ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विश्व धुम्रपान निषेध दिवसको अवसर पारेर आज जनचेतनामुलक चरित्र निर्माण चित्र प्रदर्शनी तथा विचार गोष्ठि कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगंंज स्थित विर्ताको ओम् शान्ति भवनमा आयोजित कार्याक्रममा प्रदेश नं. २ का प्रदेश सांसद प्रहलाद गिरीले ब्रह्मकुमारी राजयोग सेव केन्द्रले आध्यात्मिक क्रान्तिका साथै समाजका नागरिकहरुलाई धुम्रपान, मद्यपान र लागुपदार्थ दुव्र्यसनी जस्ता विकृतिलाई जनचेतनामूलक कार्यक्रम नागरिकमा जनचेतना फैलाउने साह्रै सरहानिय काम रहेको बताए । उनले भने लागु पदार्थ, मादक पदार्थ र धुम्रपान दुव्र्यनी जस्ता विकृति विसंगतीबाट मानिसलाइ मुक्ति दिलाई सुख, शान्ति र आन्नदको जिवन अनुभूति गर्न यो संस्थाले प्रेरणा दिदै आईरहेको काम निकै सराहनीय हो ।
कार्यक्रममा बोल्दै सांसद गिरीले यसतो परिवर्तनको शुरुवात आफैबाट हुनु पर्ने भन्दै आफूले खाने गरेको खैनीको डिब्बा खल्तीबाट बाहिर निकाली आजको दिनबाट सधैका लागी धुम्रपान कुलत त्यागेको प्रण गरे ।
यसैगरी ब्रह्माकुमारी रविना दिदीले विश्वमा शान्ति अहिंसा र भाइचाराको स्थापनामा विगत ८३ वर्ष देखि अनवरत तत्पर ब्रह्माकुमारी संस्थाले आजको दिनमा विशेष रुपमा विश्वभरी नै छरिएर रहेका करिव ८५०० भन्दा अधिक सेवा केन्द्रहरुमार्फत विभिन्न स्कुल कलेज संघ, संस्था र सार्वजनिक स्थलहरुमा जनचेतनामूलक कार्यक्रमहरुबाट मानव समुदायमा चेतना प्रवाह गरीरहेको जानकारी गराईन ।
आध्यात्मिक ज्ञान र राजयोगको अभ्यासबाट मानवले आफुमा सकारात्मक चिंतन र आन्तरिक शक्तिको विकास गरी धुम्रपान लगायत जुनसुकै कुलत या विसंगतिबाट पनि दिर्घकालिन मुक्ति हासिल गरी आफ्नो अमुल्य जीवनको आनन्द लिन सक्ने ब्रह्मकुमारी दिदीले बताईन ।
ब्रह्माकुमारी रबिना दिदीको सभापतित्वमा भएको कार्यक्रममा ब्रहमकुमारी सबिताले तम्बाकु मुक्ति जनचेतनामूलक चित्र प्रदर्शनी गरेकी थिईन् ।
कार्यक्रममा अधिवक्ता शालिक राम प्रसाद, पत्रकार महेशचन्द्र गौतम लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमका स्वागत ब्रह्माकुमारी बेली तथा संस्थाको परिचय ब्रह्माकुमार गोकुल गुभाजूले दिएका थिए भने ब्रह्माकुमारी गोपिनीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।