शहरभित्र सवारी सुविधालाई ध्यानमा राखी साना सवारीहरु संचालनमा ल्याएको हुन्छ । वीरगन्ज महानगरपालिका पनि यो मानेमा अछुतो छैन । सोही क्रममा तीनपाँग्रे सवारी ई–रिक्सा पनि संचालनमा आएका छन् । आधुनिक सवारी साधनका रुपमा पछिल्लो समय तीनपाँग्रे सवारी साधन ई–रिक्सा संचालनमा आउनु राम्रो पक्ष पनि हो । तर यसको अव्यवस्थित र असन्तुलित तरिकाले संचालन हुनु राम्रो संकेत होइन ।
यातायात व्यवस्थापन विभागले तीन पाङग्रे सवारी साधनलाई व्यवस्थापन गर्न बजार क्षेत्र र ग्रामिण क्षेत्रमा गरेर १० वटा रुट बनाएको छ । तर संचालन गर्न दिएको रोड परमिट अनुसार तीनपाँग्रे नचलेको यातायात व्यवस्था विभाग पर्साका शाखा प्रमुख विजय गुप्ताले बताए । प्रायः तीनपाँग्रे सवारीको संचालन बारे धेरै गुनासो आउने गरेको उनको छ । बजार क्षेत्रमा नियम विपरित वान वे विपरित र जता पायो उतै पनि चल्ने गरेको प्रमुख गुप्ताको भनाइ छ । नियमन र अनुगमन नभएपछि ट्राफिक नियम जता ततै उलंघन भएको देखिन्छ । यसको सहि व्यवस्थापन गर्न राम्रो संयन्त्र नबनेको उनको भनाई छ । सवारी चालक अनुमति पत्रको व्यवस्था, सुरक्षित विमा र दण्ड जरिवानाको व्यवस्था अपरिहार्य भइसकेको उनले सुझाव दिए ।
वर्तमानमा तीन पाँग्रे संचालन र व्यवस्थापनमा सवारी चालक समेत खुसी छैनन् । बिन्दवासनी गाउँपालिका वडा नं. ३ का ओम प्रकास सहनी आफै विगत ५ वर्षदेखि तिनपाङग्रे सवारी साधन चलाइरहेका छन् । सवारीसँगै बुलुबुक पाएपछि सवारी साधनको लाइसेन्स र रोड परमिट नेपाल सरकारको कानून अनुसार पाइन्छ । तर सबैले यसको सहि प्रयोग नगरेको उनी पनि स्वीकार्छन् । रोड परमिट र लाइसेन्स ट्राफिकले कानूनी दायरामा ल्याउन अनुगमन गरिरहेको हुन्छ । तर लाइसेन्स, सवारीकोे कागज पत्र भएको मात्र सवारी संचालन छैनन् । ई रिक्साहरुको व्यवस्थापन एकदम जरुरी छ । सबै ई रिक्साहरुको संघ छैन उनले भने । महानगर भित्रमा सानो ग्रुपको बनेको छ । ई–रिक्साहरुले बिच बाटोमा नै आफ्नो सवारी लगाई दिन्छन् । यो पनि नियम अनुसार भएन उनले भने ।
वीरगंजदेखि–पोखरीया–हुँदै भिस्वासम्म चल्ने अटोको संघ भएको गहवामाई टेम्पु, अटो संचालक संघका ईन्चार्ज अमिर लाल पटेलले आफूहरुको संस्था दर्तामा रहेको बताए । सबै अटोहरुको लाइसेन्स, रोड परमिट सवारीको सबै कागजहरु छ । सवारी साधनबाट फाइदा भइरहेको छैन कति जनाको सवारी साधन लोनमा छ । जति चाहिने हो सो भन्दा धेरै सवारी भइसके उनले भने । यात्रुहरुको चाप पनि कम छ । धेरै जनाको सवारी साधनको प्रमाण पत्र पनि छैन । मात्र एउटा बुलुबुकको भरमा ई रिक्सा चलिरहेका पनि छन् । उनले बताए । महानगरपालिकाले पनि यसको विषयमा कुनै पनि ध्यान दिएको छैन इन्चार्ज पटेलले भने ।
मैले आफ्नो सवारी साधन लिएको ५ वर्ष भयो । त्यो बेलामा मैले बजाज कम्पनीको सवारी साधन लिएको थियो । ५ वर्ष पहिला यो ई रिक्सा थिएन । सबै सवारी साधनहरु पेट्रोलले नै चल्ने गथ्र्यो । त्यो बेलामा हाम्रो कमाई राम्रो थियो । पेट्रोलको मूल्य पनि ५ वर्ष पहिला कम थियो । त्यो समयमा दिनको हामी २ हजार २५ सय कमाइ रहेको थियो । यो ई रिक्सा आएपछि राम्रो व्यवस्थापन हुन सकेको छैन वीरगंज पटेल नगर वडा नं. २१ का सुब्बा प्रसाद पटेलले बताए । सवारी साधन आवश्यकताभन्दा बढि भएपछि हाम्रो कमाइ विस्तारै कम हुदै गयो । यो ई रिक्साहरुको न कुनै संघ छ न कुन संस्था छ । उनीहरु महानगर देखि लिएर गाउँ पालिकासम्म आफ्नो गाडी चलाउँछन् । यी सवारी साधन नगर भित्र चलाउन पाइने भनेको छ । तर हाइवेहरुमा पनि यसको संचालन भइरहेको छ । सवारी साधन किन्नमा ७ लाख लाग्छ । दिनको १ हजारको पनि कमाइ नहुने भएपछि समस्या बढेको छ उनले भने ।
जनहित टेम्पो यातायात सेवा कम्पनी प्रा.लि का अध्यक्ष अमर पटेल टेम्पो चलाउने मानिसलाई धेरै समस्या भएको बताउँछन् । पेट्रोल भएको सवारी साधनहरुको कमाइ भइरहेको छैन । आफ्नो सवारी साधनको रोड परमिड, बुलुबुक, लाइसेन्स, जाँचपास चारवटा कुराको कर तिरिरहेको हुन्छ । यसमा प्रशासनको कुनै ध्यान छैन । बैट्रि भएको सवारी साधनहरुको मात्र एउटा बुलुबुक हुन्छ र त्यसैको आधारमा उनीहरु जहाँ पनि सवारी साधन चलाउन पाइरहेका छन् । चारवटा कागजको कर तिरिरहेका छौं र उनीहरु एउटाको यदि ट्राफिकले उनीहरुलाई समातिरहेको छ भने ५ सय दिएर साधन छुटिरहेको छ । हामीहरुले सबै कर तिर्दा पनि हाम्रो फाइन २ हजारको काटनु हामी माथि अन्याय हो उनले भने । महानगरको लागि मात्र भनेर दर्ता भएको बैट्रि सवारी सधानहरु ग्रामिण भेगसम्म पुगिरहेका छन् । जसले गर्दा तेलवाला सवारीलाई मार परिरहेको छ ।
वीरगंज महानगरपालिका भित्र २०७७ असार मसान्तसम्म ७ सय ५० वटा तिन पाङग्रेहरु दर्ता भएका थिए । २०७७ साल पछिको तिन पाङग्र सवारी साधन दर्तामा लिने गरेको छैन । अहिले पनि २०७७ आसार मसान्तमा किनेका तिन पाङग्रे सवारी दर्ता गरिरहेका छौं । जो दर्ता गर्न छुटेका छन् तिनीहरुको संख्या ठूलो छ । २०७७ साल पछि किनेका तिन पाङग्र सवारीलाई दर्ता नलिदा महानगरलाई व्यवस्थापन गर्न समेत गाह्रो भएको हुन सक्छ सडक तथा यातायात व्यवस्था शाखा प्रमुख बिजय कुमार गुप्ताले बताए । यसको लागि अनुगमन र नियमन जनशक्तिको अभावले गर्दा हुन सकेको छैन । महानगर, ट्राफिक, प्रहरी, सबैको जिम्मामा यसको भूमिका छ । तर अनुगमन र कार्यान्वय पक्ष अझ फितलो छ । पहिला समय समयमा भइरहेको थियो । अहिले जनशक्ति अभावले हो या केही अभावले गर्दा हुन सकेको देखिदैन उनले भने । तिन पाङग्रे सवारी साधनमा पेट्रोल र बैट्रि गरेर दुई किसिमका छन् । पेट्रोलबाट चल्ने सवारी साधन दर्ता गराएका २३ वटा छन र नवीकरण गराएको १० वटा छन् । हामी अनुगमन नियमन गर्दा खेरी दर्ता गराउनेको चाप बढछ अनी नवीकरण पनि धेरै हुन्छ । अनुगमन नियमन नगर्दा चाहि यो प्रक्रिया ह्रास पनि हुदो रहेको छ उनले भने । महानगरपालिका बाहेक भएको तिन पाङग्रे सवारी साधनहरुलाई प्रवेश निषेध गरियो भने व्यवस्था हुन सजिलो हुन्छ । प्रमुख गुप्ताले बताए ।
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१ १५:४४