बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. १ स्थित श्री खैराती माई मेला, त्रिवेणीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
साहस नेपाल फेटा बारा र गढीमाई साझेदारी वन व्यवस्थापन समिति पथलैयाको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि डिभिजनल वन अधिकृत राजिव कुमार झाको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता गढीमाई साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष राम एकबाल साह तेलीले गरेका थिए।
रक्तदान कार्यक्रममा १ महिला सहित २५ जनाले रक्तदान गरेका छन्। रक्तदाताहरूमा रबिना साह, सुरेश प्रसाद यादव, अर्नुक भुजेल, अम्बिका ठाकुर हजाम, नरेश दास, प्रेम कुमार साह, राम एकबाल प्रसाद साह, बैजु पटेल, र जगत नारायण महतोलगायत सहभागी भएका थिए। नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता, सामाजिक अभियन्ता राजेन्द्र भट्टराई, र बिरगंज रक्त सञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डे, मनिष गुप्ता, र नितेश यादवको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा वन अधिकृत ललन राउत कुर्मी, वडा अध्यक्ष बिगन दास, लाल बाबू मुखिया, शेषनाथ कुशवाहा, राज देव पटेल, प्रभु साह, बिनोद साह, प्रकाश साह, र साहस नेपाल फेटा बाराका अध्यक्ष राजेश प्रसाद कुशवाहालगायत अतिथिको रूपमा उपस्थित थिए।