिले झन हामी नेपालीहरुको महानचाड पर्व नजिकिदैं गर्दा विपन्न परिवारलाई बैंक मार्फत कपडा वितरण गर्न पाउँदा तथा हातेमालो गर्न पाउँदा हामी नवदीप एकेडमीका सबै परिवार हर्षित भएको स्कुलका संस्थापक एवं प्रधानाध्यपक साहले जिकिर गर्नि । त्यसका साथै आगामी दिनमा पनि कपडा बैैंकलाई हाम्रो साथ रहिरहने प्रतिबद्धता ब्यक्त गर्दे बैंकका अध्यक्ष्य सिंह, सदस्यद्वय राम र गुप्तालाइ खादा ओढाएर सम्मान गरेका थिए ।
बैंकका अध्यक्ष सिंहले तपाई संग धेरै छ भने हामिलाइ दिएर जानुस र तपाईं संग छैन वा आवश्यकता छ भने हामी संग निशुल्क लियेर जानुस को मुलमन्त्रलाइ आत्मसात गरि कोइ नाङ्गो नरहोस ,सबैले नया नभए पनि सुकिलो र जाडोमा न्यानो कपडा लगाओस भनेर विगत ६ वर्ष देखि वीरगन्ज –८ मा कार्यालय स्थापना गरि पर्सा र बाराको केही स्थानहरुमा सेवा प्रवाह गर्दै आइरहेको बताउदै विगतमा पनि नवोदिप स्कुलले विभिन्न सेवामुलक कार्यहरु गर्नुका साथै दिन दुखी असहायको सेवा सहयोगमा सकृय भुमिका निभाउदै आएकोमा आफुलाइ निकै खुशी लागेको बताउदै कपडा सहयोग गरेकोमा बैंकका तर्फबाट हार्दिक आभार धन्यवाद दिदै आगामी दिनमा पनि स्कुलको सहयोग जारी रहनेमा आशावादि रहेको र आउदो दिपावली ,छठ पर्व एवं जाडो बढ्ने हुनाले छठब्रतिहरुलाई नया साडी , न्यानो कपडा ,कम्बलहरु सहयोग गर्न सम्पुर्ण मानवताप्रेमी सहयोगी हातहरु लाई आग्रह समेत गरेका छन ।
सोही कार्यक्रममा वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,सदस्य युवा अभियन्ता अभिलाष गुप्ता को साथै लायन नरोत्तम पाण्डे,स्कुलका शिक्षकहरु रमिता श्रेष्ठ ,आरती तामाङ ,गिता साह,रन्जु हाडा,बिना साह,रन्जिता साह ठकुरी,रानी प्रजापती सुशा मण्डल लगायतको सहभागीता रहेको थियो ।