१. मुटुलाई स्वस्थ्य राख्न के गर्नुपर्छ ?
खानपानमा ध्यान दिन दिएर दैनिक कसरत गरे मुटु स्वस्थ्य राख्न सकिन्छ । बेला–बेलामा डाक्टरसँग जाँच गराउनु पर्छ । मुटु स्वस्थ्य भएमा शरीर पुरै स्वस्थ्य हुन्छ । स्वस्थ्य मुटु राख्न पिजा, मःम, चाउमिन, चाउचाउ, कुरकुरे जस्ता जंक फूड खानु हुँदैन । चिल्लो, नुनिलो, बोसो खानु हुदैन । तरकारीमा नुन ठिक्क खाने गर्नु पर्छ । खुर्सानी वा अन्य खानेकुरामा काँचो नुन उति खानु हुँदैन । शरीरलाई पनि नुनको आवश्यकता पर्छ । सकेसम्म आफ्नो करेसाबारीको सागसब्जी, तरकारी खानु पर्छ । शुद्ध घिउ छ भने एक चम्चा दिनमा खान सकिन्छ । रातो मासु खानु हुदैन । शरीरलाई राम्रो फ्याट पनि चाहिन्छ । पामवेल, ध्युहरुमा बनाएको खानेकुरा खानुपर्छ । शुद्ध तेल खाने गरेमा व्लड प्रेसर, मधुमेह रोग नियन्त्रण हुन्छ । विभिन्न ब्राण्डको तेलमा मिसावट हुने भएकोले किनेर खानु उपयुक्त हुदैन । तोरी, सनफ्लावरको तेल मिलमा आफैले पिसाएको धेरै राम्रो हुन्छ । हामीले खानामा एउटै तेल प्रयोग नगरेर फेरि–फेरि तेल खानु पर्छ ।
२. मुटुमा कस्ता समस्याहरु देखिन्छ ?
मुटुलाई धेरै आघात पु¥याउने हार्टअट्याक हो । यसलाई ह्रदयघात पनि भनिन्छ । पहिला ४० वर्षको उमेर पछि हुन्थ्यो । अहिले २०÷२५ वर्षमा नै ह्रदयघात हुने गरेको पाइन्छ । विगत १ वर्षमा नेशनल मेडिकल कलेजमा २६ देखि ३५ वर्षसम्मका १२ जना मानिसको मुटुमा जाली राखिएको छ । एउटा जालीले ७०÷७५ वर्षसम्म कसरी काम गर्छ भन्ने चिन्ताको विषय छ । विकासोन्मुख देश नेपाललाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा सोच्न जरुरी छ । अहिले सानो उमेरमा नै हार्टअट्याक हुने धेरै कारणहरु छन् । सुगर, प्रेशर, थाइराइड, कोलस्ट्रोन, बोसो, मोटोपन, जाँड, रक्सी, चुरोट, खैनी, गुट्खा खाने, नहिड्ने मानिस, वंशाणुगत गुण (आमालाई ६५ वर्षभन्दा अगाडी र बुबालाई ५५ वर्षभन्दा अगाडी हार्टआट्याक भएको छ भने छोराछोरीमा पनि हार्ट आट्याक हुने सम्भावना बढ्छ ।) जन्मने बित्तिकै बच्चाको शरीरमा रगत चाडै जम्ने कारणले पनि हार्ट आट्याक हुन्छ । मुटुको रोग जन्मेदेखि बाँचुञ्जेलसम्म हुन सक्छ । आमाको पेटबाट नै मुटुको रोग हुन सक्छ । गर्भवती अवस्थामा नै भिडियो एक्स–रे गर्दा मुटुमा प्वाल भएको, मुटुमा मासु पलाएको पत्ता लगाउन सकिन्छ । जन्मदा मुटुरोग भएको मानिसलाई उमेर बढ्दै जाँदा मुटुको भल्भको समस्या हुने, हार्ट आट्याक हुने, मुटुको बाथ ज्वरो हुने, मुटुमा मासुको समस्या (कार्डियोमापेथी) हुन्छ ।
३. मुटुमा कस्ता समस्या भएमा जाली राखिन्छ ?
जबसम्म मुटु चल्छ हामी बाँचेको हुन्छौं । मुटुलाई चल्न खाना चाहिन्छ । मुटुलाई खाना पु¥याउने रक्तनली (कोरोनरी आट्र्रिज) साँधुरो हुदाँ वा बन्द हुदाँ हार्ट अट्याक हुन्छ । कुनै कारण मुटुलाई खाना पु¥याउने रक्तनलीमा अक्सिजन, रगतको प्रवाह कम हुनु हो । डाइरेक्ट रगतको नली बन्द हुनु हार्ट अट्याक भनिन्छ । रगतको नली साँघुरो भएर ७० प्रतिशत भन्दा बढी मुटुको रगतको नसा च्यापियो भने मुटुमा जाली राखिन्छ । जाली लगाउने अवस्था आएको छ भने १० सेन्टीको नसा च्यापिएको छ । तर विश्वमा नै जालीको साइज ५ सेन्टीभन्दा छैन । एउटा नलीमा ३ वटाभन्दा बढी जाली लगाउँदा नराम्रो हुन्छ । ३ वटा मुख्य नली हुन्छ । ३ वटामा नलीमा जाली लगाउनु पर्दा मुटुको अप्रेशन गरेर बाईपास (सिएलभिजी) गरिन्छ । रगतको नलीमा सानो–सानो ब्लक छ, च्यापिएको छ भने जाली लगाइन्छ ।
४.मुटुमा लगाएको जालीले कति वर्षसम्म काम गर्छ ?
मुटुमा २५÷२६ वर्षदेखि ६५ वर्षको उमेरसम्म जाली लगाउने गरिन्छ । जाली दुई किसिमको हुन्छ । पहिला सुरुमा बेलुनले ब्लकेज नली फुलाउने गरिन्थ्यो । जाली लगाइदैनथ्यो । तर चाँडो नै नली बन्द हुन्थ्यो । मेटल औषधी प्रयोग नगरिकन जाली लगाउँदा चाँडै बन्द हुन्छ । औषधीको विधिबाट पनि जाली आएको छ । जसरी प्रविधिको विकाससंगै जालीको पनि विकास भएको छ । (मेडिकेटेड) जाली औषधी भएको एउटा जालीको ६५ हजारदेखि ४ लाखसम्म पनि पर्छ । जति मंहगो जाली भयो त्यति रगतको नली बन्द हुने सम्भावना कम हुन्छ । मेटल जाली ३० हजारमा पाइन्छ । मेटल जाली लगाउँदा पनि २०,२५,४० वर्ष पनि बाँच्न सक्छ । तर प्रतिशत हेर्दा खेरि औषधी प्रयोग गरेको जालीले धेरै बर्षसम्म काम गर्छ । नियम पालना गरेन भने औषधी भएको जालीले पनि २४ घण्टा, एक वर्षमा पनि बन्द हुन सक्छ । २४ घण्टापछि जाली बन्द हुनु भनेको बिरामीले नियम नमानेर हो । निमय पालना गरेमा जालीले बाँचुञ्जेल उसको उमेरसम्म काम गर्छ ।
५. मुटुमा जाली लगाएको बिरामीले के नियम पालना गर्नुपर्छ ?
मुटुको नली च्यापेर हार्ट अट्याक भएको छ भने जाली हाल्ने हो । रगतको नलीमा अरु कारण एक्कासी शरीरको रगत धेरै कम भयो, मुटुको भल्भ च्याँपेर हार्ट अट्याक भएमा त्यसमा जाली राख्दैनौं । ७० प्रतिशतभन्दा कम ब्लकेज छ भने जाली हाल्दैनौं । त्योभन्दा बढी ४÷५ वटा ब्लक देखियो । जाली हाल्ने अवस्था छैन भने बाईपास गर्छौ । जाली हाल्नु, बाईपास गर्नु, औषधी दिनुमा हृदयघात भएको मानिसलाई नेपालमा ५ प्रकारको औषधी खानु पर्छ । भारतमा २ प्रकारको औषधी खानुपर्छ । औषधीको प्रयोग गर्दा गर्दै छुटाउनु भएन । मानिसहरु एक वर्ष दुई वर्ष औषधी खान छुटाउँछन् । मुटुलाई स्वस्थ्य राख्न स्वस्थ्य खानपिन खानुपर्छ । दैनिक बिहान कसरत गर्नुपर्छ, टेन्सनमा हुनु भएन । रिस उठ्नु भएन । रिस उठेको भए पनि केही छिन पछि पोख्ने, डाक्टरले बोलाएको समयमा भेट्न जाने गर्नुपर्छ । मुटुको जाली बन्द हुनु लागे वा केही गढबढ भएमा एक, दुई हप्ता अगाडी नै संकेत देखिएको हुन्छ । पहिला आधा घण्टा हिड्दा स्याँ–स्याँ भएको थिएन, थकाइ लागेको थिएन, अहिले लाग्न थाल्यो । त्यस्तो समयमा तुरुन्त अस्पताल जानु पर्छ ।
६. मुटु रोगको उपचार गर्न सरकारले कस्तो सुविधा दिएको छ ?
नेपालका हरेक नागरिकहरुलाई मुटुमा रोग लागेको छ भने सरकारको तर्फबाट १ लाख उपचार खर्च दिने व्यवस्था छ । यसमा कुनै पनि बिरामीलाई नगद दिइदैन । मुटुमा हृदयघात भएमा जाली लगाइन्छ । नेपाल भरिमा केही सिमित ठाँउमा मुटुमा जाली लगाउने क्याटलक मेसिन छ । सबै मेसिन भएको हस्पिटलहरुमा एक जना बिरामीलाई १ लाख आउँछ । जसको बिमा पहिलादेखि छ भने । गएको भदौं महिनासम्म दुबै सुविधा लिन पाइन्थ्यो । तर अहिले दुबै सुविधा लिन पाइदैन । सरकारको तर्फबाट आउने १ लाखबाट जाली लगाउन सल्लाह दिन्छौं । बिमाको सुविधा फ्लो अपमा आउँदा रगतको जाँच गर्दा, औषधीहरु लिन प्रयोग गर्न सुझाब दिन्छौं । गंगालाल, मनमोहन, ग्राण्डी, मेडिसिटी, नर्भिक, मेडिकल कलेज वीरगंज, भरतपुर, नेपालगञ्ज, विराटनगर, पोखरामा मुटुमा जाली लगाइन्छ । यी सबै अस्पतालहरुमा विपन्न वर्गले १ लाख सुविधा पाउने छन् ।
७. मुटु बचाउन के सुझाव दिनुहुन्छ ?
स्वस्थ्य मुटु राख्नलाई हसिलो अनुहार राख्नु पर्छ । भित्रबाट हाँस्नुपर्छ । मुटुलाई स्वस्थ्य राख्न मुटुको कामलाई आराम दिनुपर्छ । स्वस्थ्य जीवनलाई जाँड, रक्सी, चुरोट, खैनी, गुट्खा, सुगर, प्रेशर, थाइराइड, वंशाणुगत गुणलाई निको पार्नु मात्र होइन । समाजमा आमाबुबा , छोराछोरी सामाजिक सञ्जाल, फेसबुकमा व्यस्त हुने, एक अर्कामा मनको कुरा नपोख्ने धेरै भएर पनि हार्ट अट्याक हुनेको संख्या बढिरहेको छ । बिहान मनिङ्ग वाक तथा नियमित ३० मिनट व्यायाम गर्नुपर्छ । व्यायाम गर्दा साइकल चलाउने, छिटो–छिटो हिड्ने, व्याडमिन्टन खेल्नु पर्छ । रिस कन्ट्रोल गर्नुपर्छ । डाक्टरले भनेको औषधीहरु सेवन गर्नुपर्छ । आफू साथीभाई, परिवारमा घुलमिल गरेर खुशी भएर बस्नु पर्छ । स्वस्थ्य खाना खानुपर्छ । कम्तीमा ६ देखि ७ घण्टा सुत्ने अवस्था सिर्जना गर्नु पर्छ ।