वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कलेज परिसरमा आयोजित सो कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन्। कार्यक्रम कलेजका प्रबन्ध निर्देशक (एमडी) शाहनवाज अंसारीको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा काजल कुमारी गुप्ता, सुधा कुमारी, स्वकृति साही, मुदिता शाक्य, कामली श्रेष्ठ, निरन्जन कुमार चौधरी, डा. संजय साह, अरसद आलम, जितेश चन्द्र दास, डा. सरोज प्रसाद देव, महमद जुनैद, प्रदीप कुमार चौधरी, मुकेश कुशवाहा, रामजी प्रसाद कुशवाहा, रविन्द्र यादव, राजीव कुमार चौधरी लगायतले रक्तदान गरेका थिए।
“नियमित रक्तदान, स्वास्थ्य हुनुको पहिचान” भन्ने नाराका साथ कार्यक्रम सञ्चालन गरिएको थियो। रक्तदानलाई जीवनदानको रूपमा लिँदै, १८ वर्ष पूरा गरेका व्यक्तिले प्रत्येक तीन महिनामा रक्तदान गर्न सक्ने कुरा प्रबन्ध निर्देशक अंसारीले बताए।
कार्यक्रममा अस्पतालका निर्देशक डा. ईशर जहान, कलेजका प्रिन्सिपल डा. के.एन. सिंह, एडमिसन तथा मार्केटिङ निर्देशक आविद हुसेन अंसारी, भाइस प्रिन्सिपल प्रा. डा. रविशंकर गुप्ता, र नर्सिङ क्याम्पसकी भाइस प्रिन्सिपल बबिता सिंहको उपस्थिति रहेको थियो।
रक्तदानसँगै कलेजले निशुल्क मधुमेह रोग शिविरको पनि आयोजना गरेको थियो। शिविरमा रगत परीक्षणमा १५ प्रतिशत छुट प्रदान गरिएको थियो। साथै, विश्व मधुमेह दिवसको अवसरमा बिहीबार अस्पतालका सम्पूर्ण ओपीडी टिकट निशुल्क गरिएको अस्पतालका प्रशासन शाखा प्रमुख पप्पु सिंहले जानकारी दिए।