१. जाडो मौषममा बालबालिकामा कस्ता खालका समस्या देखा पर्छन् ?
जाडोको समयमा जति सानो बच्चा छन् उति नै उनीहरुलाई समस्याहरु देखिने गर्दछ । जाडोको समयमा बच्चाहरुलाई रुघाखोकी लाग्ने, निमोनिया हुने समस्या बढी हुन्छ । रुघाखोकी, निमोनिया जाडो र गर्मीमा अलग–अलग किसिमका रोग लाग्ने गर्दछ । जाडोमा बच्चाहरुलाई धेरै कपडा लगाउने गर्छन् । बच्चालाई धेरै कपडा लगाउनु नै एउटा बिरामी हो । बच्चाको शरीरमा पसिना आउँछ । बच्चालाई श्वास फेर्न गाह्रो हुन्छ । हात चलाउन गाह्रो हुने गरी कपडा लगाउनु हुदैन । बच्चालाई साधारण सुतिको भित्रबाट कपडा लगाउनु पर्छ । जसले पसिना सोस्ने काम गर्छ ।
२.बच्चाहरुलाई हेरचाह कसरी गर्न सकिन्छ ?
बच्चालाई दैनिक घाममा राख्न जरुरी हुन्छ । हावा लागेर बच्चा बिरामी हुन्छ भनेर बाहिर निकालिदैन । तर बच्चालाई गुम्सिने कोठामा सधै राख्नु हुदैन । हावा लाग्ने खुला ठाउँमा राख्नुपर्छ । रातिमा चिसो हुने भएकोले कपडाले छोपेर सुताउनु पर्छ । मनतातो पानीले बच्चाको नाक पुच्छ्ने र नाक सधै सफा राख्नु पर्छ । अहिले बच्चालाई डाइपर लगाउने चलन आएको छ । एउटै डाइपर लामो समय लगाउदाँ चिसो लाग्ने सम्भावना हुन्छ । नाक, कानमा तेल नहाल्ने । बच्चाको जिब्रो सधै सफा गरेर राख्नु पर्छ । सरकारले निःशुल्क दिएकोे खोपहरुको सबै मात्रा पुरा लगाउनु पर्छ । खोपले धेरै किसिमको रोगहरु लाग्नबाट बचाउँछ । बच्चालाई ६ महिनासम्म आमाको दुध मात्र खुवाउनु पर्छ । ६ महिनाभन्दा माथिको बच्चालाई आमाको दुधको साथै थप आहार खुवाउनु पर्छ । दालको झोल, लिटो, खिचडी बनाएर खुवाउनु पर्छ । बच्चालाई दुध सुतेर खुवाउनु हुदैन । बच्चाको टाउको अग्लो पारेर आमा उठेर खुवाउनु पर्छ । ६ महिनाभन्दा सानो बच्चालाई निमोनिया हुदाँ अप्ठ्यारो धेरै हुन्छ । ठूलो बच्चालाई निमोनिया भएमा, नाक बन्द भएमा नाकमा औषधी हाल्ने, न्यानो तातो कपडा लगाइदिने गर्नु पर्छ ।
३. बच्चालाई निमोनिया हुने कारण के हो ?
निमोनिया जुन उमेरका मानिसलाई पनि हुन सक्छ । जति सानो उमेरको बच्चा छ भने त्यसलाई निमोनिया हुने सम्भावना बढी हुन्छ । एक वर्षभन्दा मूनिको बच्चालाई निमोनियाको जोखिम बढी हुन्छ । सानो बच्चाले आफूलाई भएको समस्या बताउन सक्दैनन् । हामीले उनीहरुको हेरचाह गर्न समस्या हुन्छ । बच्चा सक्रिय भएमा आफ्नो स्वास्थ्यको आफै हेरचाह गर्न सक्छ । सफासुग्घर राख्न नसकेमा निमोनिया हुने बढी डर हुन्छ ।
४. निमोनियाका लक्षणहरु के हुन् ?
बच्चालाई जाडो र गर्मी दुबै सिजनमा पनि निमोनिया हुन्छ । सानो बच्चाको हेरचाह गर्न नसक्दा निमोनिया हुन्छ । निमोनिया भएका बच्चाहरुलाई कोखा हान्ने हुन्छ । नाक बन्द हुन्छ । नाक बन्द भएमा दुध खान गाह्रो हुन्छ । दुध खान नसक्दा बच्चाले वान्ता गर्छ । वान्ता भित्र गएर निमोनिया हुन्छ । कोखा बढी चल्न थाल्यो । श्वास लिन गाह्रो भएमा निमोनियाको सुरुवात हो भन्ने बुझेर समयमा बालरोग विशेषज्ञलाई जाँच गराएर औषधी खान सुरु गर्नु पर्छ । ६ महिना भन्दा सानो बच्चालाई निमोनिया भनेको धेरै ठूलो समस्या हो । त्यसैले साना बच्चाहरुलाई हेरचारमा विशेष ध्यान दिनुपर्छ ।
५. बच्चालाई कस्तो खाना खुवाउनु पर्छ ?
बच्चा स्वस्थ्य राख्नकोलागि बच्चा ६ महिना भएसम्म आमाको दुध मात्र खुवाउनु पर्छ । ६ महिना पुगेपछि आमाको दुधको साथै पोषिलो थप आहार खुवाउनु पर्छ । बजारमा पाइने विभिन्न ब्राण्डका खाद्य पदार्थभन्दा आफैले विभिन्न किसिमका अन्न तथा गेडागुडी मिसाएर बनाएको पिठोको लिटो बनाएर खुवाउनु बच्चाको स्वास्थ्यकोलागि उपयुक्त हुन्छ । जसले बनाउन सक्दैन । सर्वोत्तम लिटो बजारमा पाइन्छ । किनेर खुवाउँदा राम्रो हुन्छ । सानो बच्चामा त्यति पानी खुवादैनन् । तर ६ महिना काटेपछि भने मनतातो पानी खुवाउनु जरुरी हुन्छ । झोलिलो खानेकुराहरु बढी मात्रामा खुवाउनु पर्छ । बच्चालाई सर्वोत्तम लिटो खुवाउँदा बच्चालाई चाहिने आइरन, क्याल्सियम प्रयाप्त मात्रामा पाउन सक्छन् ।
६. निमोनिया भएको बच्चालाई पछि पनि निमोनिया हुन सक्छ ?
सानोमा निमोनिया भएको बच्चालाई पटक पटक निमोनिया हुन्छ भने होइन । एक पटक निमोनिया भएपछि राम्रोसंग उपचार भएमा फेरि पनि दोहोरिदैन । यदी उपचार राम्रोसंग भएन भने आधा उपचार मात्र भएको छ भने निमोनिया निर्मूल भएको हुदैन । उपचार राम्रो भएमा निमोनिया निर्मूल हुन्छ । त्यसपछि राम्रो हेरचाह गरेमा बच्चालाई निमोनिया दोहोरिन सक्दैन ।
७. बच्चालाई निमोनिया भएको कसरी थाहा पाउन सकिन्छ ?
बच्चालाई ज्वरो आएको पनि हुन सक्छ । नाकको प्वालको भित्ता हल्लिन्छ । बढी गरेर कोखा हान्न थाल्छ । छिटो–छिटो श्वास लिन थाल्यो भने निमोनियाको पहिलो लक्षण हो । सानो बच्चालाई दुध खान गाह्रो हुन्छ । बच्चाले वान्ता गर्न थाल्छ । नाक खुला पार्ने, मुख सफा गर्ने, घाममा राख्ने, खुला खालको कपडा लगाउने । त्यति गर्दा पनि भएन भने बाल रोग विशेषज्ञसंग जाँच गराउने र निमोनिया भए नभएको पत्ता लगाउन सकिन्छ ।
८.अन्त्यमा के भन्न चाहनुहुन्छ ?
अहिले पनि गाउँघरमा आमाले भोजमा जे पाए पनि खाएको कारणले बच्चा बिरामी भएको भन्ने चलन छ । तर आमाले खाएको खानाले गर्दा बच्चा बिरामी हुन्छ भने होइन । टिबी, छारे रोग, क्यान्सर रोगको औषधी आमाले सेवन गरेको छ भने मात्र बच्चालाई दुध खुवाउन बन्द गर्नुपर्छ । त्यो बेलामा मात्र आमाको दुधले खराबी गर्छ । आमाले खाएको खानाबाट प्रशस्त दुध आउने र पोषिलो हुने हुनाले आमाले सबै किसिमका खानेकुरा खानुपर्छ । आमाले बच्चालाई जति दुध खुवायो उति नै दुध बढ्छ । सुत्केरी हुदाँ अप्रेशन गरेर दुध नआउने हुदैन । अप्रेशन गरे पनि आमाको दुध प्रशस्त आउँछ । त्यसकोलागि बच्चालाई दुध चुसाएर राख्नु पर्छ । बच्चालाई ६ महिनासम्म आमाको दुध खुवानु पर्छ । ६ महिना काँटेपछि आमाको दुधको साथसाथै सर्वोत्तम लिटो, झोलिलो खानेकुरा खानुपर्छ । आमाको दुधले धेरै रोगहरु लाग्नबाट बचाउँछ । त्यसैले बच्चालाई आमाको दुध अमृत समान हुन्छ ।