नेपाली समाजमा विद्यमान रहेको जातीय विभेदलाई अन्त्य गर्ने र आफ्नो प्रेमलाई सफल बनाउने उद्देश्य लिई अन्र्तजातीय विवाहमा बाधिएका सरस्वती कार्की र साहित मुर्तुजाका पहिलो र एक्लो सन्तान हुन आफ्रिन जमाली । विद्यालएकी अनुशासित, मेहेनति र सृजनशिल विद्यार्थीको उपमा पाएकी ८ वर्षिय आफ्रिन वीरगंज महानगरपालिकाको वडा नं. १२ मा रहेको रोयल एकेडेमीको कक्षा ४ मा अध्ययनरत छात्रा हुन् । आमा सरस्वती डेन्टिस्ट हुन भने बुबा साहित चितवन मेडिकल कलेजका चिकित्सक हुन् । बुवा कामको कारण चितवतमा नै बस्नु पर्ने हुँदा हाल उनी आफ्नी आमासंगै वीरगंजको छप्कैयामा बसोबास गर्दै आएकी छन् ।
खेल्नभन्दा पढ्न बढी रुचाउने आफ्रिन असाध्यै शान्त स्वभावकी छन् । गणितमा भएका हिसाबहरु गर्न रमाउने र विज्ञानमा भएका क्रियटिभिटि पढ्न रुचाउने आफ्रिन अंग्रेजीका शब्दमा अक्षर गल्ति हुने हुनाले अंग्रेजी पढ्दा अल्छि लाग्ने बताउँछिन् । अंग्रेजी विषय अल्छि लाग्ने भए पनि अंग्रेजीे फरर बोल्ने सुमन सर मेरो मन पर्ने शिक्षक हुन् उसले भनिन् । नेपाली जनतामा हर्ष ल्याउने र मद्दत पुग्ने खाल्को एउटा राम्रो ईनभेन्सन गरी वैज्ञानिक बन्ने आफ्नो लक्ष्य रहेको उसले बताइन् ।
बाहिरी रेडिमेट र अस्वस्थकर खानेकुराहरुभन्दा आफ्नो घरमै बनाएको दालभात हरियो सागसब्जी मन पर्छ उनले भनिन् । म आमालाई घरको काममा पनि सघाउँछु । अनि टिभी पनि हेर्छु । प्राय मलाई डिसकभरी र नेशनल जियोग्राफि जस्ता च्यानलमा दिने कार्यक्रमहरु मनपर्छ । म मोवाइल पनि चलाउँछु । तर केही खोज गर्नु पर्ने भएमा मात्रै उनले थपिन् ।
गत वर्ष विद्यालयमै आयोजित दौड प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल आफ्रिन विद्यालयका अन्य अतिरिकत क्रियाकलापमा पनि सहभागि हुने गरेकको विद्यालयकी प्रधानाध्यापक शवनम् श्रेष्ठले बताइन् । उ विद्यालयको राम्रो विद्यार्थी हो । शान्त स्वभावकी भए पनि अध्ययन र विद्यालयका अतिरिक्त क्रियाकपालमा प्रथम स्थान हाँसिल गर्छिन् उसले भनिन् ।
प्रतियोगिता, आर्ट एण्ड क्राफ्ट, नृत्य, दौड प्रतियोगिता, हाजिरीजवाफ लगायतका प्रतिस्पर्धात्म क्रियाकलापमा उनको रुची बढि छ । उनी सबै प्रकारका प्रतियोगितामा सहभागिता पनि जनाउँछिन् । आफ्रिन अरु विद्यार्थी भन्दा भिन्न स्वभावकी छन् । उसको मौनता र शान्त स्वभावमा धेरै कुुराहरु देख्ने गर्छु । कार्टुन हेर्ने समयमा उसले हेर्ने कार्यक्रमहरु बाटै म दंग पर्छु । उसले गुरु गुरुआमा र मित्रहरुलाई गर्ने व्यवहारबाट सबै प्रभावित छन् । सहयोगी र गम्भिर स्वभावकी आफ्रिन शैक्षिक प्रगति विवरणमा परिवारको पनि राम्रो प्रतिक्रिया छ । बच्चाहरु विद्यालयमा पढे पनि घर परिवारबाट बच्चाको पढाई प्रति परिवारले चासो देखाउनु पर्छ प्रधानाध्यापिका श्रेष्ठले तर्क गरिन् ।
उसको पढाई प्रतिको लगाव, व्यवहार, हेर्दा भविष्यमा उसले बोकेको लक्ष्य प्राप्तिमा अवश्य पनि सफलता मिल्न सक्छ उनले भनिन् ।