पटक—पटक पत्रपत्रिका रेडियो टेलिभिजनमा मात्रै हैन समाजदेखि संसदसम्म हुने गरेको बहसको बिषयवस्तु बन्ने गरेको सब्द हो जेण्डर, । महिला पुरुष, धनी, गरिव, वर्ग, जात आदिमा जोडिएको अनि भाषितबाणको रुपमा संचालित विवेद जो हरेक घर, गाउँ समाज अनि पुरै देशको साझा समस्या हो । यो कुरा सबै माझ छर्लङ्ग पनि छ । आज समाजमा महिला भएकै कारण हेपिएर दविएर, साघुरिएर, खुम्चिएर बाँच्नु पर्ने अनि पुरुषले ठूलो छाती फुलाएर निर्धक्क रुपमा खुलेर हिड्न सक्छ भन्ने मानवीय सोचको जरा काट्न सजिलो त छैन । तर असम्भव नै छ भन्ने पनि होइन ।
महिला र पुरुष बिचको असमानताको मुल जरालाई पहिल्याउदै जाने हो भने वास्तवमा फेदसम्म पुग्न त सकिएला । तर त्यहाँ सम्म पुग्न आँट गर्नेको कमि भने प्रष्ट देखिन्छ जो मानवीय चक्रको लडाइ हो । इतिहासलाई फर्केर हेर्ने हो भने बार—बार दोहो¥याउने शब्दलाई तौलने हो भने पृतिसत्तात्मक वा मातृसत्तात्मक कै कारण विवेद उत्पन्न भएको हो भन्न हिच्किचाउनु पर्ने अवस्था छैन । ठोस कारण देखिदैन । किन कि अबको हाम्रो सोच पृतिसत्तात्मक वा मातृसत्तात्मकभन्दा माथी उठेर समानान्तर तर्फ भन्नेमा परिणत हुने हो भने विवेदपूर्ण व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ ।
समाजमा बाँच्नको लागि सामाजिक मुल्य अनि मान्यता अनुरुप नै बाँच्नु पर्दछ भन्ने बाध्यता तर्फ अडिक रहिरहने हो भने लैङ्गिक विवेदबाट जो कोहिले कहिलै पनि बाहिर आउँन सक्दैन । तर अब लिङ्गलाई एउटा वायोलोजिकल कुरा हो । जो प्राकृतिक हुन्छ जस्को परिवर्तन तर्फ मात्र नभएर वर्गिय ढाँचामा ढाल्ने हो भने सामाजिक मुल्य मान्यताको संक्रमित सोचलाई वर्गियतामा परिवर्तन गर्न सकिन्छ । किन कि लैङ्गिक विवेद हामी आफैले सृजना गरेको एउटा छोटो मार्ग मात्र हो । जुन जतिबेला पनि टुङ्गिन सक्छ । जस्को लगाम हामी स्यमंको हातमा छ । शरिरको पहिरन, कामको प्रकृति, मुल्य मान्यता अनुसारको लवाई खुवाई, हिडडुल, बोलिचाली आदि । यहाँ प्रष्टयाउन के खोजिएको हो भने, पुरुष जातीले कपाल काट्नु पर्छ । तर महिलाले पाल्नु पर्छ ।
पुरुष अलि कडा स्वभावको देखिनु । तर महिला लजालु हुनु, पुरुष एक्लै कहिं पनि रातविरात हिड्न हुने । तर महिलालाई कतै हिड्न सोच्नु पर्ने जस्ता यी सबै कुरा सामाजिक मुल्य मान्यता हुन । जस्को किरायादार स्यंम हामी आफै । अर्काे कुरा प्राकृतिक तवरबाट अध्ययन गर्ने हो भने धनी, गरिव, काला, गोरा, होचा, अग्ला, जातपात कै आधारमा सामाजिक मुल्य मान्यता अनुरुप बाँच्न पर्दछ भनिन्छ । जो आजको युगमा सरासर सामाजिक जेण्डरता हो । जो समाज परिवर्तको लागि मानवीय मष्तिकमा ठुलो बाधक बन्दैछ ।
आज समाज परिवर्तको नाउँमा विवेदको कुरा गरिरहँदा स्यंम हाम्रो सोचमा नै पूर्ण विवेदले भरिएको छ । हामीले चाहेर होस वा सामाजिक मुल्य मान्यताको आडमा, कारण जे सुकै होस् हामीले आफुले आफै प्रति गरिने व्यावहारमा विवेद छ । हामीले खाने खाने, पहिरिने लताकपडा,बोलिचाली, सोच मनन, मनोरन्जन क्षेत्रमा पुर्ण रुपले विवेद हावी भइरहेको हुन्छ । तर यस्ता कतिपय कुरा हामी स्वंयम् अस्वीकार गर्ने गर्दछौ । किन कि हामी सामाजिक मुल्य मान्यताको पर्खाल भित्र कैद छौ ।
परिवारमा एउटा सानो बच्चाले आची गर्यो भने सफाईको लागि बच्चाको पिता वा अन्य पुरुष व्यक्तिले गर्न हुदैन । तर घरमा आमा अर्थात महिलाले आधा काम अधुरो छोडेर भए पनि उस्को सरसफाईमा पुग्न पर्दछ । यो सत्य हो । खेतबारीमा काम गर्दा हलो जोत्न घरको पुरुष नै निस्कनु पर्दछ भने धान रोप्न महिला नै हुनु पर्ने । घरको चुलो चौकामा महिला नै पस्नु पर्ने जुठाभाँडा महिलाले नै गर्नु पर्ने ।
एउटा भट्टि पसलबाट खुट्टा लबराउदै घरमा पुगेर चर्को स्वर मच्चाउने पुरुष सामान्य लाग्ने । तर त्यहि भट्टिमा काम गर्ने महिलालाई गलत नजरले हेर्ने हाम्रो मानसिकतामा विकाश हुन नसकेको प्रमुख कारण सामाजिक मान्यताले जकडिएको सोच हो । तर यी माथी उल्लेख गरिएका कार्य यो व्यक्तिले नै गर्न पर्ने बाध्यता कहि कतै लेखिएको छैन । यो सिर्फ सामाजिक मुल्य मान्यताको आढमा सोच साघुरिएको हो । जो यो समाजमा रहने महिला अनि पुरुष दुबैमा छ भने यस्तो संकुचित सोच जबसम्म जरैबाट निकालेर फ्याक्न सकिदैन । तब सम्म यस्ता खालका जेण्डर विवेदको शिकार भइनै नै रहने छन् ।
हिजो र आजको परिवर्तित समाज विकशित नभएको त हैन । तर अब परिवर्तनको नाउँमा जेण्डरतासंग जोडिएको परिवर्तनलाई अलि फरक दृष्टिकोणले भने हेर्न जरुरी छ । पितृसत्तात्मक अनि मातृसत्तात्मक सोचभन्दा पनि समानान्तर भन्ने सोचलाई फराकिलो पार्न आवश्यक छ । जेण्डरको कुरा गर्दा महिला अनि पुरुष मात्र नभई वर्गलाई समेट्न सके वास्तविक पहिचान भेट्न सकिन्छ ।
आज महिला माथि विवेद भयो भनिरहदाँ पुरुषहरुका अधिकार पनि हनन् भएका घटनाहरु धेरै छन् । जेण्डरताको लडाई महिला अनि पुरुषमा हैन वर्गमा हो भन्ने बुझ्न सके यसरी विवेद झाङ्गिएर जानुको साटो खुम्चिन पुग्छ । जति परिवर्तनको नारा लगाए पनि व्यवहारमा परिवर्तन नआएसम्म त्यसलाई राजनीतिक परिवर्तनले मात्र पूर्ण हुँदैन ।