वीरगंज कलेजले कक्षा ११ मा अध्ययनरत नव प्रवेशी विद्यार्थीहरूको लागि भिष्वा होटलमा एक दिने उद्यमशील अभिमुखीकरण तालिम कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रममा वीरगंज कलेजका सञ्चालक डा. दीपेन्द्र चौधरीको अध्यक्षतामा संचालन गरिएको थियो।
कार्यक्रमको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र डा. दीपेन्द्र चौधरीले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य र व्यापार समितिको सभापति सुबोध कुमार गुप्ता, वीरगंज उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष हरीप्रसाद गौतम, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल लगायतका प्रमुख व्यक्तिहरू उपस्थित थिए।
अन्य अतिथिहरुमा प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सरोज चौधरी, मध्य नेपाल मिडियाका सम्पादक कविता खड्का, संचारकर्मी कमला भण्डारी, टिब्युन नेपालका सम्पादक निरज पिठाकोटे, उत्प्रेरक उज्जवल शर्मा, जन भण्डाफोरका कार्यकारी सम्पादक जगत राई, राजधानी दैनिकका प्रदेश ब्युरो प्रमुख तुलसी भण्डारी, पेन्टागन होस्टलका सञ्चालक अरविन्द चौधरी, ग्लोबल आईएमी बैंकका शाखा प्रबन्धक विवेक टिबडेवाल, अंकुश दैनिकका सन्तोष रञ्जितकार, सगरमाथा टेलिभिजनका प्रणय कुमार, पकाहा माविका प्रअ मनोज यादव, मिर्मिरे अनलाईनका दिपक चौरसिया, अधिवक्ता रामनाथ महतो, सुनिल यादव, कलेजका सञ्चालक एवं प्रमुख विनोद गुप्ता, सुरेशप्रसाद चौधरी, प्रशासन प्रमुख दर्शन केसी, प्याब्सन पर्साका आलोक चौरसिया, जिवन ज्योति स्कूलका शिव गुप्ता, रेलवे माविका प्रअ प्रभुप्रसाद रौनियार लगायतका प्रमुख व्यक्तिहरूको उपस्थिति थियो।
कार्यक्रमका वक्ताहरुले नव प्रवेशी विद्यार्थीहरुलाई शुभकामना दिँदै अध्ययनका साथै व्यावसायिक ज्ञानमा पनि जोड दिनुपर्ने बताए। वक्ताहरुले विद्यार्थीहरुमा टेक्नोलोजीको ज्ञान र प्रविधिको सही प्रयोग गरेर ज्ञान र सीप बढाउनु पर्ने आवश्यकता औंल्याएका छन्।
कार्यक्रममा उद्यमशीलता विकासको तालिमको प्रशिक्षण दर्शन के.सी. ले दिएका थिए । अभिमूखिकरण कार्यक्रमको सहजिकरण सरोज पासवानले गरेका थिए।