चुरे दोहनको विषयमा पटक–पटक पत्रिकाहरुमा आउँछ । यसको प्रभाव खास गरेर तराईको मधेश प्रदेशमा परेको छ । मधेश क्षेत्रमा यसले विकट रुप लिइसकेको छ । चुरे क्षेत्रमा त्यहाँको गिट्टी,बालुवा उत्खन्न गर्दा बाढी,पहिरोहरु आउँछ । वन जङगल काट्नाले,चुरे दोहन गर्नाले बाढी आफ्नो ठाउँ फराकिलो पार्छ । तराईको खेती योग्य जमिनमा बाढीले बगाएर ल्याएको बालुवा, ढुंगा, गिट्टी थुपारिदिन्छ । कृषियोग्य जमिनमा राम्रो उत्पादन नहुदाँ किसानहरु समस्यामा पर्छन । कृषियोग्य जमिन मरुभूमिमा परिणत भएको छ । समयमा पानी पर्न सकेको छैन ।
चुरे दोहनले गर्दा तराई एकदम जिर्न अवस्थामा ल्याएको छ । चुरे जसरी उत्खन्न भइरहेकोले वर्षामा परेको पानी जमिन भित्र सोसिन नपाई सिधै बाढीमा परिणत हुन्छ । जसले गर्दा बालुवा, गिट्टी, ढुङ्गा बगाएर लैजान्छ । तराईको खेतीयोग्य जमिनमा थुपारिदिन्छ । खेती योग्य जमिनलाई मरुभूमी बनाइदिन्छ । चुरेमा पानी जमिनमा सोस्न नसकेको कारण दुई वर्षदेखि तराईमा पानीको समस्या भोग्न परेको छ । धेरै स्थानमा धारा,ईनार र चापाकल सुक्ने परिस्थिति सिर्जना भएको छ । यस्तो परिस्थिति रहिरहने हो भने मधेश प्रदेश वा तराई क्षेत्रमा नै बसोबास गर्ने अप्ठ्यारो हुन्छ । धेरै दुःख भोग्नु परेको छ । चुरे उत्खन्न नरोकिने हो भने अब आउने हाम्रो सन्ततिको लागि गाह्रो पर्न जस्तो देखिन्छ । यसको लागि राष्ट्रपति चुरे र चुरे संरक्षण समिती गठन भएको छ । त्यसलाई अतिकति प्रभावकारी रुपमा लागेर चुरे उत्खन्न रोक्नु पर्छ । नदी उत्खनन्
गर्न निषेध गर्नु पर्छ । अनि मात्र तराईमा भएको पानीको समस्या र किसानहरुको समस्या समाप्त हुन सक्छ ।
चुरे सम्बन्धमा पहिलाको सरकार र अहिलेको सरकारले यो चुरे दोहनको विषयमा धेरै नियम ल्याएको हुन् । तर पनि जनताले नियमबाट बाहिर गएर काम गर्दा तराईमा धेरै नै नोक्सान भएको देखिन्छ । धारा, कल सुक्ने, बाढी पहिरो आउने, बोट बिरुवा राम्रो नहुने, भविष्यमा खानेपानीको पनि धेरै समस्या हुन सक्छ । केही वर्ष अघि नेपालबाट गिट्टी बालुवाहरु उत्खन्न गरेर भारत पढाउने कार्य धेरै नै भएको थियो । पहिला भन्दा अहिले नदी उत्खनन्मा धेरै सुधार भएको छ ।
चुरे दोहनले तराई क्षेत्र विभिन्न गम्भीर समस्या देखा पर्न थालेको छ । चुरे दोहन हुदै जाँदा भुक्ष्य हुने बाढीले माटो कटान गरेर बगाएर लैजाँदा तराईको खेतीयोग्य जमिन डुबानमा पर्छ । बाढीले जलस्रोतमा असर, मरुभूमिको खतरा, जैविक विविधतामा ह्रास, कृषि उत्पादनमा कमी, शुद्ध हावापानीमा कमी र हावापानीले विभिन्न प्रकारले परिरहेको असरहरु देख्न सुरु भइसकेको छ । खास गरी तराई क्षेत्रमा विभिन्न किसिमका समस्या देख्न सकिन्छ । पानीको अभावले गर्दा मानिसको जिवनमा समेत असर परेको छ । यहि क्रम यदि रहिरह्यो भने हामी आज भन्दा ३०,४० वर्ष पछाडी तराई क्षेत्र मरुभूमिमा परिणत भई मानव बस्ती पलायन भएर अन्ततिर जाने अवस्था हुन सक्छ । दिनानु दिन बढ्दै गइरहेको चुरे दोहनलाई कसरी रोक्न सकिन्छ । यस तर्फ सम्बन्धि निकायका साथ साथै हामी सम्पूर्ण नागरिकहरु सचेत हुन जरुरी छ ।
चुरे हाम्रो देशको खास गरेर हाम्रो मधेशको एउटा लाइफ लाइन रुपमा रहेको छ । किनभने चुरे नै यहाँको मुहान खास गरेर नदी, कुलो जति पनि छन पानीको स्रोत हो । चुरे दोहन गरिरहदाँ पछि त्यो चाहि लाइफ लाइन ब्रेक भएर खडेरी हुने । यहाँ खाद्यान्न उत्पादनमा समस्या भएको बाढी,पहिरो लगायतका घटनाहरु दिन प्रतिदिन बढिरहेको रहेको छ । समयमा पानी नहुने,उत्पादनमा कमी हुदाँ किसानहरुको दैनिक जिवनयापन कठिन हुदै गएको छ । समग्रमा यो प्रदेश हेर्ने हो भने चुरेको तल्लो भाग पूर्व मेचीदेखि महाकालीसम्म जोडिएको छ । मधेशको धेरै जसो भाग चुरेसंग जोडिएकोले सिचाइको स्रोत र जिवीकोपार्जनमा पनि चुरेसंग जोडिएको छ । किनभने उत्पादनको प्रमुख स्रोत कृषि हो । कृषिको लागि सिचाई आवश्यक छ । त्यसैगरी गत वर्षदेखि खानेपानीमा पनि ठूलो समस्या आएको छ । ग्राउन्ड वाटर पनि सुक्दै गएको छ । त्यसले शुद्ध खानेपानीको समस्या भइरहेको छ । निर्माण सामग्रीको उत्खन्नले निर्माण सामग्रीहरु प्राप्त भइरहेको छैन । पक्षमा मानिसको जिवनयापन, उत्पादन,सिचाइ लगायतका सबै चुरे दोहनले समस्या ल्याएको छ । चुरेको संरक्षणमा गर्नु भनेको उत्पादन, जनजीवनमा सुधार गर्नमा महत्वपूर्ण योगदान रहेको छ । त्यो कुरा ख्याल गरेर नीति निर्माण गरी चुरेको संरक्षण गर्न र नेपालको अर्थ तन्त्रलाई संरक्षण गर्न सकिन्छ ।
चुरे दोहन भनेको यो कुनै नौलो विषय होइन । अगाडी पनि चुरेको संरक्षण गर्ने कुरा गर्दै आएको हो । तराईको धैरै चुरे भागहरु चुरेसंग जोडिएको छ । चुरेको बालुवा,गिट्टी उत्खन्न र जङ्गल विनासको कार्यहरु भइरहेको छ । यसले आउने दिनमा विनासकारी रुप नै लिन्छ । खानेपानी सम्बन्धमा तराईका जिल्लामा पानीको लेबल तल हुनुले आउने दिनमा पानीको हाहाकार अझ बढ्दै जान्छ । जबसम्म चुरेलाई संरक्षण गर्न सक्दैन तबसम्म विनासकारी रुप हट्न सक्दैन । राष्ट्रपति चुरे संरक्षणमा संरचनाहरु पनि त्यस्तै बनेको छ । त्यसबाट आउने दिनमा यसबाट हुने संरक्षणले राम्रो गर्न सक्छ । सरकारको आफ्नो नियम कानूनहरु छदैछ । तर प्रत्यक्ष जनस्तरबाट पनि यसमा प्रत्येक नागरिकको पनि दायित्व हुन जान्छ ।
चुरे दोहनले गर्दा तराई क्षेत्रलाई धेरै नाकारात्मक प्रभाव पारेको छ । जसले गर्दा मधेश प्रदेशमा फागुन, चैत ,बैशाखदेखि नै खानेपानीको स्रोतहरु सुकेको अवस्था छ । मधेशमा खानेपानीको अभाव भइरहेको छ । चुरेबाट आउने तेस्रो स्तरको नदीहरु पनि सुकेका छन् । त्यसले गर्दा खेतीपाती सिचाइमा निकै नै असर परिरहेको छ । अन्नबाली राम्रोसंग उब्जाउ हुन सकेको छैन । सिचाइको लागि प्राप्त मात्रामा पानी पुगिरहेको छैन । भोलीको दिनमा पनि यस्तै रहि रहयो भने बाढी, पहिरोले गर्दा तराईको भू–भागमा बालुवा, गिट्टीको थुप्रोले मरुभूमि बनाउँछ । खेती योग्य जमिनमा किसानले सोचे जस्तो उत्पादन हुदैन । चुरे दोहनलाई सक्दो मात्रामा रोक्नको लागि जनस्तरबाट अवाज उठाउनु पर्ने हुन्छ ।