१) काम र परिवार संगै लिएर हिड्दाको अनुभव बताइ दिनुस् न ?
काम र परिवारलाई संगै लिएर हिड्न गाह्रो छ । किनभने बच्चा, श्रीमान, श्रीमती मात्र बस्ने हो । घरका काम त तीर सय पैसठ्ठी दिन नै हुन्छ । घरको काम सधै सकिने होइन । घरको काम सकेर फेरी संस्थामा जानु पर्छ । हाम्रोमा धेरैै विद्यार्थीहरु छन् । टिममा सदस्यहरु, स्टाफहरु छन् । सबैलाई सम्हाल्न गाह्रो छ । आफ्नो बच्चाहरुको लागि धेरै सोच्छु । किन भने घरमा जब एउटा शिक्षित महिला हुन्छ । उसले आफ्नो बच्चालाई एउटा राम्रो भविष्य दिन्छ । म आफ्नो कामको साथ एउटा राम्रो आइडियल आमा बनेर बच्चाको राम्रो भविष्यको निमार्ण गर्न सकौं ।
२) तपाई आफ्नो तालिम को बारेमा बताई दिनुस ?
मैले अनलाइन क्लासको सुरुवात गरेको छु । नेपाल कै पहिला नेपाल सरकारबाट मान्यता प्राप्त राधेकृष्ण मेहन्दी टे«निङ सेन्टरले अनलाइन मार्फत पहिलो मेहन्दी टे«निङ सुरुवात गरिसकेको छ । अनलाइन तालिमको यो चौथो ब्याच चलिरहेको छ । अनलाइन क्लास रातिको बेलामा राखेको छु । बेलुका ८ बजे देखि १० सम्म संचालन हुन्छ । दिनमा अन्य काम गर्ने दिदीबहिनीहरु लाई पनि मेहेन्दी सिक्न रहर हुन्छ । तर संस्थामा आएर सिक्ने समय हुदैन । उहाँहरुले पनि अनलाइन मार्फत सिक्न सक्नु हुन्छ । सबैले आफ्नो घरमा बसेर सजिलै तालिम पाओस् । तालिमका लागि बिहार, लखनाउ, काठमाण्डौं, विराटनगर सबै ठाउँको मेहेन्दी सिक्ने दिदीबहिनीहरुलाई चार वटा ब्याच चलाइ सकेको छु । मेरो उद्देश्य देश–विदेशबाट पनि अनलाइन क्लासमा जोडिएर तालिममा सहभागी होस् भन्ने हो । विश्वासका साथ काम पनि गर्दैछु ।
३) राधेकृष्णा मेहन्दी सेन्टर विवाह अघि नै खोल्नु भएको थियो ?
मैले रोजेको काम होइन । जिवनले जसरी लग्यो बाटो त्यस्तै बन्दै गयो । मेरो परिवारमा बुबाले त्यो समयमा स्नातक गर्नु भएको थियो । उहाँले आफ्नो छोरा छोरीहरुको पढाई धेरै लगानी लगाउनु भएको छ । उहाँलाई मेरो बच्चाहरु पढेर राम्रो गरोस् राम्रो पदमा जनगिर खाओस् भन्ने थियो । मेरो उद्देश्य बैंकमा काम गर्ने थियो । त्यसको लागि मैले धेरै तयारी गरे । धेरै प्रकारका तालिम गरे । बैंकिङ तालिम पनि गरे । इन्टर्न पनि गरे लक्ष्मी बैैंक,नविल बैंकमा गर्दा गर्दै मेहन्दी भनेको मात्र सौख थियो । मेहन्दी लगाउने रहर मात्र थियो । त्यो रहर काम पेशा बन्दै गयो । मैले मेहन्दी लगाउन सिकेर छेउछाउको महिला दिदीबहिनीहरुलाई सिकाउन थाले । पछि एक जनाबाट दुई जना तिन, चार जना गर्दा गर्दै १० जना सम्म पुग्यो । एकछिनको लागि यो काम छाडौं भन्ने विचार पनि आयो । तर सबैको मायाले छोड्न सकिन । जबसम्म जागिर पाइरहेको छैन तब सम्म यो काम गरि राखेको छु । बीचमा मैले सिक्नको लागि धेरै ठाउँमा काम पनि गरेको थियो । पहिला कस्तो थियो भने मात्र सोर्स भएको मानिसलाई काम पाउथ्यो । जति पढे पनि काम पाउनको लागि लिंक चाहिन्छ । आज लाग्छ जे भयो रामै्रको लागि भयो ।
४) राधेकृष्ण ट्रेनिङ सेन्टर के सोचले खोल्नु भएको थियो ?
मैले आफ्नो टे«निङ सेन्टर भगवानको नामले खोलेको छु । राधेकृष्णको यति लामो यात्रा हुन्छ भनेर सोचेको थिएन । मेरो सुरु देखि बचत गर्ने बानी थियो । म आफ्नो सबै विद्यार्थीहरुलाई, महिलाहरुलाई बचत गर्नुपर्छ भनेर सिकाउँछु । त्यही बचत गर्ने बानीले मलाई साथ दिएको थियो । मेहन्दीको कामको लागि धेरै लगानीको आवश्यक थिएन । किनभने यो एउटा कला हो । तर पनि एउटा अफिस खोल्नको लागि टेबल, कुर्सी, कापी, पेन किन्नको लागि पैसाको आवश्यकता पर्छ । १३ वर्ष पहिला ५ सयको पनि धेरै महत्व थियो । त्यतिबेला यो सेन्टर खोल्नको लागि मैले आफ्नो बचतको पैसा हाले । थोरै ऋण लिएको थियो । मैले बचत गरेको सहकारीबाट नै २० हजार ऋण निकाले । यो कामको लागि परिवारले साथ दिएका थिए । जब सम्म घर भित्र थियो तब सम्म राम्रो थियो । मेरो विद्यार्थीहरुको संख्या बढ्दै जाँदा बाहिर लगेर खोल्नु पर्छ भन्ने सोचे । त्यसमा पनि समाजको मानिसहरुले धेरै कुराहरु भनेको थियो । म एउटा मधेशी समाजको छोरी र आफ्नो खानदानको सबैभन्दा ठूली छोरी र पढको पनि थिए । पहिलाको मानिसको सोच पेशा रोज्न पढेलेखेको छैन । सिप सिकेर पैसा कमाउन हुन्छ । म राम्रो पढेलेखेको भएर पनि मैले यो पेशालाई रोजे । समाजले धेरै कुराहरु भने । बुबाको नाम लिएर उसको कमाइले पुगेन, अब छोरीलाई पनि काम गर्न लगायो । तर मलाई कुनै कुराको कमी थिएन । मेरो आमाबुबाले सबै कुरा पुरा गरेको थिए । तर मैले आफ्नो पहिचान बनाउनको लागि यो काम गरेको थिए । मधेशमा छोरी निस्किनु हुदैन भनेर मानिसहरुको विचार थियो । कति महिलाहरु मेरो घरमा पनि आएर भन्ने गर्थे । छोरी बाहिर गएर काम गरिरहेको छ विवाह गर्न धेरै नै गाह्रो हुन्छ । किनभने त्यति खेर मेरो संस्थासंग संगै समाजिक कुराहरु पनि जोडिएका थिए । जसरी लायन्स क्लब अफ वीरगंजमा म आबद्ध थिए । त्यसमा पुरुषहरु पनि सदस्य थिए । त्यसमा हामी कुनै पनि कामहरु गरेको फोटो पत्रिकामा आएका कुराहरु समाजले पचाउन सकिरहेको थिएन । मेरो जिवनीबाट मेरो बच्चा,समाज र मसंग जोडिएका केटीहरुलाई प्रेरणा मिलोस् ।
५) मेहेन्दी सिकेर कति जना रोजगारीमा लागेका छन् ?
अहिले काम गर्नको लागि दुई जना बहिनी छन् । मेरो १३ जनाको टिम छ । लायन्स क्लबमा सय जना सिकाएको छु । दुई सय जनालाई मैले सिकाए हरेक वर्ष सिकाए । सिमरामा पनि तालिम गराए । सबैलाई समावेश गरी सकेपछि राधेकृष्णबाट ७ हजारभन्दा बढी विद्यार्थीहरु तालिम लिइसकेका छन् । अहिले मलाई सोचेर लाग्छ । मैले यो यात्राको कल्पना गरेको थिए । म कल्पनाभन्दा माथि आइ सकेको छु । हाम्रो धेरै विद्यार्थीहरु सिकेर विदेश तिर गएर काममा लागेका छन । धेरै जना काठमाण्डौंमा छन् । मेरो विद्यार्थीहरु मध्ये थुप्रै जना आफ्नो खुट्टामा उभिएका छन् । उनीहरुले जहाँ गए पनि भन्छन मैले यो ठाउँमा सिकेको छु भन्छन् । यो कुरा म गर्भको साथमा भन्न सक्छु । वीरगंजमा जति पनि पार्लर छ । ब्युटि सैलुन छ । जति पनि मेहन्दी सेन्टर, कलाकार छन् । सबै मेरो विद्यार्थी नै हुन् । यो भन्ने मलाई धेरै नै खुशी लाग्छ ।
६) पहिला र अहिलेमा के फरक छ ?
मेहन्दीको काममा समाजिक संजालकोे भूमिका धेरै छ । समाजिक संजालले साथ,फेसबुकले होस् । हामी जस्तो कलाकारको लागि धेरै सहयोग गरेको छ । मेहन्दी एउटा मुस्लिम जातबाट आएको हो । माडवारीहरुमा फेमस भएको हो । आज भोली हरेक जातजातिमा यो तालिम भएको छ । पहिला हामी मात्र दुई, चार जनालाई मेहन्दी लगाउन जान्थ्यो । अहिलेको दिनमा ७० जनासम्म एक दिनमा मेहन्दी लगाउन सक्छौं । अहिले सबैलाई मेहन्दी लगाउनु पर्छ । यसमा कमाइ पनि राम्रो छ । आफ्नो कलाले कमाउनु ठूलो कुरा हो ।
७) महिला कति बेला सफल हुन्छिन ?
महिला जबसम्म आफ्नो खुट्टामा उभिदैन । तबसम्म सफल हुन सक्दैन्न । एउटा व्यवसाय पढेलेखेर हुदैन । तपाई कुनै पनि क्षेत्रमा आफ्नो नाम अगाडी बढाउनु मेहनत गर्नुपर्छ ।