चीनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक भ्रमणको निम्तो दिएको छ। चिनियाँ प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै डिसेम्बर २ देखि ६ सम्मको लागि चीन भ्रमणको निम्तो पठाएका छन्।
एक हप्ता अघि नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरूले परराष्ट्र मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयमा सो निम्तो पुगेको जानकारी दिइएको थियो। हालसम्म प्रधानमन्त्री ओलीले यो निम्तोको औपचारिक जवाफ भने दिएका छैनन्।
यही अवसरमा, संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच असोज ११ गते न्यूयोर्कमा भेट भएको थियो। सो भेटमा वाङले प्रधानमन्त्री ओलीलाई नोभेम्बरको अन्त्य या डिसेम्बरको सुरुवातमा भ्रमणको निम्ता दिने कुरा बताएका थिए।
बालुवाटार स्रोतका अनुसार चीनबाट आएको निम्तोको बारेमा प्रधानमन्त्री ओली छिट्टै निर्णय गर्ने तयारीमा छन्।
यसैबीच, परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी गरिरहेकी छिन्। ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पनि अमेरिकामा भेट भएको थियो, जहाँ नेपालबाट मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको थियो। यद्यपि भारतीय पक्षले प्रधानमन्त्री ओलीलाई बोलाउने विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।
केपी शर्मा ओलीले गत असार ३० गते प्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेका थिए। यसअघि, उनले चीन र भारतका लागि कुनै भ्रमण गरेका थिएनन्, र यस पटक चीनले उनलाई भ्रमणको औपचारिक निम्तो दिएको छ।
प्रधानमन्त्री ओली चीन भ्रमणमा गएमा बिआरआइपरियोजनालगायत विषयमा पनि कुराकानी हुने अपेक्षा गरिएको छ।