वीरगंजस्थित वीरगंज पब्लिक कलेजको नयाँ भवनमा सोमबार Allied Youth Society को आयोजनामा "हाँस्छ, रुन्छ र बुझ्छ" शीर्षकमा प्रेरक सत्र सम्पन्न भयो। यस सत्रमा श्री माईस्थान विधापीठ माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
यस सत्रमा मोटिभेशनल स्पीकर तथा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष देवेश कुमारले प्रशिक्षण प्रदान गरेका थिए। उनले सकारात्मक सोच, जीवनका चुनौतीहरूको सामना गर्ने कला र व्यक्तित्व विकासका विषयमा विद्यार्थीहरूलाई प्रेरित गरे। सामुदायिक विद्यालयमा निःशुल्क सेवा प्रदान गर्न पाउँदा खुशी व्यक्त गर्दै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रमको प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्य थिए। साथै, विशेष अतिथिहरूमा श्री माईस्थान विद्यालयकी शिक्षिका बसन्ती क्षेत्री, शिक्षक सोनालाल, युवा अभियन्ता तथा सञ्चारकर्मी अभिलाष गुप्ता र कार्यक्रम संयोजक अर्चना यादवको उपस्थिति रहेको थियो।
कार्यक्रम Allied Youth Society का अध्यक्ष ओम कुमार झा र सदस्यहरू मनन्त महर, समिक्षा चौरसिया, निभा पाल, आयुष गिरी, गौतम शर्मा, निराजन पाल, सन्नी श्रीवास्तव र अंकित झालगायतको सक्रिय सहभागितामा सम्पन्न भयो। करिब ६० विद्यार्थीहरूको सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकहरूले जनाएका छन्।