वीरगंज महानगरपालिका वडा नं. ३ प्रगति नगर बस्ने शम्भु साहको ८ वर्षीय छोरा करण साहको हत्यामा संंलग्न रहेका दोषीलाई प्रहरीले पक्राउ गरेका छन् ।
शुक्रबार आफ्नैै घर अगाडी खेलिरहेको अवस्थामा करिब १०/११ बजे छोरो करणलाई ललाई फकाई अपहरण गरिएका करण साहलाई छोड्न सोही दिन राती साढे ९ बजे नचिनेको मोबाईल फोन मार्फत ३० लाख रुपैयाँ फिरौति मागेको थियो । उक्त फिरौतिबारे राती नै प्रहरीलाई जानकारी गराए पश्चात प्रहरीले खोजविन सुरु गरेको थियो ।
घटनाको अनुसन्धान गर्ने क्रममा प्रदेश नम्बर २ को प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले शंकित व्यक्तिहरु भारत घर बताइरहेका प्रगतिनगर डेरा गरि बस्ने २० वर्षीय विकास शर्मा, बाराको कलैया उपमनपा बस्ने २२ वर्षीय सिकेन्द्र साह तेली र बाराकै खपरताता बस्ने वर्ष २१ को रामबिनेश महतोलाई प्रहरीले भाग्दै गर्दा नियन्त्रणमा लिएको थियो ।
बाराको कलैया उपमनपा वडा. २५ स्थित खौराहीमा प्रहरी बिहान २ बजे अनुसन्धान गरीरहेको बेला नियन्त्रणमा आएका व्यक्तिहरुले प्रहरीलाई झुक्याएर भाग्ने प्रयास गर्दा निजहरुलाई नियन्त्रणमा लिन गोली चलाएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए ।
प्रहरी झुक्याई भाग्ने क्रममा गोली चलाउँदा विकास शर्मा र सिकेन्द्र साहलाई कम्मर मुनीको भाग दाहिने खुट्टामा गोली लागेको छ ।
घाईते शर्मा र साहलाई कलैया अस्पताललले रेफर गरेपछि वीरगंजको नारायणी अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी गराएको छ ।
घटनाको अनुसन्धान गर्दा विकास शर्मा पिडित शम्भु साहको छिमेकी रहेको र पिडितसंग बेला बेलामा झग्डा हुने गरेकोले निजलाई तह लगाउने उदेश्यले शर्माले सिकेन्द्र साह तेली र राम बिनेश महतोलाई पैसा कमाउन भनी शम्भु साहको छोरा करण साहलाई विभिन्न प्रलोभन देखाएर अपहरण गरी बारामा लगेको रहस्य खुलेको प्रहरीले जनाएको छ ।