नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगन्जमा ३७ औँ विश्व एड्स दिवस विशेष कार्यक्रमसहित मनाइएको छ। ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा आमाबाट बच्चामा एड्सको सङ्क्रमण रोक्न जनचेतना फैलाउने उद्देश्य राखिएको थियो।
अस्पतालका निर्देशक ईशरत जहा अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष प्रा. डा. जैनुदिन अन्सारी, प्रबन्ध निर्देशक शाहानवाज अन्सारी, एकेडेमिक निर्देशक नुशरत जहा अन्सारी, एडमिसन डाइरेक्टर आविद हुसेन अन्सारी, प्रधानाध्यापक डा. के.एन. सिंह, सहप्राध्यापक रविशंकर गुप्ता, र प्रशासन प्रमुख गौसुल आजमलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बीएससी १५औँ ब्याचका विद्यार्थी सुप्रिया कडरिया, करुणा नेपाल, अर्चना साह, अस्मिता विश्वकर्मा, सफलता श्रेष्ठ, सुमिना श्रेष्ठ, कृति पौडेल, र माया जोसीलगायतले जनचेतनामूलक नाटक प्रस्तुत गरे। यसले एड्सप्रतिको चेतना वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।
कार्यक्रमपछि अस्पतालका विभिन्न वार्डमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो। यसबाट बिरामीहरूको सेवा र सहयोगप्रति अस्पतालको प्रतिबद्धता झल्किएको छ।