नेपाल क्रिकेट संघ (क्यान) ले आगामी 'जय ट्रफी पुरुष एलिट कप' क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो।
यो प्रतियोगिता आगामी पुस २१ गतेदेखि माघ ३ गतेसम्म वीरगञ्ज र जनकपुरमा आयोजना हुनेछ। प्रतियोगिता सेतो जर्सी र रातो बलको प्रयोगमा खेलिनेछ।
प्रतियोगिताको नाम परिवर्तन गर्दै ‘क्यान इलाइट कप’ बाट ‘जय ट्रफी पुरुष इलिट कप’ नामाकरण गरिएको छ। यस प्रतियोगिताको नाम पूर्व क्रिकेट संघका अध्यक्ष स्व. जयकुमार नाथ शाहको नाममा राखिएको हो। शाहले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
क्यानले 'जय ट्रफी' प्रतियोगितालाई भविष्यमा नेपालमा आयोजित प्रिमियर बहुदिवसीय क्रिकेट प्रतियोगिता बनाउन चाहेको जनाएको छ। यसका साथै, यसलाई पहिलो श्रेणीको राष्ट्रिय क्रिकेट प्रतियोगिता बनाउनको लागि पहल गर्ने लक्ष्य राखिएको छ।
प्रतियोगितामा गत वर्षको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका शीर्ष चार टिमहरू – नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेश – सहभागि हुनेछन्। क्यानको विश्वास छ कि यो प्रतियोगिता नेपाली क्रिकेट खेलाडीलाई बहुदिवसीय खेलमा अझ अधिक अभ्यास गर्ने अवसर प्रदान गर्नेछ।
यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल सहभागि नहुनेछन्। रोहित गत वर्ष एपिएफ क्लबबाट खेलेका थिए, तर त्यस क्लबले शीर्ष चारमा स्थान बनाउन सकेन।
खेल तालिका: