बारा जिल्ला कुन्जन गा.वि.स. हाल करैया गाउँपालिकामा बुवा काशी प्रसाद यादव, तथा आमा गिरजा देवीको कोखबाट वि.स. २०२६ सालमा जन्मिएका डा. लालबाबु यादव शैक्षिक क्षेत्रका लागी नौलो नाम भने पक्कै पनी होईन ।
बुवा किसान हुनुहुन्थ्यो विग्त सम्झदै डा. लालबाबु यादव भन्छन् त्यो समयमा नदीहरुमा पुल थिएन् कुनै कुनै बेलामा काधमा साईकल बोकेर आउथ्यौ । २०३३÷३४ सालतिर हो, यादव जातीमा शिक्षालाई त्यती महत्व दिईदैन्थ्यो, घरकै काममा व्यस्त हुने चलन थियो तर बुवा राजनितिमा पनि सकृय हुनु भएकाले पढ्ने अवसर पाए । विग्त सम्झदै उनि भन्छन्, पारिवारीक अवस्था मजबुत भएकाले बाल्यअवस्था एकदमै सुखदायि वितेको उनि सुनाउछन् ।
बुवाको योगदान वहाँको लगन भएकाले आज हामी यहाँसम्म पुग्न सफल भएको उनि बताउँछन् । उक्तिबेला निजि विद्यालयको फेसन नरहेकाले सरकारी विद्यालय त्रिचन्द्र माध्यमिक विद्यालय कलैयाबाट २०४३ सालमा एस. एल. सी पास गरे । त्यसलग्तै ठाकुरराम बहुमुखि क्याम्पस हुदँै बनारस सम्मको अध्ययन पुरा गरेका यादव बिगतका दिन सम्झ्दै पहिले गुरु प्रतिगर्ने सम्मान र व्यवहारमा धेरै परिवर्तन आएको बताए । हाम्रा गुरुहरु अहिले पनि भेटदा जुन सम्मान हामी गर्छाै त्यो अहिलेको नयाँ पुस्तामा पाउन कठिन रहेको तितो सत्य उनले पोखे ।
यस्तो हनुमा एउटै मात्र कारण नभई धेरै कारणहरु रहेको उनको बुझाई छ । पहिलेका गुरुहरु पनि विधार्थीसंग जुन आत्मियता राख्थे त्यो अहिले बिस्तारै हट्दै गएको र अहिलेको युगमा धेरै परिवर्तन आईसकेकाले पनि मान सम्मान, आत्मियतामा कमि आएको डा. यादव बताउँछन् । अहिलेको आधुनिकता ठिक कि पहिलेको पढाई ठिक थियो भन्ने निर्कोल निकाल्न नसकेपनि गुरुप्रति श्रद्धा नभएका विधार्थीले राम्रो ज्ञान हासिल गर्न नसक्ने उनको भनाई छ । डा.यादव भन्छन् ‘गुरु प्रति श्रद्धा हुनै पर्छ, केही आशावादी छौँ डर नभएपनि अझै मान सम्मान गर्नेहरु पनि छन् । आधुनिक समाजको शैक्षिक अवस्था लगायत शैक्षिक क्षेत्रमा हुने विकृति विसङ्गति र राम्रा प्रयासहरुबारे ओम ईन्टरनेशनल एकेडेमी कलेजका संचालक डा लालवावु यादवसंग मध्य नेपालका लागि गरिएका थप कुराकानी :
१) प्रदेश नं २ को शैक्षिक स्तर कस्तो पाउनु भएको छ ?
हाम्रो देशको जुन शिक्षा नीति छ अहिले ग्रेडिङ्ग सिस्टममा गईसकेको छ । यो सिस्टमले शिक्षाको सबै कुरा पुरा गर्न त सक्दैन । जहाँ सम्म हाम्रो कुरा छ । हामीले व्यवसायिकरण भन्दा पनि गुणस्तरीय शिक्षा दिनुपर्छ भन्ने भावनाले ओम ईन्टरनेशनल एकेडेमी क्याम्पसको शूरुवात गरेका हौँ । प्रदेश कै कुरा गर्ने हो भने, धेरै नै सधार्नु पर्ने ठाँउहरु छन जुन अब हामी शिक्षा क्षेत्रमा आबद्ध व्यतmीहरु मिलेर यसको सुरुवात गर्दैछौँ । तर एक जना मात्र लागेर सम्भव छैन यसमा स्थानिय, प्रदेश र केदि«य सरकारको पनि हातेमालो हुन जरुरी छ ।
शिक्षा निति सरकारले तय गर्ने हो । त्यही सेरोफेरोमा रहेर हामी संचालकहरुले संस्था संचालन गर्ने हो । हाम्रो देशको वर्तमान शिक्षा निति श्रेणीगत प्रणालीमा गईसकेको छ । यसकारण ग्रेडिङ्ग प्रणाीमा शिक्षाको मेरुदण्ड अनुसार काम गदै त्यस अनुसार शिक्षकहरुलाई तालिमको व्यवस्था मिलाउनु पर्दछ । हामीले जुन किसिमले तयारी गरेर दिएका थियौ र बच्चाहरुले जुन हासिल गरेका थिए त्यो शिक्षालाई यो श्रेणी प्रणालीले पुरा गर्न सक्छ जस्तो लाग्दैन् । हामीले उच्च मावि तहबाट सुरु गरेका छौँ ।जतिबेला त्रिभुवन विश्वविद्यालयले आइएसिलाई फ्रेज आउट गरेको बेला थियो ।
त्यो परिस्थितीमा हाम्रो प्रदेश हाम्रो जिल्लाको शिक्षामा हाम्रो पनि सहयोग हुनपर्छ । त्यसको लागी हामीले एउटा राम्रो एकाडेमी खडा गर्नुपर्छ भन्ने सोच्यौ र त्यो अनुशारले स्थापना पनि गर्यौ र सफल पनि भएका छौँ ।
२) अहिले तपाईको क्याम्पसमा कति विद्यार्थी छ्न ?
हामीलेसुरु गर्दा १६७ जना विद्यार्थी कक्षा ११ मा भर्ना गरेका थियाँै । त्यसपछि २५० विद्यार्थी भर्ना गर्यौ र अहिले ५ सेक्सन मिलाएर ५०० र स्कुलतिरको ९०० जति विद्यार्थीहरु छन । सबै मिलाएर १४०० विद्यार्थी हाम्रो एकेडेमिमा अध्ययनरत रहेका छन् । शिक्षालाई व्यापारीकरण हुन दिनु हुदैन भने सोचले हामिले संस्था अगाडि बढाएका छौ । नेपालमा संघियता लागु भए पश्चात नेपाल सरकारले प्रदेश टपरहरुलाई पुरस्कृत गर्ने सिस्टम ल्यायो । संजोगले हामीले २ वर्ष २०७३ र २०७४ मा हाम्रो विद्यार्थीहरुले टप गरे । २०७५ देखि ग्रेडिङ प्रणाली आईसकेको हुनाले त्यो पुरस्कारबाट बन्चित भयौँ । अहिले त्यो पुरस्कार बन्द छ । तर हाम्रो लागी त्यो निकै गर्वको कुरा हो कि ८ वटै जिल्लामा लगातार २ वर्ष प्रदेश न २ मा उत्कृष्ट स्थान हासिल गर्न सफल भयौँ ।
३) अहिले शिक्षामा व्यपारीकरण भएको जनगुनासो छ तपाई यसलाई के भन्नु हुन्छ ?
शिक्षामा व्यपारीकरण भएको छैन् कोही कसैले गरे होला तर पढाए वापत शुल्क लिदा व्यपारीकरण भन्न मिल्दैन । यो गलत कुरा हो ।
४) सरकारले ल्याएको ग्रेडिङ प्रणालीलाई यहाले कसरी लिनुभएको छ ?
मैले बुझ्दा हाम्रो विद्यार्थी कोहि पनि फेल नहोउन् । सबै साक्षर होउन र खाडी मुलुक गएर आएको रेमिटान्सले देश चलाउने निति ल्याएको जस्तो लाग्यो मलाई सरकारले ल्याएको ग्रेडिङ प्रणाली त्यक्ति महत्व दिएको जस्तो लागेन् ।
५) प्रदेश नं. २ को शैक्षिक स्तर खस्केको विभिन्न तथ्यानङकले देखाएको छ । यसको दोषी को देख्नुहुन्छ ? यसलाई कसरी सुधार्न सकिन्छ ?
पक्कै पनि हो प्रदेश नं. दुईको शैक्षिक स्तर बारे हामीलाई ग्यात नभएको कुरा हैन । खास गरि मधेश आन्दोलन देखि बच्चाको अनुशासनमा हिन जोडिएको छ । जहाँ अनुशासन हुदैँन् त्यहाँ शिक्षा पनि सम्भव हुदैन् । यो दुबै एक अर्काको परिपुरक हुन् । राम्रो र सम्पन्न परिवारका बच्चाहरु बाहिर जान थाले । यो सबै राजनिति शिक्षामा हावी भएर हो । अब हामिले समिक्षा गरेर सुधार्नै पर्दछ ।
६) प्रदेश नं २ लाई शैक्षिक हब बनाउन कस्तो किसिमको रणनिति ल्याउनु पर्छ ?
शिक्षा सुधार गर्नका लागि विद्यार्थी नेता, राजनितिकर्मी, गुरुवर्ग, अभिभावक सबैले मिलेर गहन चिन्तन अध्ययन गरेर अगाडि बढ्नुपर्छ । शिक्षालाई एउटा शान्ति क्षेत्र घोषणा गर्नुपर्छ । त्यहाँ कुनै आन्दोलन हड्ताल बिबाद हुनु हुदैन । यसमा सम्पुर्ण तहका पदाधिकारीहरु मिलेर चिन्तन मनन अध्यन गरेर बहस चलाएर निर्णय लिनुपर्छ ।
७) यहाँले के उद्देश्य लिएर शिक्षा क्षेत्रमा लगानी गर्नु भएको हो ? कत्तिको सफल हुनु भयो ?
हामीले संस्था संचालन गर्दा वीरगंजमा एक दुईवटा मात्रै विद्यालय ंसंचालनमा थिए । अहिले च्याउ उम्रिय सरि कलेजहरु खोलेका छन् । यो हाम्रो देन हो कि वीरगंजमा आज विज्ञान संकायमा पहिला २०० विद्यार्थी पढ्थे भने अहिले १००० देखि २००० सम्मले पढ्न थालेका छन् । हामीले नै विद्यार्थिहरुलाई कोचिङ कक्षा दिइरहेका छौ । हामीले पैसा आय अर्जन गर्नु भन्दा पनि राम्रो शैक्षिक संस्था स्थापना गर्ने जुन बच्चाहरु अध्ययनका लागि बहिर पलायन भइरहेका छन त्यो क्रमलाई रोक्न र कम लागतमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले यो संस्था स्थापना गरेका हौ । हाम्रो उद्देश्य भने कै वीरगंजलाई शैक्षिक हबको रुपमा परिचित गराउने हो । के कतिको सफल असफल भन्ने कुरा तपाईहरु, अभिभावकहरुले गर्ने कुरा हो ।
८) शिक्षा क्षेत्रामा जथाभावि भै रहेको लाईसेन्स वितरण गर्ने नितिलाई तपाई के भन्नु हुन्छ ?
संघिय सरकार बनिसकेपछि शैक्षिक क्षेत्रको सबै कामकाज स्थानिय तहमा गाभिसकेको छ । यसमा अहिले स्थानिय सरकार नै चुकिरहेको अवस्था छ । एउटा घरमा दुई वटा विद्यालय संचालनको स्वीकृति दिनु यो वास्तव मै दिर्भाग्यको कुरा हो । तर शैक्षिक संस्था स्थापना गर्नु नराम्रो काम होईन । हामीले त्यसमा दिईने गुणस्तरलाई पनि ख्याल राख्नुपर्छ । सरकारले केहि मापदण्ड बनाएर नै स्वीकृति दिनुपर्ने हुन्छ । शिक्षाको मापदण्ड पुरा नगरी संचालन गरेमा शैक्षिक संस्थाले शिक्षामा विकृति भित्रयाउँछ र भित्रयाएको पनि छ । यसकारण यस विषयमा सरकार सचेत हुनुपर्छ र संचालकहरु पनि सचेत हुन जरुरी छ ।
९) ओम नेशनल एकेडेमीको भौतिक सेवा सुविधा र त्यहाँको वातावरण कस्तो छ ?
विद्यालय संचालनका लागि भौतिक पुर्वाधार अपरीहार्य श्रोत साधन मध्यको एक हो । हामी कहाँ आवश्यक भौतिक स्रोत साधान प्रर्याप्त मात्रामा उपलब्ध छन् । हामिले भौतिक सेवा सुविधा भन्दा पनि बढि गुणस्तरीय शिक्षामा जोड दिएका छौँ । विद्यार्थीलाई आवश्यक सम्पुर्ण सेवा सुविधा कोचिङ क्लास, प्रयोगात्मक कक्षा, अन्तकृयात्मक कक्षा लगायत आवश्यक सबै सेवा सुविधाको व्यवस्था गरेका छौ । हरेक कक्षामा ४५ जना विद्यार्थी मात्रै समावेश छन । हामी कहा विद्यार्थी र अभिभावक वर्गबाट कुनै गुनासो आएको देखिन्न् ।
१०) तपाईको शैक्षिक संस्थामा अध्ययापन गराउने बच्चाहरुको अभिभावकहरुले पढाई प्रति कतिको ध्यान दिएको पाउनु भएको छ ?
आफ्नो बच्चाहरुको पढाई प्रतिको अभिभवकहरुको चासो मैले एकदमै कम मात्रामा पाएको छु । एस इ इ तहसम्मको शिक्षामा केहि हदसम्म चासो देखाए पनि श्रेणि बढ्दै जादाँ चासो पनि कम भएको देखिन्छ । शिक्षकहरुले दिनै पिच्छेको विद्यार्थीहरुको विवरण अभिभवकवर्गलाई जानकारी गराउँदा समेत पनि अभिभावकको त्यति राम्रो प्रतिकृया मैले पाएको छैन् ।
११) अन्त्यमा एस इ इ परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई यहाँले के भन्न चाहनु हुन्छ ?
ओम नेशनल एकेडेमी यस क्षेत्रका वुद्दिजिविहरुले संचालन गरेको संस्था हो । अहिले जो भर्खरै एस इ इ दिएर बस्नु भएका र रिजल्ट पछि अध्ययनका लागि बहिर जाने योजना बनाउनु भएका भाई बहिनिलाई विज्ञान विषय पढ्नका लागि यो भन्दा राम्रो विद्यालय अरु छ जस्तो लाग्दैन् । त्यसैले लाखौँ खर्च गरेर बाहिर जानु भन्दा एकचोटि यँहा आउनुस हेर्नुस । हामीले कम लागतमा गुणस्तरीय शिक्षा यहाँ दिईरहेका छाँै ।