नेपालमा पुरुषको तुलनामा महिलाको संख्या बढी नै छ । तर पनि हरेक निकायमा सोचे जति महिलाको सहभागिता छैन । राज्यका हरेक निकाय र नीति निर्माण तहमा महिला सहभागिता बढी भयो, त्यति नै महिलामैत्री वातावरण बन्न सक्छ । महिलाका समस्या र मुद्दा नजिकबाट बुझेर समस्या समाधानका लागि पहल गर्नुपर्ने एउटा पेशा पत्रकारिता पनि हो । पत्रकारिताको माध्यमबाट जति धेरै कुरा उठान गर्न सकिन्छ त्यही अनुरूपमा त्यस्ता विषयको सम्बोधन पनि हुन सक्छ । संख्यात्मक हिसाबमा पत्रकार महिलाको उपस्थिति जति न्युन बन्दै जान्छ त्यति नै चुनौती पनि थपिँदैँ जान्छन् । अन्य पेशाको तुलनामा पत्रकारिता चुनौतीपूर्ण छ । प्रतिस्पर्धात्मक बन्दै गइरहेको समाज र पत्रकारितामा पत्रकार महिला पनि उत्तिकै प्रतिस्पर्धी बन्नुपर्ने चुनौती छ । छोरीलाई सामान्य घरधन्दामा सीमित राख्नुपर्ने परिवार र समाजको परम्परागत सोचाईले महिलालाई पत्रकारिता गर्न अझ असहज छ । पत्रकारिता गरिरहेका महिलाका समस्या र चुनौती फरकखाले छन् । यो पेशा महिलाका लागि सुरक्षित र भरपर्दो हँुदैन भन्ने जान्दाजान्दै पनि कठोर निर्णयका साथ यसमा हाम फाल्ने महिला चुनौतीकै बीच कार्यरत् छन् ।
एक जना महिलाले नेतृत्व गर्दा अरू महिलालाई त्यो स्थान आफ्नो पनि हो भन्ने लाग्छ । अनि लाग्छ कि कोही पुगिसकेको ठाउँमा म पनि किन पुग्न सक्दिनँ ? त्यसैले पत्रकार महासंघमा निर्मला शर्माले बनाएको स्थान पत्रकार महिलाका लागि प्रेरणा र आशाको गोरेटो हो । केही पत्रकार पुरुषले आरक्षण खोज्न आउनु समेत भनेर व्यङ्गय पनि गर्न पछि पर्दैनन् । यसको अर्थ हो महिलाले नेतृत्व गर्दा कसरी समग्र महिलालाई त्यो स्थान आफ्नो लाग्छ र आत्मविश्वास बढ्छ भन्ने हो । पछाडी आउनेलाई लाग्छ अगाडी कोही पुगिसक्यो त म पनि किन सक्दिनँ ? त्यसैले पत्रकार महासंघमा निर्मला शर्माले बनाएको बाटो धेरैको लागि आशा र साहसको बाटो हो । निर्मला शर्मा चुनाव लड्दा साथमा पुरुष कमै हिंडे । महिला संग महिलाहरु नै हिंड्न पाउनु पक्कै सुखद पल हो । तर पुरुष पनि साथै भए हुने भन्ने महिलालाई पनि लाग्छ । जस्तो कि पुरुष उम्मेद्वार हुँदा पत्रकार महिलाहरु संग सगै सहयात्री भै मत माग्न हिडेको इतिहास कायमै रहेको छ । भोलीका दिनमा पनि हामी सहयात्री नै हौ र रहिरहने छौ । पत्रकारितामा महिलाको संख्या बढाउने र एकीकृत गर्ने उद्देश्यले शुरू भएको सञ्चारिका समूहको अहिलेको मूल उद्देश्य पत्रकार महिलालाई नेतृत्वमा पु¥याउने भन्ने हो । यसमा पूर्व अध्यक्ष बन्दना राणा, बविता बस्नेतदेखि सबै सदस्यको आ–आफ्नो भूमिका छ । पहिला पनि पत्रकारिता महिलाको लागि होइन अर्को जागिर खोज भन्ने,पत्रकार पुरुष नै थिए । तर अहिले समय बदलिएको छ । समाचार कक्ष समावेशी भएका छन् । विस्तारै महिलालाई काम गर्ने वातावरण बन्दैछ ।
आरक्षण र अवसर फरक कुरा हुन् । नसक्नेलाई सक्ने बनाउन र सक्नेलाई प्रमाणित गर्न अवसर हो । जब आरक्षणको प्रावधान आयो पत्रकार महासंघमा पनि आरक्षणको कोटा आयो । महिला नेतृत्वमा आउनु भनेको महिला मात्र हुनु पनि त हैन । हामीले त समावेशी खोजेको हो । घर, समाज, संघ–संस्था र अफिस सबै स्थानमा महिला–पुरुष दुवै हुनु र मिलेर काम गर्नुमा परिणाम राम्रो हुन्छ ।
महासंघमा यसअघि महिलाले उपाध्यक्षसम्मको पद सजिलै सम्हालेका छन् । राधा बुढाथोकी, यशोदा तिम्सिना, अनिता बिन्दु, बाला अधिकारी एकसे एक सक्षम नाम हुन् । लक्ष्मी पुनले सचिव पद राम्ररी चलाएर विदा भएको उदाहरण छ । अघिल्लो पटक नै पत्रकार महासंघको दुई ठूला जिल्ला धनुषा र कास्कीमा मनिका झा र विमला भण्डारीले अध्यक्ष बनेर काम देखाइसकेका छन् । यसपटक भने केन्द्र सहित चार वटा जिल्ला काठमाडौंमा शोभा अर्याल, मोरङमा सुशीला पाठक, रोल्पामा खुबिना सुनारी मगर र मुस्ताङमा सुनदेवी रसाइली महिला अध्यक्ष बनेका छन् । कोशी प्रदेशमा हिमा चेम्जोङ र गण्डकी प्रदेशमा जमुना शर्मा महासचिव बनेका छन् । कतिपय जिल्लामा एक्लै महिला बागी उठ्ने हिम्मत समेत गरे र राम्रो मत समेत ल्याए । यसरी महिलाले साहस गरेर बाटो बनाएपछि नै अर्को महिलालाई त्यही बाटो हिंड्न सजिलो हुन्छ । केहि वर्ष पहिले सम्म संघ–संस्थामा काम गर्नु परेको कुरा कार्यक्रममा जाँदा समेत पत्रकार महिला भेटिंदैनथे । आयोजकलाई एक जना महिला बोलाउन समेत अप्ठ्यारो पथ्र्यो । तर अहिले समय फेरिएको छ ।
जनजाति, दलित, आदिवासी, तेस्रोलिङ्गी सबैको सहभागिता र आवाज समेटिनु पर्छ । हामीले जसरी अपनत्व अनुभव ग¥यौं त्यसरी नै सबैले अपनत्व लिन सक्ने महासंघ बनोस् । यी सबै स्थितिबाट माथि उठेर क्षमतालाई विश्वास गर्ने पुरुष बढिरहेका छन् । यसको उदाहरण हो अहिले पत्रकार महासंघको अध्यक्षमा महिलाले जित्नु । भन्नेले भन्छन् पनि प्रेस चौतारी र प्रेस युनियन मिलेर जिताए । तर दुवै संगठनले मान्नु पनि महिला नेतृत्व स्वीकार गर्नु हो । यस पटक प्रेस युनियनका अध्यक्ष शिव लम्साल र प्रेस चौतारी अध्यक्ष गणेश बस्नेतको सुझबुझलाई मान्नैपर्छ । त्यसमा साथ सहयोग सबैको थियो । उम्मेदवारले जितेको घोषणा कार्यक्रममा माला लगाइदिंदै बधाई दिनेमा कार्यवाहक अध्यक्ष बाला अधिकारी थिइन् ।
उनी महिला कोटाको उपाध्यक्षमा निर्वाचित थिइन् । तर, खुल्ला कोटाका अध्यक्ष र उपाध्यक्षले सम्हाल्न नसकेको महासंघलाई सम्हालेर जसरी उनले चुनाव गराइन्, यो सानोतिनो काम थिएन । पत्रकार महासंघ पनि पहिलो पटक हाम्रो संस्था भयो ।
वर्षौंदेखिको योगदानलाई कदर गर्दै महिला–पुरुष मिलेर पत्रकारको पक्षमा काम गर्ने संस्था बनाउने भन्ने हो । महिला नेतृत्वमा आउनु भनेको महिला मात्र हुनु पनि त हैन । हामीले त समावेशी खोजेको हो । घर, समाज, संघ–संस्था र कार्यलय सबै स्थानमा महिला–पुरुष दुबै र मिलेर काम गर्नुमा परिणाम राम्रो हुन्छ । त्यसमा जनजाति, दलित, आदिवासी, तेस्रोलिङ्गी सबैको सहभागिता र आवाज समेटिनु पर्छ । हामीले जसरी अपनत्व अनुभव ग¥यौं त्यसरी नै सबैले अपनत्व लिन सक्ने महासंघ बनोस् । नयाँ कार्यसमितिलाई बधाई र शुभकामना !