वि.सं. ०७० सालदेखि वीरगंजमा तराई आमा समुह अन्तर्गत वि.सं. ०७३ सालमा कृषि चेली समुह गठन गरी आफ्नो पहिचान महिलामा मात्र हैन, यो शहरमा नै आफुलाई चिनाउन सफल भएकी कमला घिमिरे वि.सं. ०३२ साल मसिंर ०६ गते स्व. बुवा मान बहादुर योञ्जन तथा आमा नरमाया लामाको कोखबाट जन्मेका सात दिदी–बहिनी मध्ये चौथो सन्तानको रुपमा जन्म भई जन्मस्थल जिल्ला तेह«थुम आठरैछातै ढुङ्गामा घरपरिवार सम्पन्न भएर पनि सोही जिल्ला तेह«थुमबाट साधारण लेखपढ गरी वि.सं.०४९ सालमा जिल्ला मकवानपुर हेटौडा स्थित निवासी समाजसेवी राजकुमार घिमिरे संग विवाह बन्धनमा बाधिन् पुगिन । यो समाजमा छोरीहरुले केही गर्न सक्दैन भन्ने कुरालाई प्रमाणित गरेर देखाउने सफल पात्र पनि हुन् उनी । रातदिनको मेहनत, लगनशिलता, श्रीमान्को पनि पूर्ण सहयोग र साथिसंगिको हौसलाको कारण आज उनी जस्तै ६२ जना महिलालाई रोजगारी दिन सफल भएकी बताइन् । हाल उनी वीरगंज १६ मिथिलानगरमा बसोबास गर्दै आईरहेकी कमला घिमिरे संग मध्य नेपालले गरेको कुराकानीः
१) वर्तमान अवस्थामा प्रदेश नं.२ मा महिला उधमीहरुको अवस्था कस्तो पाउँनु भएको छ ?
उधमी महिलाहरुलाइ सहयोग छ दिगो विकासका लागि । उद्यमी महिलाहरुको अवस्थामा केही सुधार आएको हो तर सुधार आएको भन्दैमा प्रभावकारी भने छैन । बिशेषत निती नियमको बारेमा त्यती अनभिज्ञ नहुँदा पनि कुनै उधोग, ब्यवसाय संचालन गर्न अप्ठ्यारो परेको अवस्था छ । रिपोर्ट छ सपोर्ट छ तब पनि उधमी महिलाहरुसंग समन्वय छैन । अहिलेको बजेट निमित्त कार्यक्रम पार्नको लागि आफनो मान्छे चाहिन्छ । सम्बन्धित निकायले पनि महिला उद्यमीहरुलाई उपलब्ध गराउने सेवा सुबिधा र सुचनाको बारेमा पुर्णरुपमा जानकारी गराउँनु पर्दछ । सबै महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न समय समयमा क्षमता अभिबृद्धी गराउने किसीमको तालिम प्रदान गराउँनु पर्दछ ।
२) तपाइ महिला उधमी हुनुहुन्छ । सबै सरोकारवालाहरुले महिलाहरुलाई सक्षम उधमी बनाउनु पर्छ भन्दै आएका छन् । यसको लागि के भन्न चाहनुहुन्छ ?
महिला उधमी र दिगो विकासका निम्ति महिलाहरु उधमी हुन चाहने हो भने त्यो ठाउँमा नपुगेको ठाउँमा पुग्नु प¥र्यो । जुन व्यक्तिद्घारा समन्वय भएर काम भएको छ भने त्यो वास्तविक काम भएको छ कि छैन । त्यसको पनि अवलोकन हुन जरुरी छ । जो गर्न चाहिरहेको हुँदा उनीहरुको लागि ढोका बन्द छ । जो नचाहँदा पनि उसलाई कार्यक्रमहरु थुप्रि रहेको छ । त्यसले गर्दा कामको मूल्याङ्कन हुनुपर्छ । जुन संस्थाले आफनो लगानी बाट केही तालिमहरु गराउँदै छ भने त्यहाँ सहयोग हुन जरुरी छ । जुन ठाउँमा सिप दिइन्छ भने त्यहाँ दिगो हुनुपर्छ । घर–घरमा रोजगारको सिर्जना गर्नुपर्छ । असक्षम महिलाहरुलाई सक्षम बनाउनु पर्छ । आश्वासन को साथसाथै उनीहरुमा हातेमालो गर्न आवश्यक छ । महिला माथि आएको बजेट महिला माथि नै खर्च हुनुपर्छ ।
३) यहाँ विगत कति वर्ष देखि महिलाको क्षेत्रमा महिलालाई नै उधमी बनाउने उद्घेश्यले कार्य गर्दै हुनुहुन्छ ?
म बिगत लामो समय देखी यस क्षेत्रमा लागेको हु । तर महिला उधमीको लागि विगत ३ वर्षदेखि काम गर्दैछु । त्यो भन्दा म पहिला आफनै काम गर्थे । त्यो काम आफुलाई मात्र हुन्थ्यिो ।
तराइमा महिलाको अवस्था असहज नै छ । घरेलु हिंसामा परेका, आर्थिक अवस्था कमजोर रहेको, सानो–सानो कामको लागि पनि श्रीमान् संग पैसा माग्नु पर्ने अवस्था हुँदा त्यसैमा द्घन्द । गरिबी हुनु नै झगडाको सुरुवात हुनु जस्तो लाग्थ्यिो । कसरी यी महिलालाई रोजगारीमा ल्याउने । त्यो भिजन राखेर प्लाष्टिक मुक्त कपडाको झोला, किचन प्याड, एप्रोन जस्ता जुन काम सुरुवात गरे विरगंज, पोखरा झापा, हेटौडा चितवनमा बजारीकरण गर्न सजिलो छ ।
४) छरिएर रहेका महिलाहरुलाई एकिकृत गरी उधम बनाउँदै आईरहनु भएको छ । यसको बारेमा बताईदिनुस न् ।
जब म यस वीरगंजमा १९ वर्ष पहिला आउँदा खेरी महिलाहरुलाई हेर्दा एकदमै पछाडी परेका र घरदेखि बाहिर निस्कन पनि गा¥हो मान्ने । दाईजो प्रथा बालविवाह धरै कठिन अवस्थामा देख्दा मेरो मन विचलित हुन्थ्यिो । मैले पनि महिलाहरुको लागि केही गर्न पाए हुन्थ्यिो, यहाँ बसिरहेका महिलाहरुको लागि केही सिप ल्याउन पाए हुन्थ्यिो , जस्तो मनमा लागिरहन्थ्यो । केही गर्नको लागि सरकारी निकायतिर पनि पुगे । तर म सक्षम भएन ।
हाम्रो वीरगंज बोर्डरकै सबभन्दा ठुलो नाका हो । यहाँ धेरै महिला बेरोजगार पनि छन र बाहिर निस्किएर पनि हिड्न सक्दैनन् । यो ठाउँमा सिपमुलक कार्यक्रम ल्याउँदा केही हुन्छ कि भनेर भने । उहाँहरुले मलाई समुह परिचालिका बनाइदिनुभयो । मलाई ३ महिना लाग्यो २० जना दिदीबहीनीको समुह गठन गरे । त्यही २० जना आमा समुहबाट बचत गराएर नै ६२ जना महिलालाई उधमी बनाउन सफल भए । हामीले अहिले कृषि, पशुपालन, व्यवसाय तिर नै लगानी गरेका छौ । सजिलो पनि भएको छ । आज हामीले ४ हजार देखि १२ हजार सम्म कमाउने सक्षम महिला पनी बनाएका छौ ।
५) यहाँले लगभग ६२ जना महिलाहरुलाई उधमी बनाउन सफल हुनुभएको छ । पहिले र अहिले समाजले हेर्ने दृष्टिकोणमा के फरक पाउँनु भएको छ ?
पहिला पहिला के थियो भने महिलालाई उधमी बनाउन धेरै गा¥हो थियो तराइमा । महिला बाहिर निस्केर काम गर्नु हुदैँन । महिलाहरु घर भित्र पर्दामा नै बस्नुपर्छ । काम भनेको कुरा उनीहरुले बाहिर गर्ने नै हैन । विशेष गरेर तराइमा त्यही कुरा बढी चलिरहन्छ । शहरमा भन्दा ग्रामिण भेगमा परिवर्तन हुन सकेको छैन । आर्यआर्जनमा पनि महिलालाई अनुमति दिएको छैन । पुरुषले नै कमाएर दिएको पैसामा बस्नुपर्छ भन्ने हाम्रो समाज । अहिले समाजले हेर्ने दृिष्टकोण एकदमै राम्रो पाएको छु ।
६) महिलाहरु एकिकृत भएर काम गरेको पनि लामो समय भयो भनेर यहाँले भन्नुभयो । अहिले सम्म कति जना महिलाहरु संगठित भएर अझ अगाडी बढ्दै आइरहनुभएको छ ?
अहिले सम्म हाम्रो साढे तिन वर्षको दौरानमा लगभग ३ सय पच्चीस जना दिदीबहिनी यस संस्थामा आवद्ध छन् । अझै पनि बढ्ने क्रम एकदमै छ । यो कसरी बढ्ने क्रम भयो भने जस्तै कि घरेलु हिंसा का केस हेरियो । श्रीमान्–श्रीमती बिच परामर्श पनि दिने । कोही महिला बेरोजगार र असहाय छन् भने उनीहरुबाट अलिकति भए पनि बचत गर्नु पर्छ भनेर भन्छौ । सबै दिदीबहिनीको समुह मिलेर कसरी उसको आवश्यकता कसरी पुरा हुन्छ भनेर पनि लागि प¥र्छौ । कृषि, पशुपालन र व्यवसाय मा पनि लगानी गराएर विना धितो विश्वासले दिएका छौ । त्यसैकारण एक–अर्का गरी आज हामी यहाँसम्म अगाडी बढ्दै आईरहेका छौ ।
७) यँहा विगत लामो समयदेखि महिलाहरुलाई एकिकृत गराइ, बचत गराउने र महिला हिंसा र हक–अधिकारको कुरामा पनि वकालत गर्दै आईरहँदा अहिले सम्म कत्तिको सजिलो या गाह्रो महसुस भएको जस्तो लाग्छ ?
गाह«ो साघुँरो भनाई धेरै किसिमका हामीलाई आउँछ । अहिले त्यस्तो छैन । अब सजिलो मलाई के भयो भने एक्लै हैन कि म संग दिदीबहिनीको सहयोग पाएको छु । आज तपाईको जिम्मा यो भने पछि त्यो जिम्मेवारी पुरा पनि गर्नुहुन्छ । यसकारण म एक्लै गरेको काम भएको भए धेरै गाह«ो हुन्थ्यिो । तर दिदीबहिनीको सहयोगले गर्दा एकदम सफलता पाएकी छु । अबको दिनमा आशा छ कि अझ पनि यो पर्सा जिल्लामा यतिमा मात्र सिमित हुदैन । हाम्रो असिमित तरिकाले पर्सा जिल्ला भरिका सबै दिदीबहिनीलाई समेटेर अगाडी बढाउँने र बेरोजगार महिलालाई रोजगार को साथै नयाँ–नयाँ सिपमुलक तालिम दिई उधमी बनाउँदै आएका छौ । परामर्श त आवद्ध भएका सबै दिदीबहिनीलाई दिदै आईरहेका छौ ।