१. हाड जोर्नीका समस्याहरु कस्ता आउने गरेका छन् ?
हड्डीहरु जोडिएको बीच भागलाई जोर्नी भनिन्छ । हाड जोर्नी भनेको हड्डी र जोर्नीहरुमा आउने समस्या निदान गर्नु हो । नसा सम्बन्धी रोग, मेरुदण्डका समस्या, झमझमाउने, निदाउने जोर्नी सम्बन्धी रोगहरु जस्तैः गठियाँ, हड्डी भाँचिने, फुट्ने समस्याहरु बढी मात्रामा देखिन्छ । हामी उपचार पनि गर्छौं ।
२. हाड जोर्नीको समस्या बढी हुनुको कारण के हो ?
मानिस पनि एक किसिमको मेसिन हो । पहिला मानिसहरुको घर छाप्रो एक तले घरहरु प्राय हुन्थे । दुई, तीन तले घरहरु थिएनन् । मानिसको आवत–जावत, हिडडुल, रहनसहन भूइँतलामा सीमित रहन्थ्यो । हिजो आज घरहरु धेरै ठूला–ठूला निर्माण भए । भ¥याङ्ग धेरै भए । मानिसहरु भ¥याङ्ग धेरै चढ्न थालेपछि जोर्नीहरु समस्या हुने हड्डीहरु खिइन थाल्यो । पहिलाको मानिसहरुले आफ्नो खेतबारीमा उत्पादन गरेका तरकारी, अन्न खान्थे । विषादी नभएका अर्गानिक तरकारी, अन्न उत्पादन हुने भएकोले मानिसको स्वास्थ्यमा खासै समस्या हुदैनथ्यो । अहिले किट्नाशक विषादीको प्रयोग गरेर अन्न, तरकारी उत्पादन गरिने भएको खानपानको असरले पनि हाडजोर्नी तथा नसामा समस्या भएको छ । भने कतिपय जन्मजात रगतमा खराबी भएको हुन्छ । आफ्नो शरीरको कोषिका, तन्तुहरु रोगसंग लड्ने क्षमताले आफ्नो शरीरलाई अर्कै किटाणु भन्ने ठानेर आक्रमण गरेर हाड जोर्नीमा समस्या हुन्छ । अहिले सवारी साधन धेरै भए । पहिलाको तुलनामा मानिसहरुको आवत जावत बढी हुने भएकोले दुर्घटना भएर हड्डीहरु भाँचिने समस्या बढी हुने कारण हो ।
३.हाड जोर्नीका समस्याको रोकथाम कसरी गर्न सकिन्छ ?
हाड जोनी तथा नसा रोगका समस्याहरुबाट बच्न हामीले प्याकेटमा आउने खानाहरु सकेसम्म कम खानु पर्छ । चिल्लोरहित खानेकुराहरु खानुपर्छ । सकेसम्म आफैले उत्पादन गरेको सागसब्जी, तरकारीहरु प्रशस्त मात्रामा खानु पर्छ । भिटामिन डी र क्याल्सियमयुक्त खानेकुराहरु बढी खानुपर्छ । आफ्नो जीवनशैली सहज तरिकाले संचालन गर्नुपर्छ । आफ्नो तीन तला घर छ भने सबै भन्दामाथि आफू बस्ने गर्छन । जसले गर्दा घर बाहिर जानु पर्दा धेरै भ¥याङ्ग चढ्नु, झर्नु पर्दा पनि हाड जोर्नीमा समस्या हुन्छ । त्यसैले घरको माथिल्लो तलामा नबसी तल्लो तलामा नै बस्नु राम्रो हुन्छ । जोर्नीहरुलाई धेरै बोझ हुने काम गर्नु हुदैन । नियमित व्यायाम, कसरत, मनिङ्ग वाक गर्ने गर्नुपर्छ । यी कुराहरुमा ध्यान दिए हाड जोर्नीका समस्यालाई रोकथाम गर्न सकिन्छ । हाड जोर्नीको उपचार रोग अनुसार फरक–फरक हुन्छ । हड्डी खिइने समस्याको लागि छोटो समयकोलागि दुखाई कम गर्ने औषधी खानु पर्छ । हड्डीहरुको आयु बढाउनकोलागि भिटामिन डी र क्याल्सियम खानु पर्छ ।
४. हड्डी पलाउने समस्या कसरी हुन्छ ?
हड्डी पलाउनुभन्दा अगाडी हड्डी खिइन्छ । हाम्रो शरीरले हड्डी खिइएको पहिचान गर्छ । त्यसैले शरीर मेकानिक पनि हो । हड्डी खिईंदा शरीरले हड्डी बनाउन खोज्छ । हड्डी बनाउने क्रममा चाहिने ठाउँमा हड्डी नबनाएर हड्डीको वरिपरि नै हड्डी बनाइदिने भएकोले हड्डी पलाउने हुन्छ । हड्डी खिइएको कारण हड्डी पलाएको हो । शरीरले चाहिनेभन्दा अन्य भागमा हड्डी पलाउँदा समस्या भएको हो ।
५. हड्डी पलाउने समस्याको उपचार कसरी गरिन्छ ?
हड्डी पलाउने समस्याको उपचार गर्न पनि विभिन्न चरणमा गरिन्छ । चार वटा चरणमा उपचार गर्न सकिन्छ । तेस्रो चरणसम्म अप्रेशन गर्नु पर्दैन । औषधीबाट नै ठिक हुन्छ । दैनिक जीवनमा हिड्डुल गर्न गाह्रो छ भने अप्रेशन गर्नुपर्छ । अन्तिम अवस्था भनेको अप्रेशन हो । जसलाई हामी जोर्नी प्रत्यारोपण भनिन्छ । खिइएको हड्डी निकालेर स्टिल र पोलिथिलिन भन्ने धातुहरु हुन्छ । स्टिलको हड्डी त्यहाँ हालिन्छ । जसले गर्दा मानिसको दुखाई कम हुने, हिड्डुल गर्न सजिलो हुन्छ ।
६. हड्डीको उपचार नागरिकको पहुँचमा छ ?
नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रमले जनतालाई उपचार गराउन सजिलो भएको हो । अन्य उपचारभन्दा हड्डीको उपचार मंहगो नै हुन्छ । अप्रेशनमा स्टिलको समान हाल्नु पर्ने भएकोले उपचार मंहगो पर्न जान्छ । त्यो विमाले समेट्दैन । हात, खुट्टा भाँचिएपछि स्टिल हाल्नु नै पर्छ । ठूलो–ठूलो अप्रेशनहरुमा ३ देखि ५ लाखसम्म खर्च हुन्छ । सबै जनता एकै नाश छैनन् । जोर्नी प्रत्यारोपण गर्नु परेमा जनताको पहुँचभन्दा हड्डीको उपचार बाहिर छ ।
७. नेपाल सरकारले के गरेमा उपचार सहज हुन्छ ?
जति पनि जोर्नी प्रत्यारोपण गर्नुपर्ने बिरामीहरुलाई पहिचान गरेर सरकारले शिविर संचालन गरे हिड्डुल गर्न नसक्ने बिरामीहरुलाई सहज हुने गरी अप्रेशन गर्ने कार्यक्रम ल्याए सजिलो हुन्छ । हिड्डुल गर्न नसक्ने बिरामीलाई उपचार गर्न सकिन्छ ।
८. नसा च्यापिने समस्याको अप्रेशन नै विकल्प हो ?
कुनै मानिसको नसा च्यापिएर प्यारालाइसिस् भएको छैन, दुखाई मात्र छ भने यसमा औषधी र कसरतले नै ठिक हुदै जान्छ । तर कुुनै व्यक्तिलाई लामो समयदेखि दुखाई छ । ६ महिनादेखि लगातार दुखिरहेको छ, झमझमाईरहेको छ भने ६ महिनापछि अप्रेशनको बारेमा सोच्न सकिन्छ । अप्रेशन गर्नै पर्छ भन्ने होइन । दिसा, पिसाब गर्ने नसा च्यापियो भने इमर्जेन्सी अप्रेशन गर्नुपर्छ । खुट्टा प्यारालाइसिस भएको अवस्थामा औषधी खादाँ पनि सुधार भएन । खुट्टा झनै प्यारेलाइसिस् हुदै गएको अवस्थामा अप्रेशन गरिहाल्नु पर्छ ।
९. कस्तो सावधानी अपनाउनु पर्छ ?
विशेष गरेर भ¥याङ्गको प्रयोग कम गर्ने । पलैटी कसेर भूईमा बस्ने बानी राम्रो होइन । सकेसम्म पिर्कामा, कुर्सीमा बस्ने बानी बसाल्नु पर्छ । सकिन्छ भने घरको ट्वाईलेट कमोट ट्वाईलेटमा परिवर्तन गर्नुपर्छ । टुक्रुक्क बस्नु हुदैन । निहुरिएर धेरै समयसम्म काम गर्नु हुदैन । निहुँरिएर धेरै बोझ उठाउनु हुदैन । नसाहरु सड्किने समस्याहरु आउँछ । हामीले गर्न सक्ने सामान्य सावधानी हो । कपडा धुँदा पिर्कामा बसेर कपडा धुने । घर बडार्दा बसेर बढार्ने । कुचोहरुमा डण्डी जोडेर उठेर बढार्न सकिन्छ । यसरी सावधानी अपनाएमा हड्डीको आयु बढ्दै जान्छ ।
१०.जोर्नीमा देखिएका समस्या लामो समय रहन्छ ?
हड्डीको धेरै जसो समस्या निको नै हुन्छ । हामीले समयमा अस्पताल गएर समयमा नै डाक्टरसंग जाँच गराउनु पर्छ । समयमा डाक्टरलाई भेटेमा समयमा नै रोगको पहिचान हुन्छ । समयमा नै उपचार हुन्छ । धेरै ढिलो भएपछि रोकथाम गर्न मिल्दैन । त्यसैले उपचार गर्न पनि गाह्रो हुन्छ ।
११. अन्त्यमा आम नागरिकलाई थप के सुझाव दिनु हुन्छ ?
खानपानमा विशेष सचेत हुनुपर्छ । प्याकेटको खानेकुराहरु कम खानु पर्छ । पोषिलो खानेकुरा खानु पर्छ । हड्डी र जोर्नीलाई स्वस्थ्य राख्न बिहान नियमित रुपमा १० मिनटसम्म बाटोमा हिड्नु पर्छ । निहुरेर धेरै समय काम नगर्ने, टुक्रुक्क बसेर काम नगर्ने, निहुरिएर भारी समान नउचाल्ने, बाहिर हिडडुल गर्दा पनि सचेत भएर हिड्डुल गर्ने गर्नु पर्छ ।