देश प्रेम प्रति ओतप्रोत भोजपुरी फिल्म ‘देश प्रेमी’ को प्रिमियम शनिवार समपन्न भएको छ । माँ राधिका ईन्टरनेशनल मुभिज प्रालि र आदि शक्ती ईन्टरटेनमेन्टको व्यानरमा बनेको चलचित्रले भारतमा निर्मित भोजपुरी फिल्मलाई प्रतिष्पर्धा गर्न सक्ने खालको निर्माण भएको प्रिमियम शो मा उपस्थितहरुले बताएका छन् ।
वीरगंजका उधोगी एवम् रवि ग्रुप एण्ड कम्पनिजका रविन्द्र बर्णवालले निर्माण गरेको यस फिल्मको निर्देशन जेके मास्टरले गरेका छन् । निकै विरक्त लाग्दो घटनाले देशमा बढेको हत्या, हिंसा, बलात्कार र अपहरण जस्ता घटनाले देशको भलो गर्ने पहरेदारको आवश्यक्तालाई नायक परदेशी साह उर्फ ‘एस पी खरेल’ ले पुरा गरेका छन् ।
२० वर्ष अगाडी भएको घटनाक्रमले समाजमा एकक्षत्र राज गरिरहेका एक राजनितिज्ञले समाजलाई कति हदसम्म शासन गर्न सक्ने फिल्ममा देखाईएको छ । फिल्ममा देश एकातिर अर्कोतिर भने, भारतिय नायीका पुण्म पाण्डे प्रेमि परदेशीलाई नाटकिय रुपमा देशको भलो गरिरहेको दर्शाइएको छ । त्यहि समय एक नयाँ मोडले फिल्ममा दर्शकलाई हेरुहेरु झै लाग्ने बनाएको छ । फरक शैलिमा फिल्ममा प्रस्तुत भएकी उनको र परदेशीको जोडीले दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएको छ ।
हिरो परदेशीसंगै प्रहरी सेवामा रहेकी हिमानि गिरीले भने मनमनै मन पराईरहेका परदेशीलाई समय मै भन्न नसकेकाले नायीका पाण्डेसंग घटना क्रमले विवाहसम्म पु¥याइएको छ ।
खासगरी शालिन गित संगित र चटकदार प्रस्तुति सहितको ‘ए करेजा करेजा हमर काट्ल, आपन सिनामे सुलेशन से साटल’, ‘गोदिया मे हम के उठाल ए एसपी शैया’, ‘अउघि आएन रातभर’, ‘हमके पटाल सतुवा खुवाई के’, ‘विना लिपिस्टीक के ओठवा तोहार नेचुरल लागेला’, र ‘बडि लाग्ता लाज’ लगायतको लाज्जा छोपिएसम्मको दृश्यहरु समेटिएको छ ।
यसअघि विभिन्न फिल्ममा हिरोको रोलमा भुमिका निर्वाह गर्दै आएका प्रकाश नेपाल यसफिल्ममा भिलेनको रुपमा देखिएका छन् । रेवन थापाको द्वन्द्व निर्देशन रहेको फिल्ममा कमेडियन बैधनाथ प्रसाद मेहतोले गरेका छन् ।
१ करोड १० लाखको लाग्तमा निर्माण गरिएको देश प्रेमीको मुम्बईमा पोस्ट प्रोडक्सन भएको हो । यस फिल्मले भारतको एकक्षत्र भोजपुरी फिल्मी दुनियाँमा तहल्का मचाउने देखिन्छ । यसको प्रमुख कारण फिल्मको कथा, दृश्य छयांकन र प्राविधिकमा निकै काम भएको हिरो परदेशी साहले बताए । सावारिया, श्याम देहातीको ल्यारिश रहेको फिल्ममा पहिलाको कमि कमजोरीलाई सुधार गर्दै फिल्म ल्याईएको उनले बताए ।
फिल्मकी सह अभिनेतृ हिमानि गिरीले भनिन, यस फिल्म मेरो पहिलो फिल्म भएकाले धेरै खुशि भएको छु, हामीहरुले निकै कडा मेहनतका साथ दर्शक माझ देशप्रेमि आएको हो ।
मधेशमा बन्ने फिल्म सानोदेखी ठुलोसम्म लगानी गर्न तयार रहेकाले यस फिल्मले दर्शकहरुको पैसा असुल गर्ने देखिन्छ ।
भेजपुरी भाषालाई संस्थागत रुपमा विकास तथा प्रवद्र्धन र प्रोत्साहन गर्ने उदेश्यले प्रेम प्रसंगमा अधारित देशप्रेमि फिल्म निर्माण गरिएको निर्माता बर्णवालले बताए ।
पेखराको फेवाताल, चितवनको सौराहा, प्रदेश २ को वीरगंज लगायतको स्थानमा छयांकन गरिएको यस फिल्म २ महिना भित्र सिनेमाघरहरुमा ल्याउने तयारीका साथ प्राविधिकदेखी फिल्म वितरणका लागी नेपाल, भारत सहित मोरिसस, कतार र दुबेमा समेत प्रदर्शन गर्ने गरी कडा मेहनत भईरहेको उनको भनाई छ ।
पहिलो ६ वटा सम्म फिल्म निर्माण गर्ने योजनाका साथ फिल्म व्यवसायमा आएका उधोगी वर्णवाल हरेक भाषाभाषीको संरक्षण तथा प्रोसाहनका लागी नेपाली भाषामा रेज सुज त्यस्तै भोजपुरी मै दिवाना मस्ताना लगायतको फिल्म क्रमश व्यापार अनुसार ल्याउने योजना रहेको सुनाए ।
शनिवार समपन्न प्रिमियम शोमा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले केक काटेर शुभारम्भ गरेका थिए । कार्यक्रममा प्रदेश सांसद राघनि वर्णवाल, ओमप्रकाश शर्मा, उधोग वाण्ज्यि संघका अध्यक्ष गोपाल केडिया, उधोगी अशोक बैद्य, सुबोध गुप्ता लगायतको उपस्थिति रहेको थियो ।