नयाँ किन्न नसक्नेका लागि सेकेन्ड ह्यान्ड ल्यापटप राम्रो विकल्प हो । विद्यार्थीहरूका लागि बजेटमैत्री र व्यवहारिक समाधान हो । किनकि नयाँ जस्तो सेकेन्ड ह्यान्ड ल्यापटप महँगो हुँदैनन् । यस्ता ल्यापटपलाई नयाँ जसरी नै अध्ययन, प्रोग्रामिङ लगायतका काममा प्रयोग गर्न सकिन्छ । तर सेकेन्ड ह्यान्ड ल्यापटप किन्दा थुप्रै पक्षमा ध्यान दिनुपर्छ । नत्र पैसा त्यतिकै खेर जान सक्छ ।
सुरुमा सेकेन्ड ह्यान्ड ल्यापटप किन किन्ने, चर्चा गरौंः
सस्तो विकल्प
सेकेन्ड ह्यान्ड ल्यापटपको मूल्य नयाँ ल्यापटपको आधा वा अझ कम हुन्छ । उदाहरणका लागि, नयाँ ल्यापटप किन्न ६० हजार रुपैयाँ खर्च गर्नुपर्ने भए २५र३० हजारमा नै राम्रो सेकेन्ड ह्यान्ड ल्यापटप पाउन सकिन्छ ।
राम्रो ल्यापटप किन्न सकिने
भिडिओ एडिटिङ, ग्राफिक्स डिजाइन, प्रोग्रामिङ, वेब डेभलपमेन्टका लागि उच्च क्षमताको ल्यापटप चाहिन्छ । ती तुलनात्मक रूपमा महँगो हुन्छन् । तर कतिपयले अपडेट गर्ने क्रममा त्यस्ता राम्रा डिभाइस समेत सेकेन्ड ह्यान्डमा बेचिरहेका हुन्छन् । यदि त्यस्ता ल्यापटप भेटिए निकै राम्रो हुन्छ ।
पर्यावरणीय सन्तुलन
अलि पर्यावरणीय दृष्टिकोणबाट हेर्ने हो भने नयाँ ल्यापटप उत्पादन गर्दा ई(वेस्ट र कार्बन फुटप्रिन्ट वृद्धि भइरहेको हुन्छ । तर सेकेन्ड ह्यान्ड ल्यापटप पुनः प्रयोग गर्दा ई(वेस्टसमेत कम हुन्छ । यसले पर्यावरणीय सन्तुलन कायम गर्न महत्त्वपूर्ण सहयोग गरिरहेको हुन्छ ।
अब सेकेन्ड ह्यान्ड ल्यापटप किन्दा ध्यान दिनुपर्ने कुराको चर्चा गरौंः
हार्डवेयर
यस अन्तर्गत तपाईंले ल्यापटपको केही कुरा हेर्नुपर्ने हुन्छ । तर ती कुरा हेर्न छुटाउनु भयो भने धेरै असर पर्न सक्छ । जस्तोस् सेकेन्ड ह्यान्डमा किन्न लागेको ल्यापटपमा प्रोसेसर इन्टेल आईथ्री वा आईफाइभ ९ष्लतभ िष्घरष्छ०, एएमडी राइजेन थ्री वा फाइभ ९च्थशभल घरछ० भए उपयुक्त हुन्छ। र्याम पनि न्यूनतम ४ जीबी ९सुझाव ८ जीबी० र एएसडी कम्तीमा पनि २५६ ९सुझाव ५१२ जीबी० भए राम्रो हुन्छ ।
ब्याट्री
यदि ब्याट्री नै राम्रो भएन भने पछि दिक्क नै भइन्छ । यसकारण सेकेन्ड ह्यान्ड ल्यापटप किन्दा प्रमुख ध्यान दिनुपर्ने विषय ब्याट्री पनि हो । तर सम्झनु पर्ने कुरा के छ भने पुरानो ल्यापटपको ब्याट्रीमा केही समस्या भएकै हुन्छ । किनकि ब्याट्रीको लाइफ साइकल घटिसकेको हुन्छ । यद्यपि कम्तीमा २(३ घण्टा टिक्ने ल्यापटप लिनु उपयुक्त हुन्छ ।
स्क्रिन र पोर्ट
यदि स्क्रिनमा स्क्र्याच, ड्यामेज छ वा डिस्प्लेमा समस्या छ भने त्यस्ता ल्यापटप नकिनेकै राम्रो । किनकि यी कुराले पछि धेरै समस्या दिन्छ । त्यस्तै यूएसबी, एचडीएमआई, चार्जिङ पोर्ट जस्ता इनपुट पोर्टले ठीक तरिकाले काम गरेका छन्रछैनन्, त्यो पनि ख्याल गर्नुहोस् ।
सफ्टवेयर लाइसेन्स
अर्को महत्त्वपूर्ण कुरा अपरेटिङ सिस्टम जाँच गर्नु हो । विन्डोज, म्याक जे होस्, ती सही तरिकाले इन्स्टल भएको छ कि छैन रु आधिकारिक सफ्टवेयर उपलब्ध छ कि छैन रु यो कुरा तपाईंले हेर्नुहोस् ।
ग्यारेन्टी वा रिटर्न पोलिसी
यो विकल्प धेरैले दिँदैनन् । त्यसमा पनि सेकेन्ड ह्यान्ड । तर प्रतिस्पर्धाको जमाना भएकाले केही विक्रेताले दिन सक्छन् । सकभर तपाईंले ग्यारेन्टी अथवा रिटर्न पोलिसी भएको विक्रेता खोज्ने र चयन गर्ने प्रयास गर्नुहोस् ।
यी त ध्यान दिनुपर्ने मुख्य कुरा भए । तर यसबाहेक अन्य केही स(साना कुरा पनि छन् । जस्तोस् बिलररसिद अनिवार्य लिने, पहिले परीक्षण गरेर मात्र किन्ने, सकभर अनलाइनमा हेरेको भरमा नकिन्ने, चोरीका ल्यापटप नकिन्ने, विक्रेताको सम्पर्क विवरण राख्ने आदि गर्न सकिन्छ ।
कहाँबाट सेकेन्ड ह्यान्ड ल्यापटप किन्ने ?
कतिपय अवस्थामा चिनेका साथीभाइहरूले पनि सेकेन्ड ह्यान्ड ल्यापटप बेच्न सक्छन् । तर यसबाहेक कम्प्युटर पसलबाट पनि किन्न सकिन्छ । यदि काठमाडौंमा हुनुहुन्छ भने नयाँ सडक, बानेश्वर र पुतलीसडक जस्ता क्षेत्रमा सेकेन्ड ह्यान्ड ल्यापटपका पसलहरू भेट्न सक्नुहुन्छ । अनलाइन प्लेटफर्ममा भने हाम्रो बजार, फेसबुक मार्केटप्लेस सहित केही अन्य ईकमर्स साइटको विकल्प पाउन सकिन्छ । साभारः टेकपाना