न्यूनिकरणको विकल्प कडा कार्वाहीः दिपासा गिरी
पर्सागढी नपा– ५
महिला भएकै कारण वा महिला र बालबालिकाहरु माथि गरिने कुनै पनि प्रकारको विभेद लैंगिक हिंसा हो । महिला, पुरुष, तेस्रो लिङ्गीलाई गरिने हिंसा पनि लैंगिक हिंसा हो । हरेक महिलाले हिंसा रहित जीवनयापन गर्न पाउनु पर्छ । हाम्रो समाजमा हिंसालाई सामान्य रुपमा लिने गरिएको काराण धेरै महिलाको ज्यान नै गएका उदाहरण पनि छन् । यस्तो हिंसालाई न्युनिकरण गर्नको लागि सबैभन्दा पहिला शिक्षामा जोड दिनुपर्छ । समाजमा शारिरीक हिंसा, मानसिक हिंसा, सामाजिक साँस्कृतिक हिंसा, यौनिक वा यौनहिंसा तथा आर्थिक हिंसा समेतको हिंसामा धेरै मानिस परिरहेका छौं । सामाजिक साँस्कृतिकको नाममा महिलामा हिंसा हुने गरेको छ । यस्ता हिंसाहरुलाई न्युनिकरणका लागि विभिन्न संघ संस्थाहरु खुलेका छन् । त्यसबाट गाउँ घरमा विभिन्न कार्यक्रम गरेर सचेतना फैलाउन आवश्यक पर्छ । आफूसंग हिंसा भइरहेको छ भने गएर उजुरी दिने, त्यो उजुरीमा सरकारले कडा कार्वाही गर्ने र हिंसा रहित समाज बनाउने दिशामा सबै लाग्नु पर्छ ।
हिंसा गर्ने अझै जोगिदैः सुनिता मानन्धर
वीरगंज महानगर–४, विर्ता
लैंगिक हिंसा विरुद्ध कार्यक्रम भएको सुन्दै आएको छु । लैंगिक हिंसा विरुद्ध कार्यक्रमहरु हुनु नराम्रो होइन हिंसाबाट बच्नका लागि आफू सचेत हुनुपर्छ । लक्ष्यमा पुग्न प्रशासनले पनि कडारुपमा प्रस्तुत हुनुपर्छ । मानिसहरुले पनि अलि सचेत भए काम गर्नुपर्छ । अहिले पनि गाउँ घरका मानिसहरुमा चेतनाको कमै पाइन्छ । अहिले पनि गाउँ घरका महिलाहरुसंग भेदभाव हुने गरेको छ । त्यहाँ महिलाले मात्र घरको काम नै गर्नुपर्छ भन्ने मान्यता र संस्कृति संस्कार जिवित छ । यहाँका विभिन्न संस्थाहरुले गाउँ घरमा गएर चेतनाको कार्यक्रम गर्नु पर्छ । त्यहाँको लागि एउटा प्रोजेक्ट नै चलाई दिनुपर्छ । यसमा सरकारसँगै हामीले पनि लापर्वाही गरेका छौं । उजुरी आए पनि मेलमिलाप गराई दिने र त्यो उजुरीलाई हटाइ दिने गरेको पनि पाइन्छ । यस्तो कार्यले त्यहि हिंसा दोहोरिन पुगेको देखिन्छ । यसरी हाम्रो समाज नराम्रो तर्फ लागेको छ । मात्र लैङगिक हिंसा दिवसको दिन कार्यक्रम गरेर मात्र लामो समयसम्म निरन्तरता पाएको हिंसाले ठाउँ छोड्ने छैन । पहिला–पहिला अशिक्षित मानिसहरुले मात्र लैङगिक हिंसा गरिरहेका थिए । तर अहिले पढेलेखेका मानिसहरुले पनि गर्न थालेको भेटिन्छ । समाज पहिलाभन्दा परिर्वतन भएको छ तर हिंसा गर्ने व्यक्तिहरु सबै कार्वाहीमा परेको देखिदैन । अझै जोगिइरहेको पनि भेटिन्छ ।
हिंसा घर भित्रैबाट हटाउनु पर्छः मन्दिरा राउत
वीरगंज–८, पानीटंकी
लैंगिक हिंसालाई न्यूनिकरण गर्न अझैं विभिन्न कार्यक्रमहरु गर्नु पर्छ । हरेक विद्यालयहरुमा यसको बारेमा कार्यक्रम गर्न वा लैंगिक हिंसाको बारेमा एउटा विषय राखेर बच्चाहरुलाई पढाउनु पर्छ । हाम्रो समाजमा हरेक घर–घरमा हिंसा भइरहेको छ । जातपातको नाममा, संस्कृति संस्कारको नाममा पनि हिंसा हुने गरेको छ । सबैलाई एक समान राख्नु पर्छ । सरकारले यसको लागि नयाँ नियम कानुन बनाउनु पर्छ । लैंगिक हिंसा विरुद्ध विभिन्न संस्थाहरु खुलेर त्यस मार्फत पनि लैंगिक हिंसा न्युनिकरण गर्न सक्छौं । यहाँ महिलाहरुलाई कामको आधारमा हिंसा गरिएको पाइन्छ । सबैभन्दा पहिला महिलाहरुले आफ्नो घरबाट नै लैंगिक हिंसाको शिकार हुन परेको छ । महिलाले महिलालाई पनि हिंसा हुने गरेको भेटिन्छ । हिंसा न्यूनिकरण घर भित्रबाटै सुरु हुनु पर्छ । सामाजिक सञ्जालबाट पनि हाजकाल महिला तथा बालबालिका हिंसामा परेका छन् । त्यसबाट पनि महिला तथा बालबालिकाहरु आफू सर्तक भएर बस्नु पर्छ ।
लिंगका आधारमा हिंसा नहोस् : मधु सिंह
वीरगंज – ८
अहिले पनि हाम्रो समाजमा लैंगिक हिंसा र दुव्र्यवहार भइराखेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा सरकारले विभिन्न कार्यक्रमहरु पनि चलाएर जनचेतना फैलाउनु पर्छ । अहिलेको युगमा मानिसहरुले विभिन्न सामाजिक सञ्जाल मार्फत पनि हिंसा गरिराखेको पाइन्छ । कुनै पनि व्यक्तिको यौनिकता, उसको विचार, उसको पहिरन, उसले दिने मञ्जुरी सबै कुरालाई सम्मान गर्न सक्ने सामाजिक संरचनामा सुधार ल्याउन सक्ने व्यवस्था भयो भने मात्र अनलाइन र अफलाइनमा हुने लैंगिक हिंसा न्युनिकरण हुदैं जान्छन् । लंैगिक हिंसाबाट पीडितलाई तत्काल उद्धार गरी संरक्षण, मनोसामाजिक सहयोग राहत आदि प्रदान गर्नु पर्छ । लिंगका आधारमा गरिने भेदभावबाट उत्पन्न हुने हिंसाको अन्त्य गर्नु पर्छ ।
हिंसा न्यूनिकरणका लागि निरन्तर पैरवीः संतोष कुमार खड्का
वीरगंज, घण्टाघर
पुरुष र महिला बीचमा हुने असमान व्यवहार अर्थात भेदभावलाई लंैगिक हिंसा भन्ने गरिन्छ । अहिलेको युगमा धेरै भेदभाव खासै छैन । पहिला धेरै हुने गरेको देखिन्थ्यो । पुरुषहरुले चाहेर पनि कतिपय अवस्थामा आफ्नो श्रीमतीलाई सहयोग गर्न सकिरहेको हुँदैन । तर जुन मानिस सहयोग गर्न सक्छ । त्यसले गरिदिनु पर्छ । लैंगिक हिंसा न्यूनिकरण गर्नको लागि महिला माथि हुने हिंसाको विरुद्धमा पुरुषलाई जागरुक गराउनु पर्छ । मानव अधिकार मुद्दाको रुपमा महिला विरुद्ध हुने लैंगिक हिंसाको बारेमा स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रियस्तरसम्म व्यापक जनचेतना फैलाउनु पर्छ । स्थानीय तथा राष्ट्रियस्तरमा महिला विरुद्ध हुने लैंगिक हिंसा अन्त्यको लागि आवश्यक प्रभावकारी कार्यक्रमहरुको कार्यान्वयनमा निरन्तर पैरवी गर्नु पर्छ ।
व्यवहारिक रुपमा कम हुनुपर्छ: अकबर हवारी
वीरगंज – १४
महिलाहरु माथि कुनै किसिमको विभेद गरिनु हुँदैन । यो पनि हिंसा अन्तर्गत पर्छ । एउटा अमानवीय क्रियाकलाप हो हिंसा । यसलाई हामीले समाजबाट निकाल्नु पर्छ । यो अमानवीय क्रियाकलापलाई हटाउनको लागि जनस्तरबाट विभिन्न किसिमको जन सचेतनामूलक कार्यक्रम संचालन गर्नु पर्छ । साथै सरकार बनाइएका नियम कानुनलाई कार्यान्वयनमा ल्याउनु पर्छ । हामीले यसको साथ साथै महिला शिक्षामा पनि विशेष ध्यान दिनु पर्छ । यहाँ विभिन्न संघ–संस्थाहरु रहेका छन् । ती संस्थाद्धारा वास्ताविक स्थानीय तहमा गएर व्यवहारिक रुपमा क्रियाकलाप गर्नु पर्दछ । कागजी रुपमा काम गरेर चाहेको जति उप्लब्धी प्राप्त हुन सक्दैन । कुनै पनि काम गर्दा त्यसलाई व्यवहारिक रुपमा उतार्नु पर्छ ।
पीडितले प्रहरीमा उजुरी दिनुपर्छ : लालदेव प्रसाद यादव
वीरगंज–१६
लैंगिक हिंसा आफ्नो घरबाट नै न्यूनिकरण गर्ने प्रयास गर्नुपर्छ । लैंगिक हिंसा के कस्ता कार्यहरुबाट भइरहेको छ । आजको युगमा अभिभावकहरुले आफ्नो बच्चाहरुलाई हिंसा बारे सचेत गराउनु पर्छ । सरकारले आफ्नो भूमिका राम्रोसंग निभाइरहेको छ । तर गाउँ समाजको मानिसहरुले पनि सरकारसंग हातेमालो गर्नु पर्छ । यदि हामी सबैले चाह्यो भने लैंगिक हिंसा न्यूनिकरण गर्न सकिन्छ । हाम्रो समाजमा हिंसालाई सामान्यरुपमा लिने गरिन्छ । तर यस्तो हुनु हुँदैन । यदि लैंगिक हिंसाको शिकारमा कुनै पनि मानिस परेको छ भने उसले प्रशासनमा उजुरी दिनु पर्छ । नेपालमा लैंगिक हिंसालाई लिएर सरकारले धेरै कडा नियम बनाएको छ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंिगक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । विभिन्न कार्यक्रमहरु संचालन हुन्छ । मानिसहरु लैंगिक हिंसाको व्यानरसंग फोटो लिएर सामाजिक सञ्जालमा हाल्छन् । यस्तै गरेर लैंगिक हिंसाको कार्यक्रम समाप्त हुन्छ । अहिलेको युगमा दुव्र्यवहारदेखि लिएर सामाजिक सञ्जालसम्म हिंसा भइरहेको छ । सामाजिक सञ्जालबाट चरित्र हत्या भइरहेको छ । यस्ता हिंसाको रोकथाम तथा अन्त्य गर्न अति नै आवश्यक छ । वर्षेनी मनाइने १६ दिने अभियानले लैंगिक हिंसा विरुद्धको आवाजलाई सशक्त बनाउन सहयोग पु¥याउँछ । लैगिक हिंसामा सबैभन्दा बढि महिला नै पर्ने गरेका छन् । सामाजिक परम्परा नै महिलालाई महिला भएकै कारण विभेद गर्ने हिसाबले अघि बढेको छ । यसलाई महिलाहरुले आफ्नो घरबाटै न्यूनिकरण गर्न सकिन्छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१ १३:१५