वीरगञ्ज महानगरपालिका – ३ स्थित मदरसा बरकतुल उलुमको नयाँ कार्यसमिति गठन भएको छ। सर्वसम्मत निर्णयद्वारा प्रयाग अहमदलाई पुनः अध्यक्ष चयन गर्दै संस्थाको नेतृत्व सुम्पिएको हो। २०६४ सालमा जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएको यो मदरसाले ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा कमरुदिन मियाँ धोबी, सचिवमा मोहम्मद मन्सुर मियाँ, कोषाध्यक्षमा नुरहोदा अन्सारी, सहसचिवमा ईरफान अन्सारी र सदस्यहरूको रुपमा नैमुदिन मियाँ धोबी, मोहम्मद साहिल, अलियास अन्सारी, सतार मिया मन्सुरी, खुरसेद आलम हवारी र अलि हुसैन मियाँ रहेका छन्।
नयाँ कार्यसमितिले मदरसाको गतिविधिलाई थप व्यवस्थित गर्दै शैक्षिक, धार्मिक र सामाजिक कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
गत कार्तिक महिनामा सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमिति चयन भए पनि केही विवाद उत्पन्न भएको थियो। संस्थाको सदस्यता नभएका व्यक्तिहरूले विवाद सिर्जना गरेपछि अध्यक्ष प्रयाग अहमदले जानकारी दिएका थिए। उनले सदस्यता लिएर मात्र नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सकिने स्पष्ट पारे।
सोहेल अन्सारीले समानान्तर समिति गठन गरेर भ्रम फैलाउने प्रयास गरेको प्रति अध्यक्ष अहमदले आपत्ति जनाएका छन्। उनले आफ्नो नेतृत्वको समिति नै आधिकारिक भएको र यस्ता भ्रामक गतिविधिमा नपर्न सबैमा आग्रह गरेका छन्।
मदरसा बरकतुल उलुमले २०६४ सालदेखि धार्मिक शिक्षा, शैक्षिक सुधार र सामाजिक गतिविधिमा योगदान गर्दै आएको छ।